back
chandagiri nagarpalika

रविले भने –‘सहकारी ठग्ने त्यो रवि म होइन’, इन्कारी बयानबाट सवैले उन्मुक्ति पाउने खतरा, चौधलाख पीडितको चासो

816 

shares

केदार सवेदी

संसदीय छानविन समितिमा रास्वपाका सभापति, पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले दिएका बयानलाई आधार मान्ने हो भने र त्यस्तै नजिर बन्यो भने उनीमात्र होइन सहकारी ठगीको आरोप लागेका सबैले उन्मुक्ति पाउने छन । सहकारी ठगीबाट पीडित भएकाहरुको सँख्या १४ लाख छ । नजिरले तिनका चासोमापानी फेरिने छ ।

समितिमा बयान दिएका रवि सहितका करिव ५० को हाराहारीका ठगीसंग जोडिएका सबैले पुराका पुरा इन्कारी बयान दिएका छन । ती जेलमा हुन कि बाहिर वा फरार । उनीहरुले हाल फरार रहेकाहरुमाथि दोष लगाएर आफुलाई निर्दोष देखाउन खोजे ।

फरारमध्ये पक्राउ परे भने तिनले कसलाई देखाउलान भन्ने त छँदैछ । यता संसदीय छानविनसमितिको ठहर भने आइसकेको छैन सबै भन्दा लामो र अन्तिम बयानकर्ता थिए रवि । राज्यको यतिठूलो पदाधिकारी माथि सर्वसाधारण नागरिकको रकम ठगेको भनेर यस्तो केरकार गर्नुपर्ने अवस्था पनि आफैमा एउटा गम्भीर विषय हुनुपर्छ । समान प्रकृतिका यस्तै ठगी वापत कतिपय जेलमा र कतिपय भने फरार छन ।

तर रविलाई भने गृहमन्त्री बनाइयो र सारा राज्यशक्ति प्रयोग गरेर जोगाइयो भन्ने आरोपलाई उनको इन्कारी बयानले खण्डन गर्न सकेको देखिएन । बरु सहकारी ठगीमा परेका लाखौंको सँख्याले बयानमा इन्कारी भन्दा तथ्यगत विवरणहरुअनुसार हुनुपर्ने माँग भैरहेको पाइयो । यो बयानपछि लगत्तै भोलिपल्ट रविको आफनै निर्वाचनक्षेत्रका पीडितहरुसमेतको प्रतिनिधित्व भएको टोलीले प्रधानमन्त्रीसंग भेटेर ज्ञापनपत्र दिँदै खवरदारी गरेका थिए । रविको बयानमा परेका भनी जतिकुरा बाहिर आए त्यसले पीडितहरुमा शंका खडागरेको हुनुपर्छ ।

रास्वपाका समेत सदस्यत रहेको संसदीय समितिमा त्यसदिन अपरान्ह ४ देखिर राती १ बजेसम्म उनको बयान चलिरह्यो । यो पुछतासमा सबैभन्दाबढी प्रश्न उनै माथि आयो ।। उनले यसअघि संसद लगायतका ठाउ र निकायमा दावीगर्दै कुराले समितिमा पनि यतिधेरै प्रश्नहरु खडा गरेको हुनुपर्छ । त्यसदिन यो समितिले रविसंग ५१ वटा मूल र अरु पुरक प्रश्न सोधेको थियो । ती प्रश्नहरु उनले दिएका उत्तरबाट उव्जिएका थिए ।

त्यसमा उनको नामबाट उनले प्रवन्ध निर्देशक भएर कामगरेको सस्था सहकारीको रकम आएको सन्दर्भमा नै सोधिएको प्रशनमा नै उनले ‘त्यो रवि म होइन’ भनेका हुन ।सहायक प्रश्नहरुको पनि उनले इन्कारी जवाफ नै दिएका वताइएको छ । यी सबै प्रश्नमा उनको लगभग एउटै जवाफ रह्यो – ‘मलाई थाह भएन । योकाम मेरोजिम्मेवारी भित्रको होइन’ आदिआदि । समितिका सदस्यले यो बयानका बारे वताए अनुसार जुनठाउँमा तथ्यहरुले उनको संलग्नता देखियो त्यो ठाउँमा उनले मूकुराउँदै भने –

