back
adikar sampana bagmati
fikal gaupalika

१७ अर्ब भारतीय लगानीमा पेट्रोलियम पाइपलाइन बन्ने

30 

shares

काठमाडौँ । भारतले १७ अर्ब रूपैयाँभन्दा बढी खर्चेर दुईवटा पेट्रोलियम पाइपलाइन परियोजना र एक भण्डारण स्थल निर्माण गरिदिने भएको छ।

नेपालमा पेट्रोलियम पदार्थ आपूर्ति गर्न भारतको सिलुगढीदेखि झापासम्म र बाराको अमलेखगन्जदेखि चितवनको लोथरसम्म पेट्रोलियम पाइपलाइन निर्माण, झापामा ग्रिनफिल्ड टर्मिनल ९भण्डारण स्थल० निर्माण गर्न सघाउने भएको हो।

नेपाल आयल निगम र इन्डियन आयल कर्पोरेसन ९आइओसी० बीच पेट्रोलियम पाइपलाइन निर्माणका विषयमा लामो समयदेखि छलफल हुँदै आएकोमा प्रधानमन्त्री पुष्पकमल दाहालको आसन्न भारत भ्रमणमा दुई सरकारबीच जिटुजी गर्ने सहमति भएको हो।

प्रधानमन्त्री दाहाल जेठ १७ गते भारत भ्रमणमा जाँदैछन्। दुई पाइपलाइन र झापाको टर्मिनल भारतले अनुदानमा बनाइदिने विषयमा प्रधानमन्त्रीको भारत भ्रमणमा सम्झौता हुने उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले बताए।

‘अनुदानमा पेट्रोलियम पाइपलाइन बनाउन भारत सरकार सहमत भएको छ,’ मन्त्री रिजालले भने, ‘आसन्न भारत भ्रमणमा सम्झौता हुन्छ।’ प्रधानमन्त्रीको भारत भ्रमणमा मन्त्री रिजाल पनि सहभागी हुनेछन्।

यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।


प्रधानमन्त्रीद्वारा भ्रमण पुस्तिकामा हस्ताक्षर

प्रधानमन्त्रीद्वारा भ्रमण पुस्तिकामा हस्ताक्षर

नयाँदिल्ली । भारतको चारदिने औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल...

नेपालले बेच्ने बिजुली भारतले किन्ने

नेपालले बेच्ने बिजुली भारतले किन्ने

नयाँ दिल्ली । भारतले नेपालबाट १० हजार मेगावाट बिजुली...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

नयाँदिल्ली । इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले...

न्यू बुटवल–गोरखपुर अन्तरदेशीय प्रसारण लाइन शिलान्याश

न्यू बुटवल–गोरखपुर अन्तरदेशीय प्रसारण लाइन शिलान्याश

नयाँदिल्ली । नेपाल र भारतबीच बिजुली व्यापारका लागि महत्वपूर्ण...

अरुण तेस्रोकै ढाँचामा तल्लो अरुण अगाडि बढाउन पिडिएमा हस्ताक्षर

अरुण तेस्रोकै ढाँचामा तल्लो अरुण अगाडि बढाउन पिडिएमा हस्ताक्षर

नयाँ दिल्ली । अरुण तेस्रो जलविद्युत् आयोजना निर्माण गरिरहेको...

नेपाल र भारतको संयुक्त लगानीमा मल उद्योग खोल्ने छलफल भएको छ : प्रधानमन्त्री

नेपाल र भारतको संयुक्त लगानीमा मल उद्योग खोल्ने छलफल भएको छ : प्रधानमन्त्री

काठमाडौं । भारतको चार दिने औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री...