back
prabhu bank
sanima relaince life

प्रदीप पौडेलले तनहुँ (२ बाट चुनाव लड्न दिए पार्टीमा आवेदन

606 

shares
prabhu bank
sanima relaince life

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय सदस्य प्रदीप पौडेलले आफू इच्छुक निर्वाचन क्षेत्रबारे पार्टीमा आवेदन दिएका छन् । क्षेत्रीय कार्यसमितिले चुनाव लड्न इच्छुकबाट आवेदन माग गरेको थियो ।

सोही माग अनुसार प्रतिनिधिसभा निर्वाचनका लागि तनहुँ क्षेत्र नम्बर २ बाट चुनाव लड्ने गरी पार्टीमा आवेदन दिएको पौडेलले जानकारी दिएका छन् । उनले यसअघि पनि तनहुँ २ बाटै उम्मेदवार हुने बताउँदै आएका थिए । केन्द्रीय सदस्य ध्रुव वाग्ले र जिल्ला सभापति जित प्रकाश आलेले पनि सोही क्षेत्रमा उम्मेदवार हुनका लागि पार्टीमा आवेदन बुझाएका छन् ।

पौडेल गत मंसिरमा सम्पन्न १४ औं महाधिवेशनमा महामन्त्रीको उम्मेदवार थिए । शेरबहादुर देउवाको प्यानलबाट उम्मेदवारी दिएका पौडेल गगन थापा र विश्वप्रकाश शर्मासँग पराजित भएका थिए । यहाँ कांग्रेसका शंकर भण्डारी ०७४ को निर्वाचनमा उम्मेदवार बनेका थिए । सो क्षेत्रबाट नेकपा एमालेका केदार सिग्देल ३२ हजार ९ सय २४ मतसहित विजयी हुँदा भण्डारीले २९ हजार ६ सय ४५ मत प्राप्त गरेका थिए ।

भण्डारीले यो पटक तनहुँ १ मा उठ्नका लागि आवेदन दिएका छन् । तनहुँ९१ मा अन्तिम पटक निर्वाचन लड्ने वरिष्ठ नेता रामचन्द्र पौडेलले सार्वजनिक रुपमा घोषणा गरिसकेका छन् । पौडेलले गत ३ भदौमा गृहनगर दमौलीमा सञ्चारकर्मीसँग कुरा गर्दै अन्तिम पटक सोही क्षेत्रबाट निर्वाचन लड्ने चाहना ब्यक्त गरेका थिए । कांग्रेसले प्रदेश कार्यसमितिलाई भदौ २० भित्र रायसहित उम्मेदवारका नाम केन्द्रमा पठाउन निर्देशन दिएको थियो ।

प्रकाशित मिति स् १५ भाद्र २०७९, बुधबार ११ स् ४


सरकार निरंकुश भइरहेको छ : सांसद कार्की

सरकार निरंकुश भइरहेको छ : सांसद कार्की

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की सांसद रोशन कार्कीले...

भाजपा नेता विजय जोली र उपप्रधानमन्त्री सिंहबीच भेटवार्ता

भाजपा नेता विजय जोली र उपप्रधानमन्त्री सिंहबीच भेटवार्ता

काठमाडौं । उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंह र...

सानिमा रिलायन्सको बीमा लेख नवीकरणको विलम्ब शुल्कमा शतप्रतिशत छुट

सानिमा रिलायन्सको बीमा लेख नवीकरणको विलम्ब शुल्कमा शतप्रतिशत छुट

काठमाडौँ । सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सले व्यतीत बीमा लेखको...

सानिमा रिलायन्स लाइफले माग्यो कर्मचारी

सानिमा रिलायन्स लाइफले माग्यो कर्मचारी

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले दुई...

लक्ष्मी सनराइज बैंक र एनसीएचएलबीच नेपाल–पे कार्ड प्रिन्सिपल मेम्बरसिपका लागि सम्झौता

लक्ष्मी सनराइज बैंक र एनसीएचएलबीच नेपाल–पे कार्ड प्रिन्सिपल मेम्बरसिपका लागि सम्झौता

काठमाडौं । लक्ष्मी सनराइज बैंक र एनसीएचएलबीच एनपिएस–एनसिएस तथा...

महालक्ष्मी विकास बैंकद्वारा क्रेडिट कार्ड भुक्तानीमा ईएमआई सुविधा

महालक्ष्मी विकास बैंकद्वारा क्रेडिट कार्ड भुक्तानीमा ईएमआई सुविधा

काठमाडौं । महालक्ष्मी विकास बैंकले ग्राहकको वित्तीय आवाश्यकतालाई थप...