back

शैलजा आचार्य स्मृति प्रतिष्ठान भवन उद्घाटन

काठमाडौं । नेपाली कांग्रेसकी नेतृ स्व शैलजा आचार्यको स्मृति प्रतिष्ठानको नवनिर्मित केन्द्रीय भवनको उद्घाटन गरिएको छ । भरतपुर महानगरपालिका–५ तोरीखेतमा निर्मित भवनको महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले आज एक कार्यक्रममा बीच उद्घाटन गरे ।

स्थानीय समाजसेवी राजेन्द्रप्रसाद अधिकारीले स्व सरस्वती अधिकारीको सम्झनामा प्रदान गरेको १० धुर जग्गामा निर्माण गरिएको भवन रु ७० लाखको लागतमा बनाइएको हो । सङ्घीय सरकारको रु ४० लाख र भरतपुर महानगरपालिकाको रु ३० लाखको लागतमा निर्माण गरिएको भवन एकतले रहेको छ । भवनमा एउटा सभाहल र दुई कोठा रहेका छन् । एउटा कोठामा सङ्ग्रहालय निर्माण गरिने छ । स्व आचार्यको अर्धकदको शालिकसमेत अनावरण गरिएको छ ।

भवन उद्घाटन गर्दै मन्त्री रेग्मीले शैलजा आचार्यको आदर्श र सिद्धान्तप्रति प्रतिवद हुन नसक्दा राजनीतिमा बिचलन आएको बताए । राजनैतिक रूपमा उहाँको आदर्श अहिले पनि महत्वपूर्ण रहेको उनले बताए । आफँै हारेर पनि देशलाई जिताउन कांग्रेस सधैँ तयार रहेको उनले बताए ।
मङ्सिर ४ गते सम्पन्न निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएको उनले बताए । “गठबन्धन कायम रहने छ”, उनले भने , “गठबन्धन लामो समय जान्छ । गठबन्धन नरहे देशमा समस्या उत्पन्न हुने देखिन्छ ।” देशलाई निकास दिन सधैँ कांग्रे्रेस अग्रसर हुनुपर्ने उनले बताए ।

वक्ताहरूले स्व आचार्यले नेपालको राजनीतिमा पु¥याएको योगदानको बारेमा चर्चा गरका थिए । कांग्रे्रेस चितवनका निवर्तमान सभापति जीतनारायण श्रेष्ठ, नेपाली कांग्रे्रेस चितवनका उपसभापति राजिव न्यौपाने, बागमती प्रदेशका नवनिर्वाचित प्रदेशसभा सदस्य उत्तम जोशी, ट्रष्टकी नवलपरासी सुस्ता पश्चिमकी कोषाध्यक्ष रम्बा कुँवर, ट्रष्टका महासचिव पूर्णप्रसाद गौडेल, भरतपुर महानगरपालिका–५ का अध्यक्ष युद्धप्रसाद श्रेष्ठ, ट्रष्टकी वरिष्ठ उपाध्यक्ष पार्वती शाह ठकुरी लगायतले बोलाएका थिए ।


मेयर बालेनविरुद्ध सुकुम्बासीको प्रदर्शन

मेयर बालेनविरुद्ध सुकुम्बासीको प्रदर्शन

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह बालेनविरुद्ध प्रदर्शन...

प्रधानमन्त्री प्रचण्ड र सभामुख घिमिरेबीच भेटवार्ता

प्रधानमन्त्री प्रचण्ड र सभामुख घिमिरेबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सभामुख देवराज...

राजनीति समाज र जनताप्रतिको सेवाभावले ओतप्रोत हुनुपर्छ : राष्ट्रपति पौडेल

राजनीति समाज र जनताप्रतिको सेवाभावले ओतप्रोत हुनुपर्छ : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले राजनीति समाज र जनताप्रतिको...

प्रचण्ड, देउवा र नेपालबीच भेटवार्ता

प्रचण्ड, देउवा र नेपालबीच भेटवार्ता

काठमाडौं । मन्त्रिपरिषद विस्तारको अन्तिम तयारीमा रहेका प्रधानमन्त्री पुष्पकमल...

उद्योग व्यवसायी सङ्घ सुर्खेतको अध्यक्षमा शाही

उद्योग व्यवसायी सङ्घ सुर्खेतको अध्यक्षमा शाही

काठमााडौं । उद्योग व्यवसायी सङ्घ सुर्खेतको अध्यक्षमा धीरेन्द्रबहादुर शाही...

नगरपालिकाद्वारा कौसी खेती प्रवद्र्धन कार्यक्रम सञ्चालनमा

नगरपालिकाद्वारा कौसी खेती प्रवद्र्धन कार्यक्रम सञ्चालनमा

काठमाडौं । बनेपा नगरपालिकाले कौसी खेती प्रवद्र्धन कार्यक्रम सञ्चालनमा...