back
sanima relaiance life insurance

प्रचण्डको सत्तायात्रा : जालीफटाहाले विगारे भन्दै गाली र गठवन्धन संगसंगै – नौ वर्षमा आठ पटक यताउता !

414 

shares

केदार सुवेदी
माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांगे्रस र यसका सभापति शेरवहादुर देउवा तथा एमाले र यसका अध्यक्ष कोपी शर्मा ओलीसंग अवका दिनमा कहिल्यै नमिल्ने सार्वजनिक प्रतिज्ञा गरेका छन । नयाँ संविधान पछिका नौ वर्ष (२०७२ –२०८०ं मा मात्रै उनले अर्को कम्युनिष्ट पार्टी एमालेसंग र गैह्र कम्युनिष्ट पार्टी नेपाली कांग्रेससंग गरी आठपटक गठवन्धन गरेका र तोडेका देखिन्छ । यी सबै गठवन्धन सत्ता यात्राका लागि थिए ।

एमालेसंग त उनले एकताका आफनो दल माओवादीलाई विलय नै गराएका थिए । यी दुइदल आपसमा विलय भएर नेकपा बनेको थियो । त्यो पनि करिव तीनवर्षकै अन्तरमा तोडियो । कतिसम्म भने नेकपाकै सरकार हुँदापनि अर्को गठवन्धन गर्न खोजिएको थियो ।

सम्झनामा राख्नुपर्ने कुरा, गठवन्धनका सन्दर्भमा उल्लेख भएका यी तीन दलबीच जतिपटक मिलाप भयो धोकापनि त्यतिनै पटक भएको पाइन्छ । दोष कमवेसी कसको हो, तर त्यो धोकाले जव सत्ताबाट हटाउछ अनि प्रचण्ड ओली एक अर्कामाथि यसरी जाइलाग्ने गर्छन जो सुन्ने आम सर्वसाधारणलाइ पनि लाजलाग्ने खालको हुने गर्छ ।

यो पटक प्रचण्डले केही अघिसम्म सहकार्य गरेका बाँकी दुइदल कांग्रेस र एमाले तथा तिनका शीर्ष नेतामाथि सवभन्दा ठूला जालीफटाहा भन्ने आरोप लगाए । दलीय सहकार्य टुटदा नेपाली कांग्रेसका सभापति भने त्यति व्यक्तिगत गालीगलौजमा देखिदैनन तर ओली र प्रचण्ड भने यो हदसम्म उत्रने गरेका छन जो आम जनतामा यी दल र यी नेताका परिचय नै विग्रने खतरा छ । जस्तो ओली प्रचण्डले एकअर्कालाई ‘कुहेको फर्सी’ ‘कुहेको आलु’ आदि केके हुन केकेको संज्ञा दिन्छन ।

प्रचण्ड बढी चलायमान
प्रचण्ड सत्ताका लागि जोसुकैसंग यताउता गर्नेमा बढी माहिर रहेको आमबुझाइ छ । घटनाविवरणहरुले पनि त्यही कुरा वताउछन । पछिल्लो आमनिर्वाचन पछिका १४ महिनामा मात्रै उनले निर्वाचन र त्यसपछि आफनो नेत्वमा सरकार बनाउने सन्दर्भमा तीन पटक गठवन्धन फेरे । २०७९ को निर्वाचनमा सिट नै वाडफाँड गरिएको गठवन्धनलाई त उनले निर्वाचन लगत्तै अर्थात सुरुमानै तोडेका थिए ।

निर्वाचनको सामान्य मान्यता अनुसार निर्वाचनमा जोसंग मिलेर मत मागिएको हो सरकार त्यसैको हुनेपर्ने थियो । तर प्रचण्डले त्यो मान्यता आफै तोडे । निर्वाचनमा विपक्ष मानिएको दलसंग मिलेर सरकार बनाउन गए । त्यसको दुइमहिनापछि चुनावसंगै लडेको दलसंग गठवन्धन गरे । यो गठन्धन वर्षदिन पुग्नेक्रममा फेरी यो गठवन्धन छाडेर पहिलेकैसंग गठवन्धन गर्न पुगे ।

प्रचण्डका पछिल्ला गाली

यो पटकको यो गठवन्धनले भने करिव तीन महिनाको अवधीमा उनैलाई धोका दियो । नेपाली कांग्रेस एमालको गठवन्धन बन्यो । त्यसको सयदिनमा प्रचण्ड सडकमा उत्रिएर सत्तारुढ दलप्रति वस्तो आरोप लगाए, अव कोहीसंग नमिल्ने भनेर जस्तो प्रतिवद्धता जनाए त्यो आफैमा एउटा नमुना हुनुपर्छ । कार्तिक १० को खवरदारी सभामा उनले जे भने त्यसले नेता र दलहरु आफै एकअर्कालाई कसरी परिचय दिन्छन र त्यसबाट आमनागरिकले के बझने भन्ने प्रश्न उठछ । त्यो भनाइका केही अंश –

२०८१ कार्तिक १० भृकुटीमण्डप ः ‘हामी जाली फटाहासँग मिल्दा केही बिग्रियौँ अब सच्चिन चाहन्छौँ । तपाईँहरूले यो भ्रम कि माओवादीले अहिले नै सडकबाट सरकार फेर्न हतारो गरेको भन्ने बुझ्नुभएको छ भने तपाईँहरू भ्रममा हुनुहुन्छ । तपाईँहरूजस्ता पार्टीहरू जो यो देशका दलाल, पुँजीपति र बिचौलिया, भ्रष्टहरूको प्रतिनिधिको रूपमा रहनुभएको छ ।

हामीले केही समय तपाईँहरूसँग सहकार्य गरेर गल्ती ग¥यौँ भन्ने परेको छ हामीलाई । हामीले तपाईँहरूसँग समीकरण गरेर गल्ती ग¥यौ । तपाईँहरूको रोग हामीलाई पनि स¥यो भन्ने चिन्ता छ । हामी गम्भीर आत्मासमिक्षामा छौं । त्यसकारण तपाईँहरू हामीसँग ढुक्क भए हुन्छ–अब तपाईँहरूसँग समीकरण गरांै, हामीलाई मन्त्री बनाईदिनुस, प्रधानमन्त्री बनाईदिनुस भनेर आउने छैनौँ । मैले त बरु प्रतिनिधिसभामा पनि र अहिले जनताको बीचमा पनि भनिराखेको छु–तपाईँहरूलाई धन्यवाद ।

हामी अलिअलि बिग्रन थालेका थियौ । हामी अलिअलि जनताबाट कट्न थालेका थियौँ । हामी प्रतिक्रियावादीहरूसँग हिँड्दाहिँड्दै उस्तै हुने हो कि भन्ने खतरा पैदा भएको थियो । तपाईँहरूले हामीलाई बेलैमा निकाल्न दिनुभयो । र जनतातिर फर्काई दिनु भयो । त्यसकारण हामी तपाईँहरूलाई धन्यवाद भनिराखेका छौं । तपाईँहरूले मेरो यो भनाइलाई हल्का रूपमा नलिनु होला । यस्ता भ्रष्ट पार्टीहरू, यस्ता भ्रष्ट र जाली नेताहरूसँग लागेर माओवादी पनि कता कता, के हो, के हो भन्ने जनतालाई परेको थियो । हामी अव सच्चिन चाहन्छौँ ।

तपाईँहरू ढुक्क बस्नुहोस – माओवादीले फेरि कांग्रेस फकाउला, माओवादीले फेरि एमाले फकाउला । फेरि हामीलाई हटाउला भन्ने चिन्ताबाट मुक्त बस्नुहोस् । म यो कुरा बडो गम्भीर ढङ्गले राख्न चाहन्छु । हामीले पहिले नै भनेका छौं–अव हामी चुनाव तपाईँहरूजस्ता बेइमान, भ्रष्ट बिचौलियाका प्रतिनिधि पार्टीसँग मिलेर लड्ने छैनौँ ।’

२०८१ असार २८ संसदमा सम्वोध : ‘कांग्रेस एमालेका सीमित नेताको दाबी होला, हामी आफैँ मिलेका हौँ । त्यो सत्य होइन । तपाईँहरूलाई कसले मिलाएको हो, किन मिलाएको हो, घामजत्ति नै छर्लङ्ग छ । सिधै कांग्रेस एमाले मिलेको भन्न लाज लागेर साथीहरूले राष्ट्रिय सहमतिको सरकारको बर्को ओढिरहनुभएको छ । साथीहरू, राष्ट्रिय सहमतिको पहलकदमी दिनकै उज्यालोमा जनताको खुला जानकारीमा पनि लिन सकिन्थ्यो ।

नियत सही हुन्थ्यो भने राष्ट्रिय सहमतिको विमर्श यही सम्मानित संसदमा शुरू गर्न सकिन्थ्यो । तपाईँहरू विमर्श होइन, षड्यन्त्रमा हुनुहुन्छ भन्ने तथ्य तपाईँहरूले सहमति गरेको ठाउँ र समयबाट पुष्टि हुन्छ । स्वाभाविक र विवेकसम्मत काम गर्दा त्यो तहको डर हुँदैन । आज जुन समूहहरूले तपाईँहरूलाई जोडेका छन्, तिनीहरूको सेवा नै तपाईँहरूको कर्तव्य भएपछि लोकतन्त्रको प्रतिष्ठा र जनसमर्थन अझ गिर्नेछ भन्ने मेरो ठूलो चिन्ता छ ।’

