back
rubela khop

तीन वर्षमा दोधारा–चाँदनी सुक्खा बन्दरगाह निर्माण हुन्छ : प्रमुख सचेतक लेखक

546 

shares
rubela khop

कञ्चनपुर । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले नेपाल–भारत प्रधानमन्त्रीस्तरमा दोधारा–चाँदनी सुक्खा बन्दरगाह निर्माणको सम्झौता (एमओयु) मा हस्ताक्षर भएसँगै अबको तीन वर्षभित्र निर्माण सम्पन्न हुनेमा आशावादी हुन आग्रह गरेका छन् ।

कञ्चनपुर उद्योग वाणिज्य सङ्घको ३२औं वार्षिकोत्सव तथा साधारणसभाको बिहीबार महेन्द्रनगरमा उद्घाटन गर्दै पूर्वमन्त्री लेखकले अब तीन वर्षमा बन्दरगाह बनेर भारतसित जोडिने बताए । ‘भारतबाट सामान ल्याउने मात्रै नभई यहाँबाट पठाउने विषयमा पनि तपाईहरू सोच्नुहोस्’, उनले भने, ‘भारत भ्रमणका क्रममा प्रधानमन्त्रीज्यूसित भएका सम्झौता कार्यान्वयन हुनेछन् ।’

उनले सुदूरपश्चिमको डडेल्धुरास्थित शिर्ष र बैतडीको झुलाघाटमा महाकाली नदीमा पक्की पुल बनाउने घोषणा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबाट हुनु सुखद् विषय भएको बताए । ‘सुक्खा बन्दरगाह तीन वर्षमा सम्पन्न गर्न सबैको जोड हुनुपर्छ’, उनले भने, ‘निर्णय कार्यान्वयका लागि पूर्णरूपले लाग्ने प्रतिबद्धता व्यक्त गर्दछु ।’ प्रमुख सचेतक लेखकले त्रिदेशीय नाकाका रूपमा कञ्चनपुर नाकालाई विकास गर्न खोजिएको उल्लेख गर्दै महाकाली करिडोरमार्फत चीनसित जोड्ने काम पनि अघि बढिरहेको बताए ।

‘आगामी दसैँ–तिहार सेरोफोरोमा ब्रह्मदेवबाट डडेल्धुराको जोगबुढा करिडोर बनाएर पुर्‍याउने प्रयास हुँदैछ’, उनले भने, ‘यहाँको मझगाउँ विमानस्थलका बारेमा पनि प्रक्रियागतरूपले जग्गा प्राप्तिको विषय अघि बढेको छ ।’ विमानस्थलका लागि नेपाली सेना र प्रति जमिन अधिग्रहणका लागि मन्त्रालयहरूबीच समन्वय भइरहेको नेता लेखकले जानकारी दिए ।

कार्यक्रममा प्रतिनिधिसभा सदस्य तारालामा तामाङ, सुदूरपश्चिम प्रदेशका पूर्व मुख्यमन्त्री राजेन्द्रसिंह रावललगायतले सुदूरपश्चिमको विकास, आर्थिक तरलताका कारण व्यापारी, व्यवसायीले झेल्नुपरेको समस्यालगायत विषयमा आफ्ना धारणा राखेका थिए । नेता लेखकले मझगाउँस्थित निर्माणाधीन विमानस्थलको स्थलगत निरीक्षण समेत गरे ।


कुमारी बैंकले मनी वीकको अवसरमा सुरु गर्यो रिकरिङ्ग निक्षेप गोल क्याल्कुलेटर

कुमारी बैंकले मनी वीकको अवसरमा सुरु गर्यो रिकरिङ्ग निक्षेप गोल क्याल्कुलेटर

काठमाडौं । कुमारी बैंक लिमिटेडले, आफ्नो नवीनतम डिजिटल उपकरण,...

ग्लोबल मनी वीकको अवसरमा कामना सेवा विकास बैंकको वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

ग्लोबल मनी वीकको अवसरमा कामना सेवा विकास बैंकको वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

काठमाडौं । कामना सेवा विकास बैंकले विश्व वित्तीय सप्ताहको...

गृहमन्त्री रवि लामिछाने कांग्रेसलाई साथ नदिएकाले बदनाम गर्न खोजियो : ओली

गृहमन्त्री रवि लामिछाने कांग्रेसलाई साथ नदिएकाले बदनाम गर्न खोजियो : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले गृहमन्त्री...

नेपाल लाइफको सम्पत्ति शुद्धिकरण निवारण सम्बन्धी तालिम सम्पन्न

नेपाल लाइफको सम्पत्ति शुद्धिकरण निवारण सम्बन्धी तालिम सम्पन्न

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले सम्पत्ति शुद्धिकरण निवारण सम्बन्धी...

एमाले कञ्चनपुर अध्यक्षमा लक्ष्मी बुढा सर्वसम्मत

एमाले कञ्चनपुर अध्यक्षमा लक्ष्मी बुढा सर्वसम्मत

कञ्चनपुर । नेपाल कम्युनिस्ट पार्टी (एमाले) कञ्चनपुरको नवौँ जिल्ला...

साझा न्यूनतम कार्यक्रम दिउँसो २ बजे सार्वजनिक हुने

साझा न्यूनतम कार्यक्रम दिउँसो २ बजे सार्वजनिक हुने

काठमाडौं । सत्ता गठबन्धनमा आबद्ध दलहरूको साझा न्यूनतम कार्यक्रम...