back
sanima relaince life

डोल्पाको जगदुल्लामा दुई जलविद्युत् आयोजना बन्दै

570 

shares
sanima relaince life

डोल्पा । डोल्पाको जगदुल्ला नदीमा एक सय छ मेगावाट क्षमताको जगदुल्ला र ८२ दशमलव तीन मेगावाटको ‘जगदुल्ला ए’ जलविद्युत् आयोजना निर्माणको तयारी रहेको छ । एउटै नदीबाट दुई आयोजना निर्माणका लागि प्रक्रिया अघि बढाइएको छ ।

जगदुल्ला निर्माण गर्न ठेक्का प्रक्रिया थाल्ने तयारी छ भने ‘जगदुल्ला ए’ का लागि विस्तृत परियोजना प्रतिवेदन ९डिपिआर० को काम भइरहेको छ ।

जगदुल्ला जलविद्युत आयोजनाका प्रबन्ध निर्देशक प्रकाश अधिकारीका अनुसार डिपिआरको काम भएपछि एक सय २२ मेगावाट विद्युत् उत्पादन हुनेछ । ‘जगदुल्लाको अहिले मुआब्जा, विद्युत् खरिद बिक्री ९पिपिए०लगायत काम सम्पन्न भइसकेका छन्’, उनले भने । विभिन्न निकायबाट शेयर लगानी गरेबापतको रकम भुक्तानीको काम भइरहेको छ ।

विद्युत् उत्पादन कम्पनीले चार लाख ९१ हजार आठ सय कित्ता शेयर, हाइडो्रइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेपलभमेन्ट कम्पनी लिमिटेडले २३ लाख ४३ हजार कित्ता शेयर, नेपाल विद्युत् प्राधिकरणले २१ लाख ८७ हजार कित्ता शेयर, कणरली प्रदेश सरकारको ११ लाख ७१ हजार पाँच सय कित्ता शेयर र स्थानीय तह ९जलदुल्ला र मुड्केचुला० को २३ लाख ४३ हजार कित्ता शेयरबापत रु ६३ करोड ४९ लाख तीन हजारको रकम कम्पनीले लिइरहेको छ ।

विद्युत् उत्पादन कम्पनीअन्तर्गत बनेकको जगदुल्ला जलविद्युत् कम्पनीमा अतिविपन्न परिवारलाई दुई प्रतिशत शेयर सुरक्षित गरिएको छ । आयोजनामा सर्वसाधारणका लागि १७ प्रतिशत र आयोजना प्रभावित क्षेत्रका स्थानीयका लागि १० प्रतिशत शेयर दिने कम्पनीले जनाएको छ ।

विद्युत् उत्पादन कम्पनीमा ऊर्जा मन्त्रालयको २० प्रतिशत शेयर रहेको छ । त्यसैगरी नेपाल विद्युत् प्राधिकरण, कर्मचारी सञ्चय कोष र दूरसञ्चार कम्पनीको १०र१० प्रतिशत शेयर छ । अर्थ मन्त्रालय, कानुन मन्त्रालय र नागरिक लगानी कोषको पाँचरपाँच, जलविद्युत् लगानी तथा विकास कम्पनीको चार र राष्ट्रिय बीमा संस्थानको दुई प्रतिशत प्रवद्र्धनात्मक शेयर छ ।

चालु आर्थिक वर्षको अन्तिमसम्म कम्पनीद्वारा निर्माणका लागि ठेक्का खोल्ने तयारी रहेको अधिकारीले जानकारी दिनुभयो । अधिकांश ठाउँबाट शेयरवापतको रकम आइसकेको छ । केही ठाउँको मात्र बाँकी छ ।

एक सय छ मेगावाटको अर्ध(जलाशययुक्त जगदुल्ला जलविद्युत् आयोजना निर्माणको पूर्वतयारी गरिरहेको कम्पनीले एक सय २२ मेगावाटको जगदुल्ला ‘ए’ पनि अघि बढाउन लागेको हो । कम्पनीले सूचना जारी गर्दै जगदुल्ला ‘ए’को वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए) प्रतिवेदन तयार गर्न बोलपत्र आह्वान गरी नौ महिनामा प्रतिवेदन तयार गर्ने योजना रहेको कम्पनीका प्रबन्धक सञ्जय सापकोटाले बताए ।

विद्युत् प्राधिकरण मातहतको एनइए इञ्जीनियरिङ कम्पनीले अध्ययन र डिजाइनको काम गरिरहेको छ । एक वर्षभित्र आयोजनाको अध्ययन सक्ने लक्ष्य छ । आयोजनाका लागि सात दशमलव एक किलोमिटर सुरुङमार्ग निर्माण गर्नुपर्नेछ । विद्युत् उत्पादन पछि टेलरेस टनेलमार्फत निस्कने पानी सिधै डाइभर्सन बनाएर सुरुङमार्गमार्फत जाजरकोट, रुकुमपश्चिम र डोल्पाको बीचमा रहेको त्रिवेणीमा पुर्‍याएर विद्युत् उत्पादन हुनेछ । त्रिवेणीमा आयोजनाको विद्युत गृह रहनेछ ।


एनआईसी एसिया बैंक र सिद्धार्थ हस्पिटालिटीबीच छुट सम्झौता

एनआईसी एसिया बैंक र सिद्धार्थ हस्पिटालिटीबीच छुट सम्झौता

काठमाडौं । एनआईसी एसिया बैंकले आफ्ना ग्राहकलाई थप सेवा...

साफ यु–२० महिला च्याम्पियनसिप : नेपाल र भुटान भिड्दै

साफ यु–२० महिला च्याम्पियनसिप : नेपाल र भुटान भिड्दै

काठमाडौं । आजदेखि बंगलादेशमा साफ यु–२० महिला च्याम्पियनसिपको सुरु...

मौद्रिक नीति सार्वजनिक गर्ने तयारी, फेसबुक र युट्युबबाट प्रत्यक्ष प्रशारण गरिने

मौद्रिक नीति सार्वजनिक गर्ने तयारी, फेसबुक र युट्युबबाट प्रत्यक्ष प्रशारण गरिने

काठमाडौं । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष ०८२।८३ को...

सीता दाहाल स्मृति दिवस : आश्रम पुगे प्रचण्ड

सीता दाहाल स्मृति दिवस : आश्रम पुगे प्रचण्ड

काठमाडौं । आज (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल...

सरकारले युवा र महिला उद्यमशीलतालाई उच्च महत्व दिएको छ : ओली

सरकारले युवा र महिला उद्यमशीलतालाई उच्च महत्व दिएको छ : ओली

ललितपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार, युवा र...

ग्लोबल आइएमई बैंक दोस्रो पटक ग्लोबल फाइनान्सको “बेष्ट बैंक अवार्ड” बाट सम्मानित

ग्लोबल आइएमई बैंक दोस्रो पटक ग्लोबल फाइनान्सको “बेष्ट बैंक अवार्ड” बाट सम्मानित

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड ग्लोबल फाइनान्स म्यागाजिनको...