सहकारी ठगीमा ‘क्लिन चिट’ पाएको भन्ने रविदावि कति सत्य कति आत्मरति !
696
sharesकेदार सुवेदी
संसदको चौथो दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछाने माथि लागेको सहकारुी ठगीको आरोप पुष्टी भयो कि खण्डित भन्ने चर्चा तीव्ररुपमा चलिरहेको छ संसदीय छानबिन समितिले ९९ सय दिनसम्मको छानविनबाट प्रकट भएका सत्यतथ्य सहितको प्रतिवेदन भदौ ३१ का दिन प्रतिनिधिसभामा बुझायो । प्रतिनिधिसभाबाट असौज २ गते मन्त्रिपरिषदमा पनि पुग्यो । त्यहाँबाट यो प्रतिवेदनका सिफारिस र सुझाव कार्यान्वयन गर्ने भन्ने निर्णय सहित गृह
मन्त्रालयमा पठाइएको अवस्था छ ।
सहकारी ठगी सम्वन्धी यो छानविन समितिमा (रास्वपा) का सांसदपनि सदस्य थिए । उनको समेत हस्ताक्षर परेर सर्वसम्मतिमा प्रतिवेदन बनेको थियो । प्रतिवेदनमा उल्लेख भएका विवरणले आफुमाथि कम्तीमा सहकारी ठगीमा लागेको आरोपबाट ‘क्लिन चिट’ पाएको भन्ने यो छानविनका मूलपात्र रविको पहिलो प्रतिकृया आयो । त्यो दलका केन्द्रिय नेता देखि स्वयम यो छानविन समितिमा रहेका रास्वपाका पनि भनाइ त्यस्तै छन । सभापतिले त यस्तो क्लिन चिट दिएकोमा त्यसका समितिका सभापतिलाई धन्यवादसमेत दिए । प्रतिवेदन बुझाइएको दिन संसद परिसरमा नै रविको पहिलो प्रतिकृया –
‘समितिको प्रतिवेदनले सहकारी ठगीमा आफ्नो संलग्नता नभएको पुष्टि गरिदिएको छ । कम्पनीको एमडी भइसकेपछि त्यहाँ काम गर्ने साथीहरूलाई तलब दिनुप¥यो । गोर्खा मिडियाले नदिएर अरुले दिने त होइन, त्यो त दिनैपर्छ । त्यसमा अनियमितता गरेको भए एउटा कुरा हो । तर, सहकारीबाट पैसा ल्याउनमा कहीँ पनि मेरो भूमिका छैन भन्ने कुरा स्पष्ट भएको छ, ‘गोर्खा मिडिया सञ्चालनका क्रममा मबाट गल्ती भएको रहेछ भने, कसैले ल्याएको पैसा सञ्चालन गर्ने क्रममा मबाट गल्ती कमजोरी भएको रहेछ, प्रचलित कानुनका समस्या आएका रहेछन्, कहीँ करका कुरा होलान्, त्यसको भागिदार त हुनुपर्छ भनेर सहमतिमा हस्ताक्षर ग¥यौं ।’
६५ करोडको विगोबन्ने सक्ने खतरा
तर प्रतिवेदनमा जसजसको नाम किटान भएर सहकारीको रकम अपचलन गरिएकोमा कार्वाहीका सिफारिस भएकोमा रविको नामपनि उल्लेख भएको छ । त्यसले वास्तवमानै ‘क्लिन चिट’ हो कि पक्राउ पूर्जी भन्ने चर्चा चलाइरह्यो ।
संसद सचिवालयबाट सरकारका हातमा परिसकेको यो प्रतिवेदनमा विभिन्न सहकारीबाट रवि लामिछाने प्रवन्ध निर्देशक रहेको १४ महिना भित्र गोर्खा मिडिया नेटवर्क प्रा. लि मा ६५ करोड ५४ लाख चार हजार पाँच सय अठतिस रुपैयाँ प्रवाह भएको देखिएको छ । यो रकम रविको हस्ताक्षरबाट खार्च भएको र त्यसै मध्येबाट रवि आफैले यो कम्पनीको १५ प्रतिशत शेयर पनि खरिद भएको भन्ने व्यहोरा लेखिएको छ ।
