back

सिट बाँडफाँड सम्बन्धी कार्यदलको बैठकको निष्कर्ष, संयोजकमा कृष्ण प्रसाद सिटौला चयन

काठमाडौं । सत्तारुढ दलको सिट बाडफाँड सम्बन्धी गठित कार्यदलको पहिलो बैठक सकिएको छ । आउँदो प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि सिट बाँडफाँडको खाका तयार पार्न गठित कार्यदलको पहिलो बैठक सोमबार दिउँसो ३ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको थियो । बैठकले कार्यदलको संयोजकमा कांग्रेस नेता कृष्ण प्रसाद सिटौलालाई तोकेको छ ।

बैठकमा सिटबाँडफाँडबारे सामान्य छलफल भएको छ । स्थानीय तहमा जस्तै पहिले जितेका क्षेत्रमा सोही पार्टीले लिने निर्णय गरिएको एक नेताले बताए ।

कांग्रेसले जितेको क्षेत्र कांग्रेसले नै लिने, माओवादीले पहिला जितेको माओवादीले नै लिने, नेकपा एस र जसपाको हकमा पनि यही नियम लागु हुनेछ । एमालेले जितेको क्षेत्र भने बाँड्ने सहमति भएको छ, स्रोतले भन्यो ।

एमालेले जितेको बाँडफाँड गर्दा सबैभन्दा धेरै कांग्रेसले लिने, यसो हुँदा कांग्रेस जम्माजम्मी ७० देखि ८० भित्र सिमित रहनुपर्ने निर्णय गरिएको छ । तर, कांग्रेस भने आफू ८० देखि ९० सिट पाउनुपर्नेमा अडिग रहेको छ ।


मेयर बालेनविरुद्ध सुकुम्बासीको प्रदर्शन

मेयर बालेनविरुद्ध सुकुम्बासीको प्रदर्शन

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह बालेनविरुद्ध प्रदर्शन...

प्रधानमन्त्री प्रचण्ड र सभामुख घिमिरेबीच भेटवार्ता

प्रधानमन्त्री प्रचण्ड र सभामुख घिमिरेबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सभामुख देवराज...

राजनीति समाज र जनताप्रतिको सेवाभावले ओतप्रोत हुनुपर्छ : राष्ट्रपति पौडेल

राजनीति समाज र जनताप्रतिको सेवाभावले ओतप्रोत हुनुपर्छ : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले राजनीति समाज र जनताप्रतिको...

प्रचण्ड, देउवा र नेपालबीच भेटवार्ता

प्रचण्ड, देउवा र नेपालबीच भेटवार्ता

काठमाडौं । मन्त्रिपरिषद विस्तारको अन्तिम तयारीमा रहेका प्रधानमन्त्री पुष्पकमल...

उद्योग व्यवसायी सङ्घ सुर्खेतको अध्यक्षमा शाही

उद्योग व्यवसायी सङ्घ सुर्खेतको अध्यक्षमा शाही

काठमााडौं । उद्योग व्यवसायी सङ्घ सुर्खेतको अध्यक्षमा धीरेन्द्रबहादुर शाही...

नगरपालिकाद्वारा कौसी खेती प्रवद्र्धन कार्यक्रम सञ्चालनमा

नगरपालिकाद्वारा कौसी खेती प्रवद्र्धन कार्यक्रम सञ्चालनमा

काठमाडौं । बनेपा नगरपालिकाले कौसी खेती प्रवद्र्धन कार्यक्रम सञ्चालनमा...