back
sanima relaiance life insurance

skip this prime bank

आफैले छानविन समितिलाई दिएको ‘म्यान्डेट’ ले रविलाई दियो जेलको निम्तापत्र

516 

shares

केदार सुवेदी
रास्वपाका सभापति रवि लामिछानेले संसदीय छानविन समितिलाई सहकारी ठगी सम्वन्धनमा छानविनका लागि दिएको म्याण्डेट नै उनका जेल यात्राको निम्तो पत्र बन्न बन्यो । उनले यो पटकपनि राज्यबाट विशेष छुट नपाएका भए यतिबेला उनी हिरासतमा हुन्थे । समान प्रकृतिको कसुर र कार्वाहीका लागि समान रुपले सिफरिस भएका अर्का व्यक्ति अदालतको आदेशबाट हिरासतमा छन ।

सहकारीको वचत अपचलन सन्दर्भमा रवि प्रवन्ध निर्देशक रहेको गोरखा मिडिया नेटवर्क प्रालि लगायतको छानविन गर्न भनी संसदीय समितिलाई उनले आफैले म्याडेट दिएका थिए । उनी रास्वपाका संसदीयदलका नेतापनि हुन । उक्त म्याडेट अनुसार छानविन हुँदा यो एउटै कम्पनीबाट सहकारीको ६५ करोडभन्दा बढी हुनेगरी वचत अपचलन भएको रहेछ । त्यही सन्दर्भमा कम्पनीका एक सञ्चालक पक्राउ परिसकेका छन । रवि सहित चारजना सञ्चालक रहेको यो कम्पनीका बाँकी तीन जना मध्ये अव दुइजना जेलममा र एक जना फरार छन ।

समितिले कार्वाही गर्न सिफारिस गरेका चारमध्ये एकजना फरार एकजना पहिले नै थुनामा थिए भने अर्को एकजना हालै अदालतको आदेशाबाट नै थुनामा परेका हुन । कानुन सवैका लागि समान हुन्थ्यो भने समान कसुरमा कोही जेल र कोही खुला नहुनुपर्ने हो । तर कम्तीमा यो बेलासम्म भने त्यस्तै भएको देखियो ।

रवि दोस्रोपटक गृहमन्त्री भएपछि स्वार्थ बाझिएको भनेर सहकारी ठगीको विषय उठन थालेका थिए । त्यसबेला उनले आफना पक्षमा राज्यका सबै निकाय, प्रधानमन्त्री, प्रहरुी प्रमुख, महान्याधीवक्तालाई प्रयोग गरेर आफनो निर्दोषिता देखाइरहे । यसैकारण समितिबन्न पनि लामोसमय लाग्यो । ससमिति बनेपछि पनि त्यसको क्षेत्रााधिकारमा विवाद आयो ।

फागुनको अािन्तमसाता देखि जेठ १४ सम्म यो अवरोध कायम रह्यो । वल्ल जेठ १५ मा यस्तो समिति बनेको थियो ।समिति बनेपछि रविको नाम राख्ने कि नराख्ने कि नराख्ने भन्नेमा सत्रार विपक्षी दल विभाजित भए । यो बजेट आउने दिन थियो । त्यो नै रोकिने भएपछि सत्रापक्ष केही लचक भएर रवि संलग्न भएको कम्पनीको नाम लेख्ने भन्नेमा सहमति जुटयो र कार्य क्षेत्रमा रवि प्रवन्ध निर्देशकका रुपमा संल्ग्न भएका कम्पनी गोरखा मिडिया नेटवर्क प्रालि लगायतको छानविन गर्ने भनेर लेखिने भयो ।

त्यसलले नै सहकारी अपचलनमा ‘संलग्न देखिएका व्यक्तिहरूलाई कानुन बमोजिम कारबाहीका लागि आवश्यक सिफारिस गर्ने’ उल्लेख भएपछि कार्वाहीको सिफारिस भएको हुनुपर्छ

त्यो म्याण्डेट

परिच्छेद– १७
निष्कर्ष
१७.४ कार्यादेश चारमा समितिको निष्कर्ष
‘सहकारी संस्था सदस्य (सेयरधनी) एवं बचतकर्ताबाट सहकारी संस्थामा जम्मा गरिएको रकम हिनामिना, अपचलन, अनुचित लेनदेन गरी हानि नोक्सानी पु¥याएको भनी संघीय संसद र सार्वजनिक रूपमा प्रश्न उठेका, विभिन्न तह र निकायमा उजुरी परेका अनुसूची–२ मा उल्लिखित लगायतका सहकारी संस्थाहरूबाट गोरखा मिडिया नेटवर्क प्रालिलगायत अन्य कम्पनी वा संस्थाहरूमा प्रवाह भएको रकमको स्थिति, सो रकम गैरकानुनी रूपमा प्रवाह भए वा नभएको र त्यस्तो गैरकानुनी वा अनुचित कार्यमा कोही संलग्न देखिएमा त्यस्ता व्यक्तिहरूको बारेमा अध्ययन छानबिन गरी जोखिममा परेको रकमको असुलीको उपाय र संलग्न देखिएका व्यक्तिहरूलाई कानुन बमोजिम कारबाहीका लागि आवश्यक सिफारिस गर्ने ।’
छानबिनको निश्कर्षमा गोरखा मिडिया

समितिको समग्र अध्ययन एवं छानबिनका आधारमा प्रस्तुत कार्यादेशउपरको निष्कर्ष देहाय बमोजिम रहेको छः–
(एक :)सहकारी संस्थाहरूबाट गोरखा मिडिया नेटवर्क प्रालि लगायतका कम्पनीहरूमा रकम प्रवाह भएको देखिन्छ। सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लि., सुप्रिम बचत तथा ऋण सहकारी संस्था लि., सहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था लि., स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था लि. र सानो पाइला बचत तथा ऋण सहकारी संस्था लि. बाट जम्मा रू. ६५,५४,०४,५३८ रकम गोर्खा मिडिया नेटवर्क प्रालिमा प्रवाह भएको देखिन्छ। कतिपयले कम्पनीलाई सापटीका रूपमा, कतिमा कम्पनीलाई ऋणका रूपमा, कतिमा सञ्चालकका नाममा ऋण खडा गरी कम्पनीमा र कतिमा कम्पनीका सञ्चालकको नाममा ऋण खडा गरी कम्पनीमै रकम प्रवाह भएको देखियो । जुन विधि वा मार्ग अपनाइएको भए तापनि ती कारोबारहरू कानुनसम्मत देखिएनन ।

(दुई 🙂 गोरखा मिडिया नेटवर्क प्रालिमा रकम पठाउने सहकारी संस्थाका मुख्य जिम्मेवार एवं पाउने संस्था गोरखा मिडिया नेटवर्क प्रालिका अध्यक्ष समेत रहेका गितेन्द्रबाबु राईलाई समितिले बुझ्ने र सुन्ने कोशिस गरेको भए तापनि पूरा हुन पाएन। सहकारी संस्थाबाट प्रवाह भए बमोजिम नै गोरखा मिडिया नेटवर्क प्रालिको खातामा जम्मा भएको रकमलाई गोरखा मिडिया नेटवर्क प्रालिको लेखापरीक्षण प्रतिवेदनले भने सहकारीबाट आएको रकमका रूपमा स्वीकार गरेको देखिदैन। लेखापरीक्षण प्रतिवेदनले उक्त रकमहरूलाई गितेन्द्रबाबु राईले छोटो अवधिको लागि दिएको निर्व्याजी सापटीका रूपमा उल्लेख गरेको छ। यद्यपि गोरखा मिडिया नेटवर्क प्रालिमा रहेको गितेन्द्रबाबु राईको ऋण खातामा रकम आउने जाने भैरहेको देखिन्छ।

(तीनः) गोरखा मिडिया नेटवर्क प्रालिका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछानेले सोधपुछका कममा सहकारीबाट कम्पनीमा रकम आएको सम्बन्धमा आफूलाई जानकारी नभएको र सो सम्बन्धमा गितेन्द्रबाबु राईलाई थाहा हुने उल्लेख गर्नुभएको दखिन्छ। अर्का तत्कालीन सञ्चालक छविलाल जोशीले रकम आएको समबन्धमा गितेन्द्रबाबु राई वा रवि लामिछानेलाई थाहा हुने उल्लेख गर्नुभएको छ। तर उक्त समयका प्रालिको आन्तरिक प्रशासान सञ्चालनमा आफ्नो भूमिका रहेको कुरा रवि लामिछानेले समितिमा खुलाउनुभएको र सो समयमा निजले सम्पादन गरेका कामहरूको विवरण समेतबाट देखिन्छ ।

सहकारी संस्थाबाट रकम गोरखा मिडिया नेटवर्क प्रालिमा आउने सम्पूर्ण प्रक्रियामा रवि लामिछानेको संलग्नता पुष्टि हुने कागज प्रमाण रहेको नभेटिए तापनि सोही रकम गोरखा मिडियामा आइसकेपछि सोको परिचालन र खर्च प्रक्रियामा उहाँको सहभागिता देखिन्छ ।

(चारः) गोरखा मिडिया नेटवर्क प्रालिको ग्लोबल आइएमइ बैङ्कमा भएको खातामा अध्यक्ष गितेन्द्रबाबु राईसहित रवि लामिछाने र छविलाल जोशीको हस्ताक्षर रहेको र तीनमध्ये एकजनाको हस्ताक्षरमा चेक काटिन सक्ने अर्थात् खाता चल्ने देखिएबाट तिनै जनाले गोरखा मिडिया नेटवर्क प्रालिको आन्तरिक वित्तीय परिचालनको अधिकार राखेको देखिन आयो। बैंकमा खाता खोल्दाका बखत पेस गरिएको प्थ्ऋ विवरण र दस्तखत नमूना कार्डमा तीनमध्ये एक जनाको हस्ताक्षरमा खाता सञ्चालन हुने प्रबन्ध रहेको छ ।

समितिमा प्राप्त चेकहरूमा रवि लामिछानेका एकल हस्ताक्षरका जारी चेकहरू धेरै रहेका छन्। हस्ताक्षरलगायतको सम्पूर्ण प्रक्रियामा सहमति रहनु, आन्तरिक प्रशासन सञ्चालनमा प्रभावकारी भूमिका रहनु, सञ्चालकमध्येका रबी लामिछानेको नामबाट लेखापरीक्षण प्रतिवेदनमा उल्लिखित शीर्षकमा रकम समेत जम्मा भएको देखिनु र समितिसमक्ष सोधपुछका कममा उक्त रकम पेश्की लिई जम्मा गरेको हुँ भन्ने व्यहोरा लेखाए तापनि पेश्की लिएको खुल्ने आधार प्रमाण पेस गर्न सकेको नदेखिएको समेतको आधार प्रमाणबाट निज सञ्चालकहरू कम्पनीको जिम्मेवार भूमिकामा रहनुभएको देखिन्छ।

(पाँचः) कम्पनी चलाउने रकम के–कहाँबाट आउछ ? कसरी आउछ ? कति आउँछ ? भन्ने कुरा खाता सञ्चालन गर्ने सञ्चालकले जान्ने र बुझ्ने नै अवस्था हुने तथा निजहरूमध्ये कसैले रकमको स्रोतमाथि प्रश्न गरी कुनै विमती वा फरक मत दर्ज गराएको अवस्थासमेत रहे÷भएको नदेखिएको हुँदा निज सज्नालकद्वय रवि लामिछाने र छविलाल जोशी कम्पनीमा जिम्मेवार पदाधिकारी रहुन्जेल निजहरूले सहकारीबाट आएको रकम खर्च वा परिचालन गरेवापत सिर्जना हुने उत्तरदायित्व बहन गर्नु पर्ने देखिन्छ।

(छः) कम्पनी रजिष्ट्रारको कार्यालयको अभिलेखअनुसार लामिछाने र जोशी दुवैजनाले सेयर खरिद गरी कम्पनीमा प्रवेश गरेको र सेयर बिक्री गरी कम्पनी छाडेको भन्ने देखिन्छ। यद्यपि उहाँहरूको समितिसमक्षको जवाफमा आफूहरूले पैसा नलिए–नदिएको भनी खुलाउनुभएको छ । सेयर खरिद बिक्री गर्दाका बखत कार्यालयमा पेश गरिएका कागजात एवं तिनमा भएका हस्ताक्षरको सम्बन्धमा भने दुवै जनाले कुनै असहमति जनाएको वा उक्त दस्तखत आफूले गरेको होइन भनी भनेको अवस्था छैन। कार्यालयको प्रमाणित अभिलेख अनुसार निजहरू दुवै जना सेयर रकम लगानी गरी सञ्चालकको भूमिकामा रहेको देखिन आउँछ।

(सातः) सञ्चालक तथा प्रबन्ध निर्देशक समेत रहनुभएका रवि लामिछानेले आफूलाई स्वेट सेयर (पसिनावापत) दिएको भनी बताए तापनि प्रथमतः स्वेट सेयरसम्बन्धी कानुनी प्रबन्ध नेपालमा रहे वा भएको नदेखिएको तथा निज सञ्चालकहरूका बीचमा एकापसमा स्वेट सेयर लिनेदिने सम्बन्धमा कुनै सम्झौता भएको लिखत प्रमाणसमेत रहे भएको अवस्था देखिँदैन । समितिसमक्ष सोधपुछका क्रममा निज लामिछानेले सेयर सम्बन्धी प्रबन्ध निज गितेन्द्रबाबु राईले गर्ने सहमति भएको थियो भनी खुलाएको बेहोरा निजकै कथनबाहेक अर्को कुनै प्रमाणबाट समर्थित भएको अवस्था देखिँदैन।

(आठः)अर्कोतर्फ करारसम्बन्धी प्रचलित कानुनअनुसार कानुनतः पालना गराउन नसकिने गरी भएको करार बदरभागी हुने अवस्था समेतका आधारमा गोरखा मिडिया नेटवर्क प्रालिमा भएका तत्समयका कारोबार र दायित्वका विषयबाट अध्यक्ष गितेन्द्रबाबु राई, तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछाने र सञ्चालक सदस्य छविलाल जोशीले कम्पनीमा बहाल रहेको अवधिसम्मका लागि जिम्मेवारी र दायित्व लिनुपर्ने अवस्था देखिन आयो ।

(नौं) कम्पनीमा सेयर खरिद बिक्री गर्दा भुक्तानीका माध्यमको परीक्षण नगरी किर्ते रूपमा तयार गरिएको देखावटी कागजलाई समेत कम्पनी रजिष्ट्रारको कार्यालयले मान्यता दिने अभ्यास रहेको समितिसमक्ष सोधपुछका कममा गोरखा मिडिया नेटवर्क प्रालिका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछाने र सञ्चालक छविलाल जोशीको भनाइ समेतबाट देखिन्छ। त्यसले एकातर्फ कम्पनी प्रशासनमा कुशासन भित्र्याउने र आयकरवापत सरकारले प्राप्त गर्ने राजस्वमा समेत छली भएको देखिन आयो ।

 


सहकारी ठगी प्रकरण – रास्वपाको प्रतिकार आन्दोलनमा : भुँइमान्छेको प्रतिकृया

सहकारी ठगी प्रकरण – रास्वपाको प्रतिकार आन्दोलनमा : भुँइमान्छेको प्रतिकृया

केदार सुवेदी सहकारी ठगीको विषय सामान्य होइन । यसमा...

नेकपा एमालेले बाढीपहिरोपीडितहरुको लागि राहत कोषमा ५० लाख जम्मा गर्ने

नेकपा एमालेले बाढीपहिरोपीडितहरुको लागि राहत कोषमा ५० लाख जम्मा गर्ने

काठमाडौं । नेकपा एमालेले बाढीपहिरोपीडितहरुका लागि सरकारको राहत कोषमा...

परराष्ट्रमन्त्री डा. राणा र एमसीसीका प्रमुख कार्यकारीबीच भेटवार्ता

परराष्ट्रमन्त्री डा. राणा र एमसीसीका प्रमुख कार्यकारीबीच भेटवार्ता

वासिङटन डीसी (अमेरिका) । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा...

नेपाली कांग्रेसको संसदीय दल बैठक बस्दै

नेपाली कांग्रेसको संसदीय दल बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक आज दिउँसो...

आज दिउँसो सर्वदलीय बैठक बस्दै

आज दिउँसो सर्वदलीय बैठक बस्दै

काठमाडौं । बाढीपहिरोले निम्त्याएको विपद्पछिको राहत, उद्धार र जनधनको...

बाढीपीडितहरू उद्धारका लागि लामो समय प्रतीक्षा गर्नु सरकार उदासीन : प्रचण्ड

बाढीपीडितहरू उद्धारका लागि लामो समय प्रतीक्षा गर्नु सरकार उदासीन : प्रचण्ड

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले...