ई–सिगरेटलाई प्रयोगकर्ता र अभिभावकले धुम्रपान मानिरहेका छैनन्
1.4K
sharesनिशा ठकुरी
नेपालमा सूर्तीजन्य पदार्थ रोकथाम तथा नियन्त्ररण गर्न २०६८ मा कानुनी व्यवस्था गरिएको छ । सूर्तीजन्य पद्धार्थ नियन्त्रण तथा नियमन ऐन, २०६८ को ४ बमोजिम सार्वजनिक स्थलमा धुम्रपान तथा सूर्तीजन्य पदार्थ सेवन गर्न नपाइने कानुनी मान्यता स्थापित गरिएको छ ।
नियन्त्रण तथा नियमन ऐन, २०६८ को ५ बमोजिम कुनै पनि कार्यालय अथवा सार्वजनिक स्थलमा धुम्रपान गर्नेलाई कारबाही गर्नेसम्मका कानुनी मान्यता रहेको छ । पहिला चुरोट, बिडी, खैनी, गुट्का आदि सेवन गर्नुलाई धुम्रपान भनिन्थ्यो । यसका प्रयोगकर्ताले चुरोटका बट्टा, सलाई, लाइटर, गाउँघरतिर झुलो चकमक, खैनीका बट्टा, चुन–सूर्ती राख्ने बट्टा आदि बोक्ने गर्दथे । धुम्रपान तथा सूर्तीजन्य पद्धार्थ सेवनकर्ताले घर, बाटो, चौतारो, सर्वजनिक यातायात र बसपार्कहरुमा पनि खुलमखुला सेवन गर्ने गर्दथे ।
धुम्रपान तथा सूतिजन्य पदार्थसेवनमा पछिल्लो समय अधिकाशं युवायुवतीहरु फस्ने गरेका छन् । त्योसँगै चुरोट जस्तै काम गर्ने ई–सिगरेट जुन ब्याट्रीबाट चल्ने एक प्रकारको उपकरण जसको प्रयोगलाई भेपिङ भन्ने गरिन्छ । त्यसको प्रयोगकर्ता बढी युवावर्गहरु हुने गरेको पाइन्छ । अहिले अधिकांश विद्यालय र कलेजमा पढ्ने युवायुवतीहरुले यसको प्रयोग गर्ने गरेका छन् । नेपालमा मात्र नभइ विश्वभरका युवायुवतीहरुले ई–सिगरेटको प्रयोग गर्ने गरेको पाइन्छ ।
त्यो पंत्तिमा नेपाल पनि अछुतो रहन सकेको छैन । अहिले धुम्रपान तथा सूर्तीजन्य पद्धार्थ नियन्त्रण तथा नियमनसम्बन्धी समाचारहरु ९० प्रतिशतभन्दा बढी नागरिकहरुले थाहा पाइसकेको अवस्था छ । त्यति हुँदाहुँदै पनि साक्षरदेखि शिक्षितसम्म धुम्रपान तथा सूर्तीजन्य पद्धार्थ सेवन गर्नेको संख्या घटेको भने छैन । खाली सेवन गर्ने तौरतरिका मात्रै बदलिएको छ । त्यतिबेला सोझै सूर्तीलाई बिडी, चुरोट बनाएर अथवा चुना प्रयोग गरेर खाने चलन थियो । तर, अहिले चुरोट, खैनी, गुट्कासँगै ई–सिगरेट प्रयोग गर्ने गरेका छन् । ई–सिगरेटको प्रयोग सबैभन्दा बढि युवावर्गले गर्ने गरेका छन् ।
त्यसको लागि होटेल, रेष्टुरेन्ट, वार र कसैकसैले घरमै ल्याएर पनि प्रयोग गर्ने गरेका छन् । धुम्रपान तथा सूर्तीजन्य पद्धार्थ नियन्त्रण तथा नियमनका लागि राज्यले कानुनै बनाएर लागु गरिसकेपछि सेवनकर्तामा प्रयोग तरिका बदलिएको छ । त्यसको सहारा बनेको ई–सिगरेट । जति चुरोट, बिडी, खैनी र गुट्काले जति असर गर्छ, ईसिगरेटले त्यति असर गर्दैन भन्ने विश्वास जनमानसमा विकसित भएको पाइन्छ । तर, ई–सिगरेटमा निकोटिनको मात्र अत्यधिक हुने गर्दछ । निकोटिनको मात्र अत्याधिक हुने भएकाले त्यसको सेवनबाट प्रयोगकर्तामा लत बसाल्ने रसायन हुन्छ, जसले किशोरकिशोरीका मस्तिष्कको विकासलाई हानीनोक्सानी पु¥याउँछ ।
