back
adikar sampana bagmati
fikal gaupalika

बेलायतमा विदेशी विद्यार्थीले डिपेन्डेन्ट भिसामा परिवार ल्याउन रोक

36 

shares

काठमाडौं । बेलायतको अध्यागमनले विदेशी विद्यार्थीहरुलाई साथमा परिवार ल्याउनमा रोक लगाएको छ ।

अब देखि बेलायतमा पढाइ सकेर अनुसन्धान कार्यक्रममा रहेकाहरुले मात्रै साथमा छोराछोरी, मातापिता र आश्रितहरु आदि परिवारका सदस्यलाई ल्याउन पाउनेछन् । अनुसन्धान बाहेकका विषयमा ग्रयाजुएट गरेकाहरुले भने परिवारका सदस्यलाई ल्याउन पाउने छैनन् ।

अध्यागमन नियन्त्रण कानून अन्तरगत बेलायतले यस्तो नियम ल्याएको हो । मंगलबार बेलायत सरकारले अध्यागमनमा कडाई गर्ने नयाँ कानूनको घोषणा गरेको थियो । बेलायतमा अब विदेशी विद्यार्थीहरुले पढाई पूरा नभएसम्म विद्यार्थी भिसामा भएको बेलामा वर्क रुट पनि परिवर्तन गर्न नपाउने भएका छन् ।

शिक्षाको नाममा आप्रवासन बेच्ने दलालहरुमाथि कडाई गर्न बेलायतले यो कदम चालेको हो । हालैका वर्षहरुमा बेलायतमा विद्यार्थी भिसामा आश्रित भएर जानेको संखया बढेको थियो । सन् २०२२ भर झन्डै १ लाख ३६ हजार भिसा विद्यार्थी भिसाका आश्रितहरुलाई दिइएको थियो । यो सन् २०१९ को तुलनामा आठ गुणा भन्दा धेरै थियो ।

सन् २०१९ मा यसको संख्या १६ हजार मात्रै थियो । नयाँ कठोर नियमहरु सकेसम्म छिटै लागू हुने आशा गरिएको छ । यसबारे सरकारले शिक्षा क्षेत्र र प्रमुख सरोकारवालाहरुसँग परामर्श भने गर्न बाँकी छ । नेपालबाट पनि बेलायत विद्यार्थी भिसामा जानेको संख्या धेरै छ ।

एक जना विद्यार्थी भिसामा भएको बेलामा काम गर्न र खर्च बर्च जुटाउन भनेर आश्रित भिसामा जाने प्रवृत्ति उच्च छ । बेलायतले नियममा गरेको यस परिवर्तनले नेपाली विद्यार्थीहरु पनि प्रभावित हुनेछन् । एजेन्सी


प्रधानमन्त्रीद्वारा भ्रमण पुस्तिकामा हस्ताक्षर

प्रधानमन्त्रीद्वारा भ्रमण पुस्तिकामा हस्ताक्षर

नयाँदिल्ली । भारतको चारदिने औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल...

नेपालले बेच्ने बिजुली भारतले किन्ने

नेपालले बेच्ने बिजुली भारतले किन्ने

नयाँ दिल्ली । भारतले नेपालबाट १० हजार मेगावाट बिजुली...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

नयाँदिल्ली । इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले...

न्यू बुटवल–गोरखपुर अन्तरदेशीय प्रसारण लाइन शिलान्याश

न्यू बुटवल–गोरखपुर अन्तरदेशीय प्रसारण लाइन शिलान्याश

नयाँदिल्ली । नेपाल र भारतबीच बिजुली व्यापारका लागि महत्वपूर्ण...

अरुण तेस्रोकै ढाँचामा तल्लो अरुण अगाडि बढाउन पिडिएमा हस्ताक्षर

अरुण तेस्रोकै ढाँचामा तल्लो अरुण अगाडि बढाउन पिडिएमा हस्ताक्षर

नयाँ दिल्ली । अरुण तेस्रो जलविद्युत् आयोजना निर्माण गरिरहेको...

नेपाल र भारतको संयुक्त लगानीमा मल उद्योग खोल्ने छलफल भएको छ : प्रधानमन्त्री

नेपाल र भारतको संयुक्त लगानीमा मल उद्योग खोल्ने छलफल भएको छ : प्रधानमन्त्री

काठमाडौं । भारतको चार दिने औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री...