back

सिकलसेलका बिरामीका लागि अब छुट्टै अस्पताल निर्माण हुने

काठमाडौं । सिकलसेल एनिमिया र थाल्सेमियाको उपचारका लागि छुट्टै अस्पताल निर्माण हुने भएको छ। बाँकेको जानकी गाउँपालिका ३ नहरपुर्वामा सिकलसेल सामुदायिक अस्पताल तथा अनुसन्धान केन्द्रको शहरी विकासमन्त्री मेटमणि चौधरीले शिलान्यास गरेका हुन् ।

शिलान्यास कार्यक्रममा मन्त्री चौधरीले सिकलसेल थारु समुदायको मात्र समस्या नभएको बताए। सिकलसेल अधिकांश थारु समुदायमा देखिएपनि यो अन्य समुदायको पनि जनस्वास्थ्य समस्या भएको प्रष्ट पारे। सिकलसेल अस्पताललाई मल्टिहेल्थ सर्भिस दिने अस्पतालको रुपमा विकास गरिनुपर्नेमा उनको जोड छ ।

‘अहिले थारु समुदायमा मात्र सिकलसेल देखिएको छ । सिकलिङ गर्ने हो भने अन्य समुदायमा पनि देखिन सक्छ,’ उनले भने, ‘यो अस्पताललाई सिकलसेलको उपचार गर्ने अस्पतालको रुपमा मात्र विकास गर्न हुँदैन । सिकलसेलका विरामीलाई विशेष सेवा दिए पनि अन्य रोगको पनि उपचार गर्ने थलोको रुपमा विकास गर्न जरुरी छ ।’

उनले सिकलसेल अस्पताल तथा अनुसन्धान केन्द्र भवन निर्माण गर्न शहरी विकास मन्त्रालयले सहयोग गर्ने प्रतिवद्धता जनाए । उनले थारु समुदायका लागि सिकलसेल अस्पताल महत्वपूणर् भएको बताउँदै यसको दायित्व सरकारले लिनुपर्ने बताए ।

थारु स्वास्थ्यकर्मी समाजका अध्यक्ष एवम् सिकलसेल सामुदायिक अस्पतालका अध्यक्ष जीवराज चौधरीले भेरी अस्पतालले सिकलसेलका विरामीको उपचार गर्दै आएपनि उचित ब्यवस्थापन नहुँदा विरामीले दुख पाएको बताए । उनका अनुसार पश्चिम नेपालका करिव एकलाख थारुलाई सिकलसेल छ । उक्त अस्पताल १० कट्ठा जमिनमा निर्माण हुने छ ।

 


ईश्वरपुर नगरपालिकामा विपन्न परिवारलाई पिउने पानीको व्यवस्था

ईश्वरपुर नगरपालिकामा विपन्न परिवारलाई पिउने पानीको व्यवस्था

काठमाडौं । सर्लाहीको ईश्वरपुर नगरपालिका १, ३ र ९...

दुर्गम बस्तीसम्म सञ्चारको पहुँच पु-याउनुपर्छ : मुख्यमन्त्री शर्मा

दुर्गम बस्तीसम्म सञ्चारको पहुँच पु-याउनुपर्छ : मुख्यमन्त्री शर्मा

काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले कर्णालीका दुर्गम...

गलकोट नगरपालिकाद्वारा बाँझो जग्गामा ओखर खेती

गलकोट नगरपालिकाद्वारा बाँझो जग्गामा ओखर खेती

काठमाडौं । बागलुङको गलकोट नगरपालिकाले बाँझो जग्गा सदुपयोग गर्दै...

वसन्त कुँवरलाई प्रहरीको आईजीपी बनाउने सरकारको निर्णय

वसन्त कुँवरलाई प्रहरीको आईजीपी बनाउने सरकारको निर्णय

काठमाडौ । प्रहरी महानिरीक्षक (एआईजी) वसन्त बहादुर कुँवर प्रहरी...

ईप्रका चिसापानीद्वारा अवैध रुपमा ल्याइएको काठका कडी बरामद

ईप्रका चिसापानीद्वारा अवैध रुपमा ल्याइएको काठका कडी बरामद

कैलाली । कैलाली मोहन्याल गाउँपालिका ७ पितमारीस्थित इलाका प्रहरी...