२०७९ कार्तिक २९ लमजुङको चुनावीसभामा (त्यसबेलाको एउटा (हिटा) समाचार ः ओलीसँग मिलेर ज्ञान प्राप्त गरेँ, अब फेरि मिल्न जान्नँ – प्रचण्ड । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमाले अध्यक्ष केपी शर्मा ओलीले आफूलाई धोखा दिएको टिप्पणी गर्नुभएको छ । लमजुङको राइनसमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै माओवादी अध्यक्ष प्रचण्डले ओली बाध्य भएर मात्रै संविधान बनाउन मानेको उल्लेख गर्दै संविधान र लोकतन्त्र सिध्याउन लागिपरेको आरोप लगाउनुभयो । ‘उनले हिटलरको जस्तो शासन गर्न खोजेका रहेछन् ।

हामीले त्यसको प्रतिवाद ग¥यौँ,’ प्रचण्डले भन्नुभयो, ‘राष्ट्र र जनताको लागि गठबन्धनलाई बहुमतले जिताउन जरुरी छ । गठबन्धनलाई चुनावसम्म मात्रै होइन । पछिसम्म लैजानुपर्छ । उपलब्धिमाथि खतरा रहेसम्म १०÷१५, २० वर्षसम्म जाओस् । अब अर्को प्रयोग हुँदैन ।’

ओलीसँग मिलेर ज्ञान प्राप्त गरेर आएको बताउँदै अब फेरि मिल्न नजाने उहाँले प्रष्ट पार्नुभयो । प्रचण्डले कांग्रेसको प्रचार गर्दै जाँदा हिजोका द्वन्द्वका घाउहरू मेटिँदै गएको महसुस भइरहेको समेत बताउनुभयो । गोरखाको पालुङटारमा भएको चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले सम्झौता र सहकार्य भन्ने कुरा आमने–सामने बसेर संघर्ष गर्नेहरूकै बीचमा हुने बताउनुभयो ।

यी केही नमुना हुन । अहिले चलिरहेको संसदको निर्वाचनमा पद्धण्डले भनेका ‘राष्ट्र र जनताको लागि गठबन्धनलाई बहुमतले जिताउन जरुरी रहेको र गठबन्धनलाई चुनावसम्म मात्रै होइन पछिसम्म लैजानुपर्ने तथा यो गठवन्धन १०÷१५, २० वर्षसम्म जाने अब अर्को प्रयोग नहुने भनेर प्रति१ा गरेका उनले त्या निर्वाचन लगत्तै ३५ दिनमा नै गठवन्धनको अर्को प्रयोग गरेर ।

त्यो प्रयोग एमाले सँगै भएको थियो जसलाइ उनले चेतेको भनेर चुनावभरी वताइरहे । यो चुनवपछि सवभन्दाबढी पटक गठवन्धन गरेको दल नै एमाले थियो । गालीगलौजमा ओलीपनि कम छैनन । प्रचण्डका बारे सार्वजनिक मञ्चबाट नै केकेभन्दा आएका छन भन्ने चर्चा अर्को पटक ।

 

 


कांग्रेसले जिल्ला समन्वय समिति कैलालीको प्रमुखमा भुललाई उमेदवार बनाउने

कांग्रेसले जिल्ला समन्वय समिति कैलालीको प्रमुखमा भुललाई उमेदवार बनाउने

गोदावरी (कैलाली) । नेपाली कांग्रेसले जिल्ला समन्वय समिति कैलालीको...

कांग्रेसद्वारा प्रदेशसभा सदस्य गौचनको निधनप्रति दुःख व्यक्त

कांग्रेसद्वारा प्रदेशसभा सदस्य गौचनको निधनप्रति दुःख व्यक्त

काठमाडौं । नेपाली कांग्रेसले गण्डकी प्रदेशसभा सदस्य विमला गौचनको...

सभापति देउवाद्वारा गौचनको निधनप्रति दुःख व्यक्त

सभापति देउवाद्वारा गौचनको निधनप्रति दुःख व्यक्त

काठमाडौं । काँग्रेस सभापति शेरबहादुर देउवाले गण्डकी प्रदेश सभा...

उपनिर्वाचन : पाँच राजनीतिक दलका उमेदवार सार्वजनिक

उपनिर्वाचन : पाँच राजनीतिक दलका उमेदवार सार्वजनिक

उदयपुर । आगामी मंसिर १६ गते हुने स्थानीय तह...

प्रधानमन्त्रीको चीन भ्रमणबारे छलफल गर्न संसदीय समितिको बैठक बोलाइयो

प्रधानमन्त्रीको चीन भ्रमणबारे छलफल गर्न संसदीय समितिको बैठक बोलाइयो

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणबारे छलफल...

ज्ञानेन्द्र शाहीले बुझाए प्रधानमन्त्रीलाई १० बुँदे ज्ञापनपत्र

ज्ञानेन्द्र शाहीले बुझाए प्रधानमन्त्रीलाई १० बुँदे ज्ञापनपत्र

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक तथा...