back
sanima relaince life
citizen life
machapuchre bank

म्यादी प्रहरीका लागि २ लाख ३२ हजार दरखास्त

624 

shares
sanima relaince life
citizen life
machapuchre bank

काठमाडौं । आगामी मंसिर ५ गते हुन लागिरहेको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको सुरक्षा प्रयोजनका लागि म्यादी प्रहरीमा सरकारले आव्हान गरेको भन्दा दोब्बर बढी आवेदन परेको छ । जम्मा १ लाख १५ हजार म्यादी प्रूहरीका लागि आवेशदन माग भएकोमा त्यसको दोब्बरभन्दा पनि बढी १ लाख ३२ हजार ८८ जनाको आवेदन परेको हो ।

म्यादी प्रहरीमा भर्ना हुन १ लाख ७१ हजार ७१८ जना पुरुष र ६० हजार ३७० जना महिलाले आवेदन दिएका प्रहरी प्रधान कार्यालयका प्रवक्ता प्रहरी अतिरिक्त महानिरीक्षक टेकप्रसाद राईको भनाई रहेको छ ।

प्रहरी प्रधान कार्यालयले भदौ २६ गते १ लाख १५ हजार म्यादी प्रहरीका लागि आवेदन आव्हान गरेर सूचना प्रकाशित गरेको थियो । सोही सूचना बमोजिम भदौ ३० गतेदेखि असोज ६ गतेसम्म आवेदन दिनको लागि एक हप्ताको समय तोकिएको थियो । सो अवधिमा यतिका धेरैले आवेदन दिएका हुन् ।

प्रवक्ता राईले दिएको जानकारी अनुसार असोज ९ बाट म्यादी प्रहरीको छनोट शुरु हुनेछ ।

निर्वाचनको सुरक्षामा खटिनको लागि भर्ना गरिने म्यादी प्रहरीको कार्यकाल ४० दिनको हुन्छ । त्यस अवधिसम्म सेवा गरे बापत उनीहरुले तलब र रासन बापत ४१ हजार ९६० रुपैयाँ पाउँछन् ।


पोखरामा बस दुर्घटना हुँदा २२ जना घाइते

पोखरामा बस दुर्घटना हुँदा २२ जना घाइते

पोखरा । पोखरामा बस दुर्घटनामा हुँदा २२ जना घाइते...

रवीन्द्र मिश्रलाई इजलासमा उपस्थित गराउन सर्वोच्चको आदेश

रवीन्द्र मिश्रलाई इजलासमा उपस्थित गराउन सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ...

नेपालको रेलवे निर्माणमा कोरियाली कम्पनी इच्छुक

नेपालको रेलवे निर्माणमा कोरियाली कम्पनी इच्छुक

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग दक्षिण कोरियाको ‘कोरिया...

व्यवसायीहरूले केवल नाफाका लागि मात्रै काम गर्छन् भन्ने सोच गलत हो : चन्द्र ढकाल

व्यवसायीहरूले केवल नाफाका लागि मात्रै काम गर्छन् भन्ने सोच गलत हो : चन्द्र ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले...

उरुग्वेका ‘सबैभन्दा गरिब राष्ट्रपति’ मुजिकाको ८९ वर्षको उमेरमा निधन

उरुग्वेका ‘सबैभन्दा गरिब राष्ट्रपति’ मुजिकाको ८९ वर्षको उमेरमा निधन

मोन्टेभिडियो। उरुग्वेका पूर्व राष्ट्रपति जोसे ‘पेपे’ मुजिका, पूर्व–छापामार लडाकू...

प्रधानमन्त्रीद्वारा प्रेस चौतारी नेपालको प्रशिक्षण वर्ष–२०८२ को ‘लोगो’ सार्वजनिक

प्रधानमन्त्रीद्वारा प्रेस चौतारी नेपालको प्रशिक्षण वर्ष–२०८२ को ‘लोगो’ सार्वजनिक

काठमाडौँ। प्रेस चौतारी नेपालको प्रशिक्षण वर्ष २०८२ को लोगो...