विज्ञहरुका अनुसार उनीमाथि उल्लेखित रकमको विगो र सोही अनुसारको जरिवाना बन्न सक्तछ ।
छानविनमा भेटिएका आठ कैफियत
एक : ‘कुनै पनि कम्पनीको आफ्नै उद्देश्य र मर्म हुन्छ । कम्पनीका सञ्चालक वा सेयर होल्डरहरू त्यस्तो संस्थामा मुख्य जिम्मेवार हुन्छन्। सेयर सदस्य, सञ्चालक सदस्य र प्रबन्ध निर्देशकको भूमिका र जिम्मेवारीमा रहेका पात्रहरूले कम्पनीमा प्राप्त हुने रकमप्रति जिम्मेवारी र दायित्वबोध नगर्न मिल्दैन, खातावाल हस्ताक्षरकर्ताहरू जसले खाता सञ्चालन अर्थात् वित्त परिचालनमा सहभागी हुन्छन्, त्यसबापत दायित्व ग्रहण गर्नु पर्दछ,’ समितिको प्रतिवेदनमा भनिएको छ, ’सहकारी संस्थामा रहेको बचतकर्ताको रकम अनियमित तवरबाट गोर्खा मिडिया नेटवर्क प्रालि.को खातामा आइसकेपछि उक्त रकम खर्च गर्ने, गराउने प्रक्रियामा संलग्न रहेको देखिन आएबाट निज सञ्चालकहरू अध्यक्ष गितेन्द्रबाबु राई र सदस्य कुमार रम्तेल तथा तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछाने र सञ्चालक छविलाल जोशी कम्पनीमा साझेदारका रूपमा बहाल रहेको अवधिमा सहकारीबाट कम्पनीमा आएको रकमको हकमा जिम्मेवार रहेको हुँदा प्रचलित कानून बमोजिम कारबाहीका लागि नेपाल सरकारलाई सिफारिस गर्ने ।’
दुई : कम्पनीहरूमा सेयर खरिद बिक्री गर्दा कानून बमोजिम पेस हुने भुक्तानीका साधन र उपकरणहरू पूर्ण नभई किर्ते कागजकै आधारमा खरिद बिक्री भएको पाइएको हुँदा भुक्तानी प्रक्रिया पूर्ण भएको यकिन गरी र सो बमोजिमको कर समेत तिर्ने सम्बन्धमा बाध्यकारी प्रबन्ध गर्न र श्वेट शेयर सम्बन्धी कानूनी प्रबन्धबारे अध्ययन गरी आवश्यक र उपयुक्त प्रबन्ध गर्न सम्बद्ध निकायको ध्यानाकर्षण गराउन नेपाल सरकारलाई सिफारिस गर्ने ।’
तीन : ‘उक्त समयका प्रा.लि.को आन्तरिक प्रशासन सञ्चालनमा आफ्नो भूमिका रहेको कुरा रवि लामिछानेले समितिमा खुलाउनु भएको र सो समयमा निजले सम्पादन गरेका कामहरूको विवरण समेतबाट देखिन्छ । सहकारी संस्थाबाट रकम गोरखा मिडिया नेटवर्क प्रा.लि.मा आउने सम्पूर्ण प्रक्रियामा रवि लामिछानेको संलग्नता पुष्टि हुने कागज प्रमाण रहेको नभेटिएता पनि सोही रकम गोरखा मिडियामा आइसकेपछि सोको परिचालन र खर्च प्रक्रियामा उहाँको सहभागिता देखिन्छ ।’
चार : ‘गोर्खा मिडिया नेटवर्क प्रा.लि.को ग्लोबल आइएमई बैंकमा भएको खातामा अध्यक्ष गितेन्द्रबाबु राईसहित रवि लामिछाने र छविलाल जोशीको हस्ताक्षर रहेको र तीनमध्ये एक जनाको हस्ताक्षरमा चेक काटिन सक्ने अर्थात् खाता चल्ने देखिएबाट तीनै जनाले गोर्खा मिडिया नेटवर्क प्रा.लि.को आन्तरिक वित्तीय परिचालनको अधिकार राखेको देखिन आयो। बैङ्कमा खाता खोल्दाका बखत पेश गरिएको (केवाइसी) विवरण र दस्तखत नमूना कार्डमा तीनमध्ये एक जनाको हस्ताक्षरमा खाता सञ्चालन हुने प्रबन्ध रहेको छ।
समितिमा प्राप्त चेकहरूमा रवि लामिछानेका एकल हस्ताक्षरका जारी चेकहरू धेरै रहेका छन्’, प्रतिवेदनको निष्कर्ष खण्डमा लेखिएको छ, ’हस्ताक्षर लगायतको सम्पूर्ण प्रक्रियामा सहमति रहनु, आन्तरिक प्रशासन सञ्चालनमा प्रभावकारी भूमिका रहनु, सञ्चालकमध्येका रवि लामिछानेको नामबाट लेखा परीक्षण प्रतिवेदनमा उल्लिखित भ्त्रगष्तथ क्जबचभ ऋबउष्तब िशीर्षकमा रकम समेत जम्मा भएको देखिनु र समितिसमक्ष सोधपुछका क्रममा उक्त रकम पेश्की लिई जम्मा गरेको हुँ भन्ने व्यहोरा लेखाएता पनि पेश्की लिएको खुल्ने आधार प्रमाण पेश गर्न सकेको नदेखिएको समेतको आधार प्रमाणबाट निज सञ्चालकहरू कम्पनीको जिम्मेवार भूमिकामा रहनु भएको देखिन्छ ।’
पाँच : ‘कम्पनी चलाउने रकम के–कहाँबाट आउँछ? कसरी आउँछ ? कति आउँछ ? भन्ने कुरा खाता सञ्चालन गर्ने सञ्चालकले जान्ने र बुझ्ने नै अवस्था हुने तथा निजहरूमध्ये कसैले रकमको स्रोतमाथि प्रश्न गरी कुनै विमति वा फरक मत दर्ज गराएको अवस्था समेत रहे÷भएको नदेखिएको हुँदा निज सञ्चालकद्वय रवि लामिछाने र छविलाल जोशी कम्पनीमा जिम्मेवार पदाधिकारी रहुन्जेल निजहरूले सहकारीबाट आएको रकम खर्च वा परिचालन गरेवापत सिर्जना हुने उत्तरदायित्व बहन गर्नु पर्ने देखिन्छ ।’
छ : ‘समितिले कम्पनी रजिष्टारको कार्यालयको अभिलेखअनुसार लामिछाने र जोशी दुवै जनाले शेयर खरिद गरी कम्पनीमा प्रवेश गरेको र शेयर बिक्री गरी कम्पनी छाडेको भन्ने देखिन्छ। यद्यपि उहाँहरूको समिति समक्षको जबाफमा आफूहरूले पैसा नलिए–नदिएको भनी खुलाउनु भएको छ। शेयर खरिद बिक्री गर्दाका बखत कार्यालयमा पेश गरिएका कागजात एवं तिनमा भएका हस्ताक्षरको सम्बन्धमा भने दुवै जनाले कुनै असहमति जनाएको वा उक्त दस्तखत आफूले गरेको होइन भनी भनेको अवस्था छैन। कार्यालयको प्रमाणित अभिलेख अनुसार निजहरू दुवै जना शेयर रकम लगानी गरी सञ्चालकको भूमिकामा रहेको देखिन आउँछ।
सञ्चालक तथा प्रबन्ध निर्देशक समेत रहनुभएका रवि लामिछानेले आफूलाई स्वेट शेयर दिएको भनी बताएता पनि प्रथमतः श्वेट शेयर सम्बन्धी कानूनी प्रबन्ध नेपालमा रहे वा भएको नदेखिएको तथा निज सञ्चालकहरूका बीचमा एकापसमा श्वेट शेयर लिने–दिने सम्बन्धमा कुनै सम्झौता भएको लिखत प्रमाण समेत रहे भएको अवस्था देखिँदैन । समिति समक्ष सोधपुछका क्रममा निज लामिछानेले शेयर सम्बन्धी प्रबन्ध निज गितेन्द्रबाबु राईले गर्ने सहमति भएको थियो भनी खुलाएको बेहोरा निजकै कथनबाहेक अर्को कुनै प्रमाणबाट समर्थित भएको अवस्था देखिँदैन ।’
