back
sanima relaince life
citizen life
machapuchre bank

पाकिस्तानमा बाढी पहिरोबाट थप ३६ को मृत्यु

552 

shares
sanima relaince life
citizen life
machapuchre bank

पाकिस्तानमा बाढी पहिरोका कारण पछिल्लो एक दिनमा थप ३६ जनाको मृत्यु भएको छ। पाकिस्तानमा पछिल्लो समयमा र्षासँगै आएको बाढी पहिरोबाट दैनिक धनजनको क्षति भएको छ।

राष्ट्रिय प्रकोप व्यवस्थापन प्राधिकरणले थप मृत्यु भएकामध्ये १५ जना बालबालिका र ६ जना महिला रहेको जनाएको छ। बाढी पहिरोबाट सबैभन्दा बढी दक्षिणी प्रान्त सिन्ध प्रभावित भएको छ। पछिल्लो एक दिनमा मृत्यु भएका ३६ मध्ये ३५ जना सिन्ध प्रान्तका रहेका छन्।

अर्का एक जनाको भने पाख्तुन्ख्वा प्रान्तमा मृत्यु भएको अधिकारीहरूले जनाएका छन्। प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार पाकिस्तानमा पछिल्लो समयमा २६ हजार ६ सय ५२ घर क्षतिग्रस्त भएका छन्।

योसँगै कुल १७ लाख ३९ हजार १६६ घर क्षतिग्रस्त भएका छन्। १ हजार ३९१ जनाको बाढी पहिरोका कारण मृत्यु भएको प्राधिकरणले जनाएको छ। अरु १२ हजार ७ सय २२ जना घाइते भएका छन्।

पाकिस्तानमा गत मध्य जुनमा शुरु भएको मनसुनसँगै आएको वर्षापछिको बाढी पहिरोले धेरै क्षति गरेको छ।

बाढी पहिरोबाट प्रभावित भएकामध्ये १ लाख ७७ हजार २ ६५ जनाको उद्धार गरिएको छ भने अरु ६ लाख ६३ हजार ८ सय ६९ जना अझै पनि विस्थापित भएर अस्थायी शिविरमै रहेका छन्।


पोखरामा बस दुर्घटना हुँदा २२ जना घाइते

पोखरामा बस दुर्घटना हुँदा २२ जना घाइते

पोखरा । पोखरामा बस दुर्घटनामा हुँदा २२ जना घाइते...

रवीन्द्र मिश्रलाई इजलासमा उपस्थित गराउन सर्वोच्चको आदेश

रवीन्द्र मिश्रलाई इजलासमा उपस्थित गराउन सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ...

नेपालको रेलवे निर्माणमा कोरियाली कम्पनी इच्छुक

नेपालको रेलवे निर्माणमा कोरियाली कम्पनी इच्छुक

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग दक्षिण कोरियाको ‘कोरिया...

व्यवसायीहरूले केवल नाफाका लागि मात्रै काम गर्छन् भन्ने सोच गलत हो : चन्द्र ढकाल

व्यवसायीहरूले केवल नाफाका लागि मात्रै काम गर्छन् भन्ने सोच गलत हो : चन्द्र ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले...

उरुग्वेका ‘सबैभन्दा गरिब राष्ट्रपति’ मुजिकाको ८९ वर्षको उमेरमा निधन

उरुग्वेका ‘सबैभन्दा गरिब राष्ट्रपति’ मुजिकाको ८९ वर्षको उमेरमा निधन

मोन्टेभिडियो। उरुग्वेका पूर्व राष्ट्रपति जोसे ‘पेपे’ मुजिका, पूर्व–छापामार लडाकू...

प्रधानमन्त्रीद्वारा प्रेस चौतारी नेपालको प्रशिक्षण वर्ष–२०८२ को ‘लोगो’ सार्वजनिक

प्रधानमन्त्रीद्वारा प्रेस चौतारी नेपालको प्रशिक्षण वर्ष–२०८२ को ‘लोगो’ सार्वजनिक

काठमाडौँ। प्रेस चौतारी नेपालको प्रशिक्षण वर्ष २०८२ को लोगो...