back
rajaswo anusandan bhivag
sanima relaiance life insurance

‘योद्धा’ कविता

1.4K 

shares
sanima relaiance life insurance

इन्दिरा निरौला (राष्ट्रिय भूमि आयोग, सिन्धुली जिल्ला समिति सदस्य)

चाकडी र चाप्लुसी गर्न जान्दिन म
अन्याय र भष्ट्रचार सहन सक्दिन म
माफियालाई पनि हजुर भन्दै दुई हात जोड्न जान्दिन म
घरी घरी ‘योद्धा’ बन्ने रहर जागेको छ ।

दबाउन खोज्नेहरुलाई वारुद बनी पड्किन मन लागेको छ,
जनताले बुझ्न नसक्ने भो को देशको राजनीति
गाउँ गाउँ पुग्ने भनिएको सिहदरबार
कहाँ कहाँ पुग्यो ? जान्न मन लागेको छ,
बलत्कार र हत्या हिंसा बढाउने रावणहरुलाई
फाँसीको सजाय सुनाउने कानुन बनाउन मन लागेको छ,
मलाई ‘योद्धा’ बन्ने रहर जागेको छ ।

एक्लो छु, मेरो आवजले निदाएको सरकारलाई
बिउझाउन सकेको छैन, त्यसैले त
प्रत्येक घरमा एउटा ‘योद्धा’ जन्माउन मन लागेको छ,
आँखामा छारो हाल्न खोज्नेहरुलाई
ज्वालामुखी बनी जलाउन मन लागेको छ ।

खै कहाँ पुग्यो ? संघीयता !
अधिकार सिंहदरबारमा थुपारेका छौं
राणा शासन जस्तो, जनतालाई त्रासदीमा बाच्नुपर्ने बनाएका छौं
युवाहरूलाई श्रम बेच्न विदेशिन वाध्य बनाएका छौं
नेताहरू भष्ट्रचारले मौलाउँदै छन्,
जनताहरू न्यायको खोजिमा भौतारिँदै छन् ।

संविधानमा लेखिएका अधिकारहरू
तिमीसँग भिख सरी माग्नु पर्ने बनाएका छौं
तिम्रै शासनका कारण न्याय खोज्दा
एक योद्धाले संविधान सभा अगाडि जलेर मर्नुप-यो ।
बढिरहेको छ, देशमा कुशासन
सहनुको पनि सिमा हुन्छ भन्छन्
मेरो सीमाको बाँध फुटिसकेको छ
त्यसैले त मलाई ‘योद्धा’ बन्ने रहर जागेको छ ।

सबै सरकार मिलेर
नयाँ नेपाल निर्माणको कदम चालेको
देख्न मन लागेको छ ।
भष्ट्र दलालहरूको सरकार होइन
जनताको सरकार बनाउन मन लागेको छ,
मलाई ‘योद्धा’ बन्ने रहर जागेको छ ।

 


बोर्डद्वारा स्वास्थ्य बीमाको सुविधा थैलीमा परिमार्जन

बोर्डद्वारा स्वास्थ्य बीमाको सुविधा थैलीमा परिमार्जन

काठमाडौं । स्वास्थ्य बीमाको सुविधा थैलीमा रहेको सेवाको दर...

संविधान छुनै नहुने विषय होइन, दुई पार्टी मिल्दैमा आत्तिनुपर्दैन : रमेश लेखक

संविधान छुनै नहुने विषय होइन, दुई पार्टी मिल्दैमा आत्तिनुपर्दैन : रमेश लेखक

काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले संविधानमै...

पहिरोका कारण पछिल्लो २४ घण्टामा १५ जनाको मृत्यु

पहिरोका कारण पछिल्लो २४ घण्टामा १५ जनाको मृत्यु

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा पहिरोका कारण १५...

ढाँटछलको पनि एउटा सीमा हुन्छ नि : प्रचण्ड

ढाँटछलको पनि एउटा सीमा हुन्छ नि : प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमाले अध्यक्ष...

स्वर्ग र नर्कसँगै जाने भावुक आश्वासनहरूबाट झुक्याइएँ : प्रचण्ड

स्वर्ग र नर्कसँगै जाने भावुक आश्वासनहरूबाट झुक्याइएँ : प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमाले अध्यक्ष...

तपाईंहरूले जगाउने आक्रोश र अस्थिरताको आगो राष्ट्रकै लागि महङ्गो पर्न सक्छ : प्रचण्ड

तपाईंहरूले जगाउने आक्रोश र अस्थिरताको आगो राष्ट्रकै लागि महङ्गो पर्न सक्छ : प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनताका अधिकार खोस्ने...