back
ntc
global ime bank

स्थानीय तहले जनताको विश्वास र मन जित्ने गरी काम गर्नपर्छ ः प्रधानमन्त्री देउवा

450 

shares

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तहलाई आत्मनिर्भर बनाउँदै अगाडि लैजानुपर्नेमा जोड दिएका छन् । उनले स्थानीय सरकार जनताको घर आगनको सरकार भएकोले जनताको विश्वास र मन जित्ने गरी काम गर्नुपर्ने बताएका हुन् ।

उनले नगरपालिकाहरुले आफ्नो काम कारबाही थप चुस्त, पारदर्शी, प्रविधिमैत्री बनाउँदै अगाडि बढ्न आवश्यक रहेको बताए । नेपाल नगरपालिका संघको ८ औँ राष्ट्रिय अधिवेशनको उद्घाटन समारोहलाई सोमबार सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले यस्तो बताएका हुन ।

‘हाम्रो संविधानले स्थानीय तहलाई विकास निर्माण, सेवा र पूर्वाधारको क्षेत्रमा महत्वपूर्ण अधिकार र जिम्मेवारी प्रदान गरेको छ,’ उनले भने, ‘स्थानीय सरकार जनताको घर आगनको सरकार भएकोले नगरपालिकाहरुले आफ्नो काम कारबाही थप चुस्त, पारदर्शी, प्रविधिमैत्री बनाउँदै अगाडि बढ्न आवश्यक छ ।’

प्रधानमन्त्री देउवाले जनताको अपेक्षा र आवश्यकतालाई उचित सम्बोधन हुने गरी स्थानीय स्रोत साधनको समुचित परिचालन गर्दै स्थानीय जनप्रतिनिधिले जनताप्रतिको आफ्नो दायित्व, जवाफदेहीतालाई कुशलताका साथ निर्वाह गर्न सक्नु पर्ने बताए ।

उनले स्थानीय तहलाई क्रमशः आत्मनिर्भर संस्थाको रुपमा विकास गर्दै लैजानु पर्नेमा जोड दिए । ‘स्थानीय तहको सम्भाव्य, स्रोतको पहिचान, उचित परिचालन गरी स्थानीय तहलाई क्रमशः आत्मनिर्भर संस्थाको रुपमा विकास गर्दै लैजानु पर्छ,’ उनले भने, ‘स्थानीय सरकारले गरेका काम र प्रदान गरेका सेवाको आधारमा जनताले सरकारप्रतिको धारणा निर्माण गर्ने हो । नगरपालिकाहरुले जनताको विश्वास र मन जित्ने गरी काम गर्न सक्नुपर्छ । जनताको काम छिटोछरितो ढंगले बिना मोलमोलाइजा सम्पन्न गरी आम नागरिकमा सुशासनको प्रत्याभूति गराउन सबै नगरपालिका प्रतिबद्ध हुन आवश्यक छ ।’

प्रधानमन्त्री देउवाले जनताले लिने सेवा बिना झन्झटिलो बनाउन पनि आग्रह गरे । उनले भने, ‘म सबै नगरपालिकाका पदाधिकारीहरुलाई जनताले लिने सेवा बिना झन्झट प्राप्त गर्ने प्रबन्ध मिलाउन आग्रह गर्दछु ।’

सम्बोधनको क्रममा उनले सबै नगरपालिकाहरु अव्यवस्थित सहरीकरणबाट गुज्रिरहेको बताएँदै दीगो र वातावरणमैत्री विकासको अवधारणाबाट अघि बढ्न सुझाव दिए ।

‘आज मुलुकको अधिकांश नगरपालिकाहरु अव्यवस्थित सहरीकरणबाट गुज्रिरहेका छन् । यसले एकातिर नगरको प्रकृति र सौन्दर्यमा आघात पुगिरहेको छ भने अर्कोतर्फ हाम्रा सहरहरु दिनानुदिन असुरिक्षित र अस्वच्छ आवास क्षेत्रको रुपमा परिणत भइरहेका छन्,’ उनले भने, ‘काठमाडौंलगायत सबै नगरहरुलाई दीगो र वातावरणमैत्री विकासको अवधारणाबाट अघि बढ्नु पर्ने आवश्यकता छ । तसर्थ म सबै प्रतिनिधिहरुलाई वातावरणमैत्री सहरको अवधारणाअनुसार दीगो विकासको मोडेल अवलम्बन गर्न सुझाव दिन चाहन्छु ।’

प्रधानमन्त्री देउवाले सहरहरुलाई आर्थिक विकासको हबको रुपमा समेत विकास गर्न सहयोगी भूमिका निर्वाह गर्न नगरपालिका संघलाई आग्रह गरे ।


नेपाल लाइफ इन्स्योरेन्सको २५औं वार्षिक साधारण सभा माघ २८ गते

नेपाल लाइफ इन्स्योरेन्सको २५औं वार्षिक साधारण सभा माघ २८ गते

काठमाडौँ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको २५औं वार्षिक...

सुनको मूल्य बढ्यो, कतिमा हुदैँछ कारोबार ?

सुनको मूल्य बढ्यो, कतिमा हुदैँछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य बढेको छ ।...

प्रधानमन्त्री ओलीले बोलाए उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक

प्रधानमन्त्री ओलीले बोलाए उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले उच्चस्तरीय राजनीतिक संयन्त्रको...

सरकार र निजी क्षेत्रको सहकार्यले मात्र आईटी हबको लक्ष्य हासिल गर्न सकिन्छ : ढकाल

सरकार र निजी क्षेत्रको सहकार्यले मात्र आईटी हबको लक्ष्य हासिल गर्न सकिन्छ : ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद...

शेरा दरबारमा मेरो नाम जोडिन्छ भने मबाटै छानबिन गर्नुस् : प्रचण्ड

शेरा दरबारमा मेरो नाम जोडिन्छ भने मबाटै छानबिन गर्नुस् : प्रचण्ड

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले...

सामाजिक सञ्जाल नियमनका नाममा प्रेस स्वतन्त्रतालाई पनि नियन्त्रण गर्न खोजियो : प्रचण्ड

सामाजिक सञ्जाल नियमनका नाममा प्रेस स्वतन्त्रतालाई पनि नियन्त्रण गर्न खोजियो : प्रचण्ड

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले...