back

समानुपातिक सांसदलाई आयोगले आज प्रमाणपत्र दिने

काठमाडौं। निर्वाचन आयोगले आइतबार समानुपातिक सांसदलाई प्रमाणपत्र दिने भएको छ। गत मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनमा विभिन्न राजनीतिक दलबाट चयन भएका समानुपातिक सांसदलाई आयोगले प्रमाणपत्र प्रदान गर्न लागेको हो।

दिउँसो साढे १ बजे लौनचौरस्थित आयोगको कार्यालयबाटै प्रमाणपत्र वितरण गर्ने कार्यक्रम रहेको सहप्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिए।

प्रतिनिधिसभामा समानुपातिकतर्फ नेकपा एमालेबाट ३४, नेपाली कांग्रेसबाट ३२, नेकपा माओवादी केन्द्रबाट १४, राष्ट्रिय स्वतन्त्र पार्टीबाट १३, राप्रपाबाट सात, जसपा पाँच र जनमतका पाँच गरी ११० समानुपातिक सांसद् छन्।

सहप्रवक्ता अर्यालका अनुसार सातवटै प्रदेशसभामा समानुपातिक प्रणालीबाट चुनिएका २२० सदस्यले पनि आइतबार प्रमाणपत्र पाउँदै छन्।


प्रधानमन्त्री प्रचण्ड र सभामुख घिमिरेबीच भेटवार्ता

प्रधानमन्त्री प्रचण्ड र सभामुख घिमिरेबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सभामुख देवराज...

राजनीति समाज र जनताप्रतिको सेवाभावले ओतप्रोत हुनुपर्छ : राष्ट्रपति पौडेल

राजनीति समाज र जनताप्रतिको सेवाभावले ओतप्रोत हुनुपर्छ : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले राजनीति समाज र जनताप्रतिको...

प्रचण्ड, देउवा र नेपालबीच भेटवार्ता

प्रचण्ड, देउवा र नेपालबीच भेटवार्ता

काठमाडौं । मन्त्रिपरिषद विस्तारको अन्तिम तयारीमा रहेका प्रधानमन्त्री पुष्पकमल...

उद्योग व्यवसायी सङ्घ सुर्खेतको अध्यक्षमा शाही

उद्योग व्यवसायी सङ्घ सुर्खेतको अध्यक्षमा शाही

काठमााडौं । उद्योग व्यवसायी सङ्घ सुर्खेतको अध्यक्षमा धीरेन्द्रबहादुर शाही...

नगरपालिकाद्वारा कौसी खेती प्रवद्र्धन कार्यक्रम सञ्चालनमा

नगरपालिकाद्वारा कौसी खेती प्रवद्र्धन कार्यक्रम सञ्चालनमा

काठमाडौं । बनेपा नगरपालिकाले कौसी खेती प्रवद्र्धन कार्यक्रम सञ्चालनमा...

बिर्तामोड नगरपालिकामा जग्गाको कित्ताकाट खुला

बिर्तामोड नगरपालिकामा जग्गाको कित्ताकाट खुला

काठमाडौं । पूर्वकै व्यापारिक केन्द्रको रुपमा स्थापित हुँदै गएको...