शोकको आँधी
1.9K
shares
सुन, ऐ कालो रात! किन यति भयावह छौं तिमी?
किन तिम्रा अँध्यारा छायाहरूले हाम्रो भविष्य लुछ्न खोज्छन्?
हिजो घर छोडेर उडिसा विश्वविद्यालयमा उज्यालो खोज्न गएकी चेली,
आज कसरी अन्धकारको गर्भमा विलीन भइन?
आकाश चिच्यायो, धर्ती रोयो,
तर त्यो निर्दयी विधालयका पर्खालको कान कहिल्यै खुलेन।
न्याय माग्न खोज्दा गल हत्याएर निकालिए निरहि नेपाली, र त
शब्दहरू आँखाबाट आँसु बनेर बगे।
भविश्य बनाउने भन्दै भारत पुगेका जिन्दगीका कथाहरु।
किताबका पानामा सुनौला अक्षर कोर्ने मनहरू।
आज कालो छायाले तिनलाई चिथो–चिथो पार्यो,
स्वाभिमान, अस्मिता, सपना—सबै लुटियो।
रगतको छिटा पखाल्न खोज्दा,
पवित्र पाठशालामा आश्रय खोज्दा,
निकालिए—निर्दयी आदेशसहित ।
किन मौन छ इतिहास? किन लाचार छ न्याय?
किन ध्वस्त छ आत्मसम्मानको महाभारत ?
यो केवल घटना होइन, यो केवल पिडा होइन,
यो अस्मिता माथिको प्रहार हो,
यो हाम्रो पहिचानमाथि उठेको प्रश्न हो।
तर सम्झ, ऐ मेरो देश!
अब देश देश जस्तो बनाइ देउ।
जहाँ शिक्षा लिन परदेश गएर मर्नु नपरोस्।
समय साक्षी हुनेछ—
हाम्रो आँसु एक दिन सूर्य बनेर उदाउने छन।
वि.सं.२०८१ फागुन ११ आइतवार १४:१४