back
prabhu bank
sanima relaince life

युवा व्यवसायी तथा समाजसेवी चन्द्र कुँवर

10.7K 

shares
prabhu bank
sanima relaince life

पोखरा महानगरपालिका वडा नं. २१ कृस्तिमा जन्मिएका चन्द्र कुवँर हाल अस्ट्रेलियमा स्थायी बसोबास गर्दै आएका युवा व्यवसायी हुन् । उनी सन् २००९ मा उच्च शिक्षा अध्ययनका लागि बिद्यार्थी भिसामा अष्ट्रेलियाका छिरेका थिए । कास्की जिल्लाको ग्रामीण भेगमा जन्मिएका कुँवर एडिलेड कमर्सियल क्लिनिङ्ग सर्भिसेज अस्ट्रेलियाका प्रोपाइटर तथा जिनियस एजुकेशन एन्ड भिजा सर्भिसेजका डाइरेक्टरसमेत छन् ।

कुँवरका अनुसार एडिलेड कमर्सियल क्लिनिङ्ग सर्भिसेजमा ‘पार्ट टाइम र फूल टाइम’ गरी कम्तीमा २० जनालाई रोजगारी दिएका छन् । हाल उक्त कम्पनीमा नेपाली र अन्य मुलुकका गरी २० जनालाई रोजगारी दिएको कुँवर बताउँछन् । कुँवरले एडिलेडमा हुने विभिन्न नेपाली समुदायको कार्यक्रमहरुमा आर्थिक तथा सामाजिक सहयोग गर्दै आएका छन् ।

जिनियस एजुकेशन एन्ड भिजा सर्भिसेजको हेड अफिस अस्ट्रेलियको एडिलेडमा रहेको छ । त्यसको शाखा अफिस भने नेपालको काठमाडौंस्थित बागबजार र बुटवलको ट्राफिक चोकमा रहेको छ । निकट भविष्यमा कास्कीको पोखरा तथा भारतको पूने र मुम्बईमा पनि शाखा अफिस सञ्चालनमा ल्याउने कुँवर बताउँछन् ।

अष्ट्रेलियाको एडिलेटमा हेड अफिस रहेको यस जिनियस एजुकेशन एन्ड भिसा सर्भिसेजले अध्ययनको लागि अस्ट्रेलिया जाने विद्यार्थीहरुलाई सही परामर्श दिने काम गर्दै आएको छ । यस कन्सल्टेन्सीले पठनपाठनको अस्टे«लिया जाने विद्यार्थीलाई परामर्श दिने उनीहरुको भिसा डकुमेन्सन गरिदिने काम गर्दै आएको छ । कुँवरले तथा उनका व्यवसायिक पार्टनरहरुले पढ्न गएका विद्यार्थीहरुलाई समस्या परेमा विभिन्न सहयोग गर्दै आएका छन् ।

अस्ट्रेलियामा पढाइ र कामको सिलसिलामा बसेका नेपालीहरुलाई कत्तिको समस्या छ भन्ने प्रश्नमा कुँवर भन्छन्, ‘पहिला चाहीं नेपालबाट अध्ययनको सिलसिलामा गएका विद्यार्थीहरुलाई केही समस्या थियो, तर अहिले धेरै सजिलो भएको छ । त्यसरी आउने विद्यार्थीहरुलाई त्यस्तो खासै समस्या नभएको कुँवरले बताए । अष्ट्रेलियामा अध्ययनका लागि गएका विद्यार्थीहरुले काम गर्न चाहेमा कामहरु प्रसस्त पाइने उनको भनाइ छ ।

जसको काम गर्ने इच्छाशक्ति, जागर, सीप, क्षमता छ, उसलाई कामको कुनै समस्या नभएको कुँवरको अनुभव छ । त्यसरी काम गर्ने चाहना भएका विद्यार्थीहरुलाई आफूहरुले काम खोज्न सहयोग गर्ने उनी बताउँछन् । यहाँबाट अध्ययनका लागि गएका विद्यार्थीहरुमा कस्तो समस्या देखिन्छ ? भन्ने प्रश्नमा कुँवर भन्छन्, ‘सुरु–सुरुमा केही समस्या देखिन्थ्यो, जस्तो समयमा कामहरु नपाइने, बस्ने व्यवस्था राम्रो नहुने, नेपालबाट ठूलो आशा, अपेक्षा लिएर आएका हुन्छन्, नयाँ ठाउँ, नयाँ परिवेश भएपछि केही समस्या त देखिने नै भयो । तर, बस्दै, काम गर्दै र चिनजान गर्दै जाँदा सबै सहज हुने कुँवरको बुझाइ छ ।

अस्टे«लिया जस्तो व्यस्त जीवनशैलीमा समाजसेवा गर्ने समय कसरी निकाल्नुहुन्छ भन्ने प्रश्नमा कुँवर भन्छन्, ‘पहिलो कुरा त काम नै हो, कामको बाबजुद समय निकालेर समाजसेवा गर्ने हो । काम गरेर बँचेको समय खेर नफाली नेपालबाट पढ्न गएका, कामको खोजीमा रहेका र पढाइमा अलमलमा परेका विद्यार्थीहरुलाई सही परामर्श दिने, काम खोजीदिने र बिरामी परेर परेकाहरुलाई उपचार र आर्थिक सहयोग जुटाउने काम गरेर समाजसेवा गर्दै आएको छु ।’