ई–सिगरेटमा क्यान्सर गराउने तत्वहरु शक्तिशाली हुने गरेको चिकित्सकहरुको भनाइ छ । ई–सिगरेट स्वास्थ्यका लागि अन्य सूर्तीजन्य पद्धार्थ भन्दा बढी हानिकारक मानिन्छ । ई–सिगरेटले चुरोटकै काम गरे तापनि यसलाई मनोरञ्जनका साथै यसमा प्रयोग भएका तरल पदार्थ, यसको प्याकेजिङ, डिजाइनले गर्दा प्रायःजसो युवायुवतीहरुले यसको प्रयोग बढी गर्ने गरेका छन् ।
युुवा वर्ग तथा उनीहरुका अभिभावकहरुले ई–सिगरेटलाई चुरोट मानिरहेका छैनन् । किनभने ई–सिगरेट बजारमा पाइने चुरोटको जस्तो कडाखालका धुवारहित र फरक किसिमको बास्ना आउने तरल पदार्थ भएकाले यसलाई चुरोट जस्तो हानिकारक मान्दैनन् । तर, ई–सिगरेटलाई चुरोटको जस्ते माध्यम बनाएर उत्पादकहरुले युवा वर्गमा विभिन्न बजारीकरण गरेर यसको प्रयोगमा वृद्धि गराइरहेका छन् । ई –सिगरेट बोक्न पनि सजिलो हुने, ब्याट्रीबाट सञ्चालन हुने जसले गर्दा उत्पादकहरुले सजिलो बनादिएकोले युवावर्गहरुले मनोरञ्जन तथा देखावटीको नाममा प्रयोग गरिरहेका छन् । उत्पादकहरुले पनि यसको नयाँ–नयाँ प्याकेजिङ, तरल पदार्थको कलर र डिजाइनलाई व्यापक बजारीकरण गरिरहेका छन् । यसले युवा वर्गहरुमा भविष्यमा आउने दिर्घरोगसँगै अकालमै ज्यान गुमाउने देखिन्छ । सरकारले यसप्रति कुनै चासो देखाएको छैन ।
यदि सरकारले चुरोट जस्तै ई–सिगरेटलाई चुरोटखैनीजस्तै हानिकारक हो भनेर कडाइ गर्ने हो भने आयात, निर्माण र प्रशोधनमा कमी हुने देखिन्छ । तर, त्यसो गर्नुको साटो सरकारले राजश्व उठाउने नाममा विभिन्न माध्यमबाट उत्पादन, वितरण तथा बजारीकरणमा बढवा दिने गरेको पाइन्छ । कतिपय कलेजहरुले ई–सिगरेट प्रयोगकर्ता युवाहरुको लागि छुट्टै धुम्रपान प्रयोग जोनको व्यवस्था गरेका छन् । खासगरी विकसित मुलुकका स्कूल, कलेजहरुमा यस्तो व्यवस्था गरेको पाइन्छ ।
ई–सिगरेटका उत्पादकहरुले युवावर्गलाई नै तार्र्गेेटमा राखेर यस्तो प्रोडक्ट बजारीकरण गरेको हुनुपर्छ । होइन भने सबैभन्दा बढि ई–सिगरेटको प्रयोग पढेलेखेका युवावर्गले नै किन गर्ने गर्दछन् ? योसँगै कलेज, विद्यालयहरुले पनि ई–सिगरेट प्रयोग गरेको खण्डमा कारबाहीसँगै उनीहरुका अभिभावकसँग यसको विषयमा छलफल गर्न जरुरी छ । ई–सिगरेट साथीभाइ तथा ठुलाले प्रयोग गरेको देखावटीमा यसलाई युवावर्गले किन्ने र देखाउने गरेकाले यसको प्रयोग बढि हुने गर्दछ ।
ई–सिगरट बनावट अपेक्षितत मापदण्ड अनुसार नभएकाले विस्फोटन हुने र सेवनकर्ताहरुलाई शारीरिक चोटपटक लाग्ने तथा छालामा पोल्ने लगायतका जोखिम पनि हुनसक्छ । ई–सिगरेटमा रहेका डाइसिटाईल जस्ता सुगन्ध फ्लेभर जुन फोक्सोसम्बन्धी गम्भीर रोग निम्त्याउने रसायनिक तत्व रहेका हुन्छन् । हाल विश्वमा भ्यापिङइसिगरेट ३५ देशहरुमा प्रतिबन्धित छ भने अन्य देशहरुले पनि यसलाई प्रतिबन्ध लगाउने क्रममा रहेका छन् । दक्षिण–एशियाका ६ देशहरुले भेपिङ÷इसिगरेट तथा यससँग सम्बन्धित उत्पादनहरुको प्रयोगमा प्रतिबन्ध लगाएका छन् । नेपालले पनि यी मुलुकहरुजस्तै इसिगरेटलाई प्रतिबन्ध लगाउन सकेको छैन ।
ई–सिगरेटमा सामान्य प्रयोग हुने नामहरु : इसिग्स, जुल्स, भेप्स, भेप्स पेन्स, मोड्स, इ–हुक्का र टुयाङक्स रहेका छन् । यसरी उत्पादकहरुले इसिगरेटलाई विभिन्न नाम दिएर, यसको ब्राण्डिङ गरेर, युवावर्गहरुलाई आकर्षित पारेका छन् । यसले युवावर्गहरुमा छुट्टै किसिमको किन्ने चाहनामा पैसा खर्च गराइरहेका छन् । स्वास्थ्यलाई असर गर्ने यी यस्ता विभिन्न प्रोडक्टहरुमा राज्यको ध्यान गएको छैन । धुम्रपान तथा सुर्तीजन्य पदार्थको सेवनका कारण वर्षेनी २७ हजार मानिसहरुले अकालमा ज्यान गुमाइरहेका छन् । त्यस्तै, विश्वभर वर्षेनी करिब ८० लाखकोे यसबाट मृत्यु हुने गरेको छ ।
तीमध्ये विशेषगरी सूर्तीजन्य पदार्थको सेवनका कारण हुने मुटुसम्बन्धी रोगका कारण २८ प्रतिशत मानिसहरुको मृत्यु गर्दछ । धूमपान नसर्ने तर अन्य व्यक्तिले गरेको धूमपानबाट उत्पन्न धुवाँका कारण करिब १२ लाखभन्दा बढीको मृत्यु हुने गरेको बताइएको छ ।
सुर्तीजन्य पदार्थको सेवन गर्दा मुख, दाँत, गिजामा समस्या आउने, उमेर नपुग्दै छाला चाउरी पर्ने सम्भावना हुने, आँखाको दृष्टि कमजोर हुने र श्रवणशक्ति कमजोर हुने जस्ता स्वास्थ्य समस्याहरु देखा पर्ने गर्दछ । यसको सेवन गर्दा बालबालिका र परिवारका अन्य सदस्यमा श्वासप्रश्वाससम्बन्धी समस्या, मुटु रोग, क्यान्सरलगायतका स्वास्थ्य समस्याको जोखिम हुने गर्दछ । यदि परिवारमा कसैले धुम्रपान सेवन गरेको छ भने यसको असर परिवारका अन्य सदस्यलाई पर्ने गर्दछ ।
नेपालले सन् २००३ मा सुर्तीजन्य पदार्थ रोकथामको अन्तर्राष्ट्रिय महासन्धिमा हस्ताक्षर गरेको थियो । सन् २००६ मा नेपालले उक्त महासन्धि अनुमोदनकै आधारमा सन् २०११ मा सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन ऐन तथा निर्देशिका जारी भएको थियो ।
सूतीजन्य पदार्थ (नियन्त्रण तथा नियमन) ऐन २०६८ को दफा १० बमोजिम उत्पादक लगायत कसैले पत्रपत्रिका, रडियो, टेलिभिजन, इन्टरनेट, इमेल जस्ता विद्युतिय सञ्चारमाध्यममा यसको प्रयोग गर्न विज्ञापन दिएको पाइएमा कारबाहीसँगै जरिवाना हुने व्यवस्था रहे पनि यसको प्रयोग कम हुन सकेको छैन । सरकारले सुतीजन्य पदार्थमा कर वृद्धि गरे पनि मानिसहरुले यसलाई प्रयोग गर्न छाडेका छैनन् ।
मानिसहरु अझै सुतीजन्य पदार्थको प्रयोग गरिरहेका छन् । यसको प्रयोगले भविष्यमा आउने रोगमध्ये क्यान्सर प्रमुख कारण हुन् । त्यसकारण मानिसमा जनचेतनाको कमीले पनि यसको प्रयोग हुने गरेको छ । सरकारले सुर्तीजन्य पदार्थ र ई–सिगरेटकोे अनुगमन गर्न जरुरी छ ।
वि.सं.२०८१ जेठ २६ शनिवार १९:४७