‘त्यो रवि लामिछाने म रवि लामिछाने होइन ।’
समितिका सदस्यका अनुसारनै उनको अर्कोपनि त्यस्तै बनिबनाइ उत्तर आयो जो पत्याइँदो थिएन । आफु सहकारी ठगीमा कतै संलग्न नरहेको भनेर दावी गरिहँदा समितिका सदस्यहरुले उनको तीनपुस्ते खुल्ने तथा हस्ताक्षर र ल्याप्चे रहेको कागजपत्र देखाइँदा उनको उत्तर आयो –
‘यो सरकारी अड्डामा कागजपत्र मिलाउनका लागि मात्रै हो, पैसाको लेनदेन भएको छैन ।’

सरकारी कार्यालयमा यस प्रकारले कागजपत्र मिलाउन मिल्छ ? भन्ने पुरक प्रश्नमा उनले दिएको जवाफ झनै आपत्तिको हुनुपर्छ । उनको भनाइ थियो –
‘मिलाउन यसै गर्ने चलन रहेछ । मैले पनि त्यसै गरेको हो । यसमा काजपत्र र आफनो हस्ताक्षर ल्याप्चेबाहेक अरु केही लेनदेन भएको छैन ।’

चौधलाखका चासो
उनले समितिमा यस्तो बयान दिइरहेका दिनमा यता सहकारी ठगीमा परेकाहरुको सख्या समितिमा आइसहेको थियो जसमा विभिन्न सहकारीको बचत अपचलन, ऋण दुरुपयोग गरेको आरोपमा करिब १६ सय मानिसहरु विभिन्न जिल्लामा मुद्दा–मामिलामा परेका, तीमध्ये १३ जना फरार रहेका र साढे २०० जति थुनामा थिए । यो बेला सहकारीको बचत अपचलन सम्बन्धी मुद्दा अदालत लैजाने क्रम झनै तिव्ररुपले बढ्दो अवस्थामा थियो ।

देशमा सहकारीका सस्थाहरुको सख्या ३५ हजारको हाराहारीमा छ । यसमा करिव ८० लाख सदस्य अर्थात वचतकर्ता छन । यी सबैमा कmुल रकमको अंक करिव १० खर्व रहेको विवरणहरुले वताउछन । यी मध्येबाट नै अपचलन भएको रकमको अंक तीन खर्व खर्व भन्दा माथि रहेको आँकलन आएको हो ।

। सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान महासंघलाई मुलुकभरका तीन सय ५० वटा सहकारीका १४ लाख मानिसहरूले समर्थन गर्दै यसअघिदेखि आन्दोलनमा सहभागिता जनाउँदै आएका अवस्था छ् । महासंघका अनुसार यी पीडितहरूले सहकारीहरूबाट कुल दुई खर्ब ५० अर्ब बराबरको रकम प्राप्त गर्न बाँकी छ । यो रकम अपचलन भएर नै गएको हो ।

समितिले यस्तो छानविन गरिरहँदा अपचलनकर्ताहरुको भनाइ र गराइलाई मुलुकभरका तीन सय ५० वटा सहकारीका कम्तीमा १४ लाखको संख्याले त नजिकैबाट नियाली रहेकै छन भन्ने यो विवरण नै वताउछ ।