फेरि म एनआरएनएमा पनि काम गरेको भएकाले समाजसेवातिर बढी मन गएको हो ।’ उनी थप्छन्, ‘म अस्ट्रेलियामा धेरै समय बसोबास गरेको र पुरानो अनुभवन भएकाले पनि आफ्नो काम सकेर बाँचेको समय समाजसेवा गर्नमा लगाएको हुँ । आफू त्यहाँ बस्नेमा पुरानो र अनुभवी भएकाले भरखर गएका नयाँ–नयाँ विद्यार्थीहरुले मलाई सम्पर्क गर्दछन् । उनीहरु यहाँ के गर्ने कसो गर्दा राम्रो हुन्छ ? भनेर परामर्श लिन्छन् । त्यसमा आफूले जानेको, बुझेको, भोगेको सरसल्लाह दिने काम गर्छु ।’

आफ्नो जन्मथलोमा केही गर्नुपर्छ जस्तो लाग्दैन भन्ने प्रश्नमा कुँवर भन्छन्, ‘विदेशमा गएर पनि आफ्नो कामको अलावा धेरै समाजसेवाका काम गरियो । अब आफ्नो जन्मथलोमा पनि केही सामाजिक काम गरौं भन्ने लागेको छ । त्यसको लागि बाटोघाटो, खानेपानी, ढलनिकास र सरसफाइका क्षेत्रमा के÷कस्ता समस्या छन्, बुझेर स्थानीय प्रतिनिधिसँग परामर्श गरी केही काम गर्ने योजना छ ।

गाउँमा खानेपानी, बाटोघाट अझ विशेष गरी सरसफाइको क्षेत्रमा केही काम गर्ने विचारमा छु । आफू जन्मिहुर्की गरेको ठाउँमा केही गर्न सकिन्छ भनेर लागिपरेको छु । जुन ठाउँमा जन्मिएँ, हुर्कीएँ, कुटोकोदोलो गरेँ, शिक्षादिक्षा पाएँ, त्यसैले त्यहीं ठाउँमा केही गरौं भन्ने मेरो विचार हो ।

अष्ट्रेलिया पढ्न जानेले जिनियस एजुकेशन एन्ड भिजा सर्भिसेज नै रोज्नुपर्ने कारण के भन्ने प्रश्नमा कुँवर भन्छन्, ‘हाम्रो हेड अफिस नै अष्ट्रेलियामा छ । उक्त अफिसले यहाँबाट गएका विद्यार्थीहरुलाई केही समस्या भयो भने तुरुन्तै परामर्श गरेर सहयोग गर्दछ ।

यस कम्पनीबाट अस्ट्रेलिया पढ्न जाने विद्यार्थीहरुको लागि पहिला सही परामर्श, सही डकुमेन्टेसन र पढ्न चाहने विषय र कलेजको सही छनोटका साथै भिजा लजमेन्टका लागि सहयोग गरिन्छ । यसरी अष्ट्रेलिया आएका विद्यार्थीहरुलाई कलेजको व्यवस्थापन, बसोबास र कामको लागि सही परामर्श तथा सहयोग गरिने कुँवर बताउन्छन् । व्यवसाय र समाजसेवालाई एकैसाथ अगाडि बढाएका कुँवर फूर्सदमा गीत÷संगीत सुन्न रुचाउँछन् । त्यसैगरी नयाँ–नयाँ पुस्तकहरु पढ्ने पनि उनको सोख छ ।

 


महाधिवेशन नेतृत्व चयन गर्ने माध्यम मात्र होइन, राजनीतिक भविष्य निर्धारण गर्ने अवसर हो

महाधिवेशन नेतृत्व चयन गर्ने माध्यम मात्र होइन, राजनीतिक भविष्य निर्धारण गर्ने अवसर हो

इन्दिरा निरौला, कांग्रेस महासमिति सदस्य आज हामी सबैलाई देशको...

युवाः सुदृढ समाजका मेरुदण्ड

युवाः सुदृढ समाजका मेरुदण्ड

रचना पाण्डे काठमाडौं, फाल्गुण २५ । एउटा समाज, समाज...

सन्दर्शः ११५ औं अन्तर्राष्ट्रिय नारी दिवस

सन्दर्शः ११५ औं अन्तर्राष्ट्रिय नारी दिवस

अन्तर्राष्ट्रिय नारी दिवस खासगरी महिला जागरूकता लागि मनाइँदै आइएको...

शोकको आँधी

शोकको आँधी

सुन, ऐ कालो रात! किन यति भयावह छौं तिमी?...

प्रजातन्त्रको धून

प्रजातन्त्रको धून

इन्दिरा निरौला गाढा अँध्यारो रातहरूमा आशाको दियो निभ्न लागेको...

अध्यादेश राजका शासन सूत्र : पार्टी फुटाउने–सरकार टिकाउने –लूट मच्चाउने !

अध्यादेश राजका शासन सूत्र : पार्टी फुटाउने–सरकार टिकाउने –लूट मच्चाउने !

केदार सवेदी संविधानको धारा ११४ (१) मा संघीय संसद्को...