back
स्वास्थ्य मन्त्रालय

प्राकृतिक सौन्दर्य र ऐतिहासिक महत्वले भरिपूर्ण गोदावरी नगरपालिका

672 

shares

निशा ठकुरी

ललितपुर । ललितपुरको गोदावरी नगरपालिका साबिकको बज्रबाराही नगरपालिका, गोदावरी नगरपालिका, कार्यविनायक नगरपालिकाको छम्पी र डुकुछाप तथा साबिकको देवीचौर गाबिस मिलाएर बनाइएको हो ।

यस नगरपालिकाको पूर्वमा काभ्रेपलाञ्चोक जिल्ला, पश्चिममा काठमाडौंको दक्षिणकाली नगरपलिका र मकवानपुर जिल्ला, उतरमा ललितपुर महानगरपालिका पर्दछन् । समुन्द्री सतहबाट ४५७ मीटर देखि २८३१ मीटरसम्म उचाइमा रहेको यो नगरपालिका प्राकृतिक सौन्दर्य, ऐतिहासिक महत्वपूर्ण भरिपूर्ण रहेको पाइन्छ । हरियालीसँगै प्राकृतिक छटाले रणणीय यस नगरपालिकामा समशितोषण हावापानी रहेको पाइन्छ ।

१२ वर्षमा एक पटक आउने धुमधाम रुपले भक्तजनहरु उपस्थित हुने ऐतिहासिक र धार्मिक महत्व बोकेको गोदावरी मेला पनि यसै नगरपालिकामा पर्दछ ।

यस नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका नेता गजेन्द्र महर्जन निर्वाचित छन् भने उपप्रमुखमा नेपाली कांग्रेसबाटै मुना अधिकारीले जितेकी हुन् । गोदावरी नगरपालिकाका प्रमुख गोजन्द्र महर्जन र उपप्रमुख अधिकारीको यो दोस्रो कार्यकाल हो ।

महर्जन र अधिकारी दुवैले गत २०७९, वैशाख ३० गतेको स्थानीय निर्वाचनमा दोस्रो कार्यकालका लागि सानदार मतका साथ जित हासिल गरेका हुन् । दोहोरिएर चुनाव लड्नेहरु अधिकांश ठाउँमा हारिरहँदा थोरैमध्ये जित्नेमा महर्जन र अधिकारी पर्छन् । आग्रह, पूर्वाग्रहबिना जनताका जन्दबन्दा समस्या समाधान गर्ने र आफ्नो क्षेत्रको विकास निर्माणमा दत्तचित्त भएर लागि पर्ने व्यक्तिहरु नै दोहो¥याएर, चुनाव जित्न सफल हुन्छन् ।

दोस्रो पटक पनि सोही पदमा चुनाव जित्न सफल हुने व्यक्तिले उक्त ठाउँमा राम्रो काम गरेकै कारण हुनुपर्छ । त्यसमा गोदावसरी नगरपालिकाका प्रमुख, उपप्रमुखले इमानदारीपूर्वक निश्कलंकित भएर काम गरेकै कारणले दोस्रो पटक पनि चुनाव जितेका हुन् ।

त्यसैले नै उनीहरु नगरपालिका भवन बनाउन सफल भएका हुन् । त्यो पनि अत्यन्त कलात्मक ढंगले ललितपुरको पुरातात्विक र ऐतिहासिक झल्को दिने गरी नगरपालिका भवन निर्माण गरिएको छ ।

हाँको प्राकृतिक सौन्दर्यसँगै उक्त नगरपालिका भवनको स्थान र कलाकृति हेर्दा त्यहाँ पुग्ने जो कोही आनन्दित हुन्छन् । घुम्दै जाने क्रममा गोदावरी नगरपालिका भवन निर्माणको स्थान, तौरतरिका र व्यवस्थापन देख्दा त्यहाँका जनप्रतिनिधिले साच्च्किै भित्रि मनदेखि काम गरेको पाइयो ।


नियम कानुन कागजमै सीमित, लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायले न्याय कहिले पाउने ?

नियम कानुन कागजमै सीमित, लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायले न्याय कहिले पाउने ?

भनिन्छ, मानिसहरुका फरक–फरक सोचाइ र बुझाइहरु हुन्छन् । तर,...

आँखाले खिचेको चित्र मनको संग्रहालयमा

आँखाले खिचेको चित्र मनको संग्रहालयमा

कविता घाम छ आङमा दायाँ क्रिप्टोमेरि जापोनिका रूख सगैसगै...

युवा व्यवसायी तथा समाजसेवी चन्द्र कुँवर

युवा व्यवसायी तथा समाजसेवी चन्द्र कुँवर

पोखरा महानगरपालिका वडा नं. २१ कृस्तिमा जन्मिएका चन्द्र कुवँर...

जनताको सेवक बनेर काम गरेका छौं : उप-प्रमुख

जनताको सेवक बनेर काम गरेका छौं : उप-प्रमुख

वशन्ती तामाङ (डंगोल), उप–प्रमुख, दक्षिणकाली नगरपालिका, काठमाडौं समाज सेवाबाट...