back

प्रधानमन्त्री प्रचण्ड र देउवाबीच भेटवार्ता

काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्‍डबीच भेटबार्ता भएको छ । आज बिहान प्रधानमन्त्री प्रचण्डलाई भेट्न सभापति देउवा बालुवाटार पुगेका हुन्।

बालुवाटार स्रोतका अनुसार यी दुई शिर्ष नेताहरुबीच भएको भेटमा राष्ट्रपति निर्वाचनको बारेमा छलफल भएको छ। सो भेटबार्तामा कांग्रेसबाट राष्ट्रपतिको उम्मेदवार बन्ने संभावित व्यक्तिको बारेमा छलफल भएको छ । आगामी राष्टपतिका लागि नेपाली कांग्रेसले वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौलाको नाम छनोट सुचिमा परेकाले अहिले उनीहरुको चर्चा चलेको छ ।

सभापति देउवासहितका कांग्रेसका नेताहरूले राष्ट्रपति चयनका विषयमा बुधबार विहान प्रचण्डसंगको भेटमा कुराकानी गरेका थिए ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री प्रचण्डसँगको भेटमा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई राष्ट्रपति बनाउन प्रस्ताव गरेपनि अब यो संभव नहुने देखिएको छ ।

प्रधानमन्त्री प्रचण्ड र सभापति देउवाले निर्वाचनअघिको पाँच दलीय गठबन्धनलाई नै नयाँ जिवन दिने विषयमा छलफलमा व्यस्त छन् ।

पुस ११ गते प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति एमालेलाई दिने सहमति गरेपनि सरकारलाई कांग्रेसले समर्थन दिएकाले राष्ट्रपति कांग्रेसबाट बनाउनुपर्ने
अडान प्रधानमन्