back

प्रधानमन्त्री प्रचण्ड इन्दौर प्रस्थान

672 

shares

नयाँदिल्ली । भारतको चार दिने औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज विशेष विमानमार्फत इन्दौर प्रस्थान गरेका छन् । प्रधानमन्त्री दाहालले इन्दौरमा अवस्थित महाकालेश्वर मन्दिरमा रहेको वास्तुकलाको अवलोकन गर्ने कार्यक्रम छ ।

प्रधानमन्त्री दाहालले भ्रमणका क्रममा मध्यप्रदेशका राज्यपालसँग भेटवार्ता गर्ने कार्यक्रम छ । स्वच्छ भारत अभियानअन्तर्गत इन्दौर म्युनिसिपल कर्पोरेशनले सम्पादन गरेको कामको बारेमा उनले जानकारी लिने कार्यसूची छ ।

फोहर व्यवस्थापनमा सकारात्मक परिणाम देखिएको इन्दौरको असल र सफल अभ्यासको अवलोकनपछि प्रधानमन्त्री दाहालकोे सम्मानमा मध्यप्रदेशका मुख्यमन्त्री शिवराजसिंह चौहानले रात्रिभोजको आयोजना गर्नेछन् ।

शनिबार प्रधानमन्त्री दाहाल नेतृत्वको प्रतिनिधिमण्डलले ‘टिसीएस इन्फोसिस’ विशेष आर्थिक क्षेत्रको भ्रमण गर्ने कार्यक्रम छ । बिहीबार प्रधानमन्त्री दाहाल र भारतीय समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ताका अलावा दुई देशबीच महत्वपूर्ण विषयमा सहमति तथा समझदारी भएको थियो । प्रधानमन्त्री दाहाल शनिबार स्वदेश फर्कने कार्यक्रम छ ।

 


ग्रीन अर्थतन्त्रका विषयमा नीतिगत रूपमा अघि बढ्नुको विकल्प छैन : ऊर्जामन्त्री बस्नेत

ग्रीन अर्थतन्त्रका विषयमा नीतिगत रूपमा अघि बढ्नुको विकल्प छैन : ऊर्जामन्त्री बस्नेत

काठमाडौं । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले ग्रीन...

गण्डकीका मुख्यमन्त्रीले वैशाख ७ मा विश्वासको मत लिने

गण्डकीका मुख्यमन्त्रीले वैशाख ७ मा विश्वासको मत लिने

पोखरा । आउँदो वैशाख ७ गते गण्डकी प्रदेशका मुख्यमन्त्री...

कामना सेवा विकास बैंक र लक्ष्मी हियर एण्ड ब्युटी स्टुडियोबीच छुट दिने सम्झौता

कामना सेवा विकास बैंक र लक्ष्मी हियर एण्ड ब्युटी स्टुडियोबीच छुट दिने सम्झौता

काठमाडौं । कामना सेवा विकास बैंकले काठमाडौं स्थित लक्ष्मी...

विश्व बैंकका उपाध्यक्षद्वयसँग अर्थमन्त्री पुनले गरे भेटवार्ता

विश्व बैंकका उपाध्यक्षद्वयसँग अर्थमन्त्री पुनले गरे भेटवार्ता

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले विश्व बैंकका उपाध्यक्षद्वय आकिहिको...

दृष्टिविहीनलाई बाटो देखाउँदै ‘गुगल’

दृष्टिविहीनलाई बाटो देखाउँदै ‘गुगल’

अन्नपूर्ण (कास्की)। गुल्मीबाट पढाइको सिलसिलामा पोखरा आएकी दृष्टिविहीन रीता...

निर्वाचन आचारसंहिता पालन नगरे कारबाही हुने

निर्वाचन आचारसंहिता पालन नगरे कारबाही हुने

काठमाडौँ। निर्वाचन आयोगले यही वैशाख १५ गते हुने प्रतिनिधिसभा...