सात ः ‘निजहरू रवि लामिछाने र छविलाल जोशीले सोधपुछका क्रममा खुलाउनुभएको भौचर पेश गरिएको थियो तर रकम जम्मा भएको थिएन भन्ने बेहोराबाट कम्पनी रजिष्टारको कार्यालयमा गलत विवरण दिएको भन्ने देखिन्छ, । तत्सम्बन्धमा कम्पनी रजिष्टारको कार्यालयकै क्षेत्राधिकार हुने हुँदा यहाँ बोलिरहनु परेन । यद्यपि रकम दाखिला नगरी भौचरको प्रमाणीकरण सम्बन्धित बैङ्कबाट कसरी भयो र कम्पनी रजिष्टारको कार्यालयले शेयरवापतको रकम लिनादिना भएको भन्ने कुरा के–कसरी यकिन गरेको हो भन्ने कुरा समेत देखिँदैन ।’
आठ ः ‘सहकारी संस्थाहरूबाट गोर्खा मिडिया नेटवर्क प्रा.लि. लगायतका कम्पनीहरूमा रकम प्रवाह भएको देखिन्छ। सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लि., सुप्रिम बचत तथा ऋण सहकारी संस्था लि. सहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था लि., स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था लि. र सानो पाइला बचत तथा ऋण सहकारी संस्था लि.बाट जम्मा रू. ६५,५४,०४,५३८ रकम गोर्खा मिडिया नेटवर्क प्रा. लि.मा प्रवाह भएको देखिन्छ ।
कतिपयले कम्पनीलाई सापटीका रूपमा, कतिमा कम्पनीलाई ऋणका रूपमा, कतिमा सञ्चालकका नाममा ऋण खडा गरी कम्पनीमा र कतिमा कम्पनीका सञ्चालकको नाममा ऋण खडा गरी कम्पनीमै रकम प्रवाह भएको देखियो। जुन विधि वा मार्ग अपनाइएको भएता पनि ती कारोवबारहरू कानूनसम्मत देखिएनन्। सहकारीको बचत रकम सदस्यबाहेकमा कारोबार हुने वा रकम प्रवाह हुने परिकल्पना कानूनतः गरेको देखिँदैन। कानूनको एउटा मान्य सिद्धान्त के रहेको छ भने कानूनको अज्ञानता क्षम्य हुँदैन। तसर्थ, सहकारीबाट कुनै पनि कम्पनी वा गोरखा मिडिया नेटवर्क प्रा.लि.मा सिधा रकम प्रवाह हुनु गैरकानूनी हो ।’
समितिका एक सदस्यका भनाइ
समितिमा राप्रपको तर्फबाट सहभागी ध्रुवबहादुर प्रधान भन्छन
‘सहकारीहरुबाट ल्याइएको जनताको पैसा हो, त्यो फिर्ता गर्नुपर्छ भन्ने कि क्लिन चिट पाएँ भनेर उफ्रिदै हिँड्ने ? त्यो कुरा गर्न मिलेन ।
यसमा दुई ओटा कुरा स्पष्ट छन् । पूर्व उपप्रधानमन्त्री भइसक्या, गृहमन्त्री भइसक्या, एउटा पार्टीको नेता, जनताको प्रतिनिधित्व गर्न खोज्ने, जनताको यतिधेरै पैसा अपचलन भएको, हिनामिना भएको, आर्थिक संकटग्रस्त अवस्थामा मैले क्लिन चिट पाएँ भन्दै हिँड्न उपयुक्त हुँदैन।
जुनचाहिँ गोर्खा मिडिया नेटवर्क अध्यक्ष जीबी राई र प्रबन्ध निर्देशक रवि लामिछाने, छविलाल र रम्तेल सबैको जिम्मेवारी छ । जीबी राईसँग जति पनि नजिकका सहकारीहरु छन् त्यहाँबाट ल्याइएको जनताको पैसा हो । त्यस्तै घटनामा अरु थुनामा परेका छन् । रवि लामिछानेको हकमा ढाकछोप, क्लिनचिट भन्ने कुरा पटक्कै छैन । कारबाही गर्नुपर्छ भनेर त्यसै लेखेको हैन ।’
वि.सं.२०८१ असोज ३ बिहीवार १५:१६