केही दिन अघिमात्रै रकम अभावमा एक सहकारी पीडितको मृत्यु भएको भन्दै पीडितहरूले शवसहित ¥याली निकाले । ‘मृतक पीडित ८० वर्षीय राजेन्द्र स्थापितलाई ब्रेन ह्यामरेज भएको थियो,’ महासंघका अध्यक्ष भने, ‘हामीले उनले रकम राखेको सहकारीका अध्यक्ष र डाक्टरलाई राखेर कुराकानी पनि गरेका थियौं, अध्यक्षले पैसा दिने कबुलेका पनि थिए ।’ पाँच लाख रूपैयाँ नहुँदा स्थापितको उपचार नै नभई मृत्यु भएको दाबी संघले गरेको छ । संघका अनुसार चार दिनसम्म उनको उपचार भएको थिएन । त्यही क्रममका स्थापितको मृत्यु भयो ।

स्थापितले युवा विकास बहुउद्देश्यीय सहकारी संस्थामा राखेको एक करोड ३६ लाख रूपैयाँ फिर्ता पाउन नसकेको महासंघले उल्लेख गरेको छ । यो क्रममा यस्तै आफनो वचत फिता नपाएर उपचारका अभावमा अरु चारजनाको मृत्य भैसकेको वताइएको छ ।

रवि लामिछने जोडिएका सहकारीमा नै पीडितहरको सख्या ६० हजारभन्दा माथि छ । उनी प्रवन्ध निर्देशक भएर उनको कम्पनीमा आएको रकमको अंक पनि एक अर्वको छ । त्यसमध्ये उनले त्यसरी अपचलन गरेर आफनो नाममा ल्याएको र आफु प्रवन्ध निर्देशक भएको कम्पनीको १५ प्रतिशत शेयर खरिद यही रकमबाट भएको देखिएको छ ।

उनले आफु यो कम्पनीको आर्थिक कारोवारकर्ता होइन भन्ने भन्ने तर्क दिइरहेका छन । कतिसम्म भने आफुले खरिदगरको शेयरको रकम पनि कहाँबाट आयो भन्ने आफुलाई थाहा नभएको भन्ने उनको बयानमा उल्लेख भएको छ ।

तर तर शेयर खरिद भएको रकमको स्रोत भनेर उनले आाफैले श्रृण र सरसापटी भनेर खुलाएका छन । अर्को, कम्पनीको आयव्ययको विवरण रजिस्टाको कार्यालयमा बुझाउँदा उनको हस्ताक्षरबाट करिव ५० करोड श्रण दायित्व रहेको विवरण देखाइएको छ ।

प्रश्नमै प्रमाण
अवस्था कस्तो देखियो भने सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिमा गोर्खा मिडिया नेटवर्क प्रालिका पूर्वप्रबन्ध निर्देशकको हैसियतमा त्यसकै सेरोफेरोमा रहेर प्रश्न सोधिएको थियो । जसमा यो ठगीको प्रमाण आफै निहित थिए ।

। त्यसदिन पूर्व गृहमन्त्री समेत रहेका यी रविसंग सोधिएका प्रश्नहरुमा नियालेर हेरियो भने सहकारी ठगीको यो प्रकरण्काा कतिपय पमाण यहीँ देखिन्छन । समितिका तर्फबाट त्यस दिन यी पूर्व गृहमन्त्रीसंग ५१ वटा लिखित प्रशन सोधिएका थिए । ती मध्येका केही –

५.तपाईंले सहकारी संस्थामा आबद्ध छैन भन्नुभयो, तर सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेड पोखराको मेम्बर आईडी नं. ००१–०८७१५६ र सुप्रिम बचत तथा ऋण सहकारी संस्था लिमिटेड, बुटवलको मेम्बर आईडी नं. ००१–०५८५०६ मा तपाईंको नामसहितको केवाईएम (नो योअर मेम्बर) रहेको देखिन्छ । के हो ?  ।

६. तपाईं गोर्खा मिडिया नेटवर्क प्रालिमा के–कुन मितिदेखि के–कुन मितिसम्म के–कुन भूमिका र जिम्मेवारीमा रहनुभएको थियो ? खुलाइदिनुहोस् ।
७. ०७७।१२।२५ देखि २०७९।३।१ सम्म तपाईं प्रबन्ध निर्देशक हुँदा कार्यालयको के–कुन प्रशासनिक काममा संलग्न रहने गर्नुभएको थियो ?

९. गीतेन्द्रबाबु राईसँग तपाईंको के–कसरी चिनजान भएको हो ? व्यावसायिक साझेदारीमा के–कसरी प्रवेश गर्नुभयो ?

१०. सहकारी संस्थाका सदस्यबाहेक व्यक्तिको बचत जम्मा गर्न वा त्यस्ता व्यक्तिलाई ऋण वा कर्जा प्रवाह गर्न वा ऋण वा कर्जा लिन पाइन्छ, पाइँदैन ?

११. सहकारी समस्यामा परेपछि प्रदेश सहकारी दर्ता अधिकारीको कार्यालयबाट गराइएको लेखा परीक्षणअनुसार सुप्रिम बचत तथा ऋण सहकारी संस्था लिमिटेड बुटवलमा मिति २०७७।१२।१८ मा तपाईंका नाममा २ करोडको ऋण खडा गरी गोर्खा मिडिया नेटवर्क प्रालिको नाममा ग्लोबल आईएमई बैंकमा भएको खातामा सोही मिति (३१ मार्च २०२१) मा उक्त रकममध्ये १ करोड ९६ लाख रकम जम्मा भएको देखिन्छ, उक्त व्यहोरा के–कसो के हो ? यसरी व्यक्तिको नाममा लिएको ऋण कम्पनीमा पठाउन मिल्छ ?

१२. तपाईंले मिति २०७७।१२।१८ मै गोर्खा मिडिया नेटवर्क प्रालिको १,८०,००० कित्ता सेयर लिएको देखिन्छ । उक्त रकम सोही प्रयोजनका लागि लिनुभएको त होइन ?

१३. तपाईंले गोर्खा मिडिया नेटवर्क प्रालिमा मिति २०७७।१२।१८ मा रु. १ करोड ८० लाखको सेयर लगानी गर्नुभएको देखिन्छ । उक्त सेयर रकम कम्पनीलाई कसरी के–कुन माध्यमबाट के–कुन स्वरूपमा चुक्ता गर्नुभएको थियो ?

१४. सुप्रिम बचत तथा ऋण सहकारी संस्था लिमिटेड बुटवलमा मिति २०७८।०३।२२ मा कुमार रम्तेलको नाममा १ करोड ९० लाखको ऋण खडा गरी गोर्खा मिडिया नेटवर्क प्रालिको नाममा ग्लोबल आईएमई बैंकमा भएको खातामा १ करोड ३ लाख ३६ हजार जम्मा गरी बाँकी रकम तपाईंको नाममा रहेको ऋण शीर्षक १०५–२२४ मा ७,००,०००।– र अन्य पुराना ऋणहरू कुमार रम्तेल १०५–५० मा ५९,९३,४२०।–, छविलाल जोशी १०५–२११ मा १५,८०,०००।– जम्मा गरी उक्त ऋणहरू फस्र्योट देखाई निज कुमार रम्तेलकै नाममा ऋण कायम गरेको देखिन्छ, यस्तो किन गरिएको हो ?

१५. सुप्रिम बचत तथा ऋण सहकारी संस्था लिमिटेड बुटवलमा भूपेन्द्रबाबु राईको नाममा ऋण खडा गरी गोर्खा मिडिया नेटवर्क प्रालिको नाममा सिद्धार्थ बैंकमा भएको खातामा मिति २०७७।०६।११ मा १ करोड, गोर्खा मिडिया नेटवर्क प्रालिकै ग्लोबल आईएमई बैंकमा भएको खातामा मिति २०७८।०१।०५ मा १ करोड, २०७८।०१।०९ मा ३० लाख र मिति २०७८।०३।०४ मा १ करोड गरी जम्मा ३ करोड ३० लाख जम्मा भएको देखिन्छ, उक्त व्यहोरा के–कसो हो ? यसरी व्यक्तिको नाममा ऋण खडा गरी कम्पनीमा रकम पठाउन मिल्छ ? उक्त रकम गोर्खा मिडिया नेटवर्क प्रालिमा के–कुन आधारमा के–कुन प्रयोजनका लागि लिनुभएको थियो ?

२१. सहकारी समस्यामा परेपछि पोखरा महानगरपालिकाबाट भएको छानबिन प्रतिवेदनको वित्तीय विश्लेषणअनुसार सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेड, पोखरामा मिति २०७७।१२।३० मा गोर्खा मिडिया नेटवर्क प्रालिको नाममा सूर्यदर्शन व्यावसायिक कर्जा शीर्षकमा १ करोडको ऋण कर्जा स्वीकृत गरी रु.९७ लाख ९५ हजार ग्लोबल आईएमई बैंकको एकाउन्टपेयी चेक नं. ३६२९१४७८ मार्फत भुक्तानी दिइएको देखिन्छ । उक्त रकम गोर्खा मिडिया नेटवर्क प्रालिमा के–कुन आधारमा के–कुन प्रयोजनका लागि लिनुभएको थियो ? सहकारी संस्थाबाट निजी कम्पनीले त्यसरी कर्जा लिन मिल्छ ?

२६. उपरोक्त पेस्की रकम मिति २०७८।०३।३१ मा तपाईंको नाममा सूर्यदर्शन व्यावसायिक कर्जा शीर्षकमा कर्जा नं ११६–४४५६ मा रकमान्तर गरी कर्जा खडा गरी पेस्की सेटल गरेको देखिन्छ । तपाईं सहकारीको सेयर सदस्य नै नभएको व्यक्तिले उक्त कर्जा कसरी लिनुभयो ? उक्त कर्जाका लागि के–कुन धितो दिनुभएको थियो ?

 

 

 


उपराष्ट्रपति यादव कतारको राष्ट्रिय दिवसमा सहभागी

उपराष्ट्रपति यादव कतारको राष्ट्रिय दिवसमा सहभागी

काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादव मित्रराष्ट्र कतारको राष्ट्रिय दिवसको...

प्रमुख सूचना आयुक्त लिए प्रधानमन्त्रीसमक्ष शपथ

प्रमुख सूचना आयुक्त लिए प्रधानमन्त्रीसमक्ष शपथ

काठमाडौं । राष्ट्रिय सूचना आयोगका नवनियुक्त प्रमुख आयुक्त सुरेशप्रसाद...

मानवअधिकार रक्षा गर्न सरकार सधैँ संवेदनशील हुनुपर्छ : सभामुख घिमिरे

मानवअधिकार रक्षा गर्न सरकार सधैँ संवेदनशील हुनुपर्छ : सभामुख घिमिरे

काठमाडौं । सभामुख देवराज घिमिरेले मानवअधिकारको रक्षाका निम्ति सदन...

एमाले सचिवालय बैठक बस्दै

एमाले सचिवालय बैठक बस्दै

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को केन्द्रीय सचिवालय बैठक...

माओवादीको ध्यान जनताका विकासका चाहना पूरा गर्नतर्फ केन्द्रित छ : प्रचण्ड

माओवादीको ध्यान जनताका विकासका चाहना पूरा गर्नतर्फ केन्द्रित छ : प्रचण्ड

चितवन । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले...

रवि लामिछानेमाथि अमानवीय व्यवहार गरियो : सांसद शर्मा

रवि लामिछानेमाथि अमानवीय व्यवहार गरियो : सांसद शर्मा

काठमाडौं । नेपाली कांग्रेसका सांसद सुनिल शर्माले रवि लामिछानेलाई...