back
sanima relaince life
citizen life
machapuchre bank

स्वास्थ्य मन्त्रालयद्वारा पिउने पानी र सरसफाईमा ध्यान दिन अस्पतालहरुलाई निर्देशन

12.2K 

shares
sanima relaince life
citizen life
machapuchre bank

काठमाडौं । स्वच्छ पिउने पानी र सरसफाईलाई थप व्यवस्थित गर्न देशभरिका अस्पतालहरुलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निर्देशन दिएको छ । मन्त्रालयले शुक्रबार विज्ञप्ति जारी गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेत सहित मन्त्रालयका अधिकारीले विभिन्न सरकारी र निजी अस्पतालहरुमा गरेको निरीक्षणका क्रममा ती अस्पतालहरुमा स्वच्छ खानेपानी र सरसफाईको उचित व्यवस्थापन नभएको पाइएको जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री बस्नेतले उपत्यकाभित्रका वीर, शहिद गंगालाल, मेडिकेयर र उपत्यका बाहिरका हेटौडा अस्पतालसहित अन्य अस्पतालको अनुगमन गरेका थिए । यसका साथै अस्पतालहरुमा शल्यक्रिया पश्चात विरामी राख्ने वार्डहरुमा उचित तापक्रमको व्यवस्थापनमा पनि हरेक अस्पतालले ध्यान दिनु पर्ने मन्त्रालयले अस्पतालहरुलाई स्मरण गराएको छ ।

गर्मी मौसममा सर्पदंश, आगलागी, झाडापखाला, डेंगी र विपद्जन्य समस्या आइपर्दा तत्कालै विरामीलाई उपचार सेवा पुर्याउन सक्ने गरि आवश्यक औषधि, उपकरण र चिकित्सकको व्यवस्था गर्न समेत सबै अस्पतालहरुलाई निर्देशन दिएको छ ।

गर्मीको बेला विभिन्न सरुवा रोगको प्रकोप फैलन सक्ने संभावनालाई ध्यानमा राखेर रोग लागेपछि उपचार गर्नु भन्दा रोग लाग्नै नदिने उपाय स्वरुप स्थानिय स्तरका रेडियो, एफएम र पत्रपत्रिका मार्फत जनचेतनामूलक सूचना सम्प्रेषण गर्न समेत अस्पतालहरुलाई आग्रह गरेको छ।

हरेक अस्पतालले उपचारका लागि विशेषज्ञ चिकित्सक सहितको प्रभावकारी उपचार सेवा प्रदान गरि आम नागरिकको जिवन रक्षामा चौबिसै घण्टा स्वास्थ्यकर्मी परिचालन गर्ने व्यवस्था मिलाउन समेत स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलले मातहतका संघिय, प्रादेशिक र स्थानिय अस्पतालहरुलाई निर्देशन दिएको हो ।


पोखरामा बस दुर्घटना हुँदा २२ जना घाइते

पोखरामा बस दुर्घटना हुँदा २२ जना घाइते

पोखरा । पोखरामा बस दुर्घटनामा हुँदा २२ जना घाइते...

रवीन्द्र मिश्रलाई इजलासमा उपस्थित गराउन सर्वोच्चको आदेश

रवीन्द्र मिश्रलाई इजलासमा उपस्थित गराउन सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ...

नेपालको रेलवे निर्माणमा कोरियाली कम्पनी इच्छुक

नेपालको रेलवे निर्माणमा कोरियाली कम्पनी इच्छुक

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग दक्षिण कोरियाको ‘कोरिया...

व्यवसायीहरूले केवल नाफाका लागि मात्रै काम गर्छन् भन्ने सोच गलत हो : चन्द्र ढकाल

व्यवसायीहरूले केवल नाफाका लागि मात्रै काम गर्छन् भन्ने सोच गलत हो : चन्द्र ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले...

उरुग्वेका ‘सबैभन्दा गरिब राष्ट्रपति’ मुजिकाको ८९ वर्षको उमेरमा निधन

उरुग्वेका ‘सबैभन्दा गरिब राष्ट्रपति’ मुजिकाको ८९ वर्षको उमेरमा निधन

मोन्टेभिडियो। उरुग्वेका पूर्व राष्ट्रपति जोसे ‘पेपे’ मुजिका, पूर्व–छापामार लडाकू...

प्रधानमन्त्रीद्वारा प्रेस चौतारी नेपालको प्रशिक्षण वर्ष–२०८२ को ‘लोगो’ सार्वजनिक

प्रधानमन्त्रीद्वारा प्रेस चौतारी नेपालको प्रशिक्षण वर्ष–२०८२ को ‘लोगो’ सार्वजनिक

काठमाडौँ। प्रेस चौतारी नेपालको प्रशिक्षण वर्ष २०८२ को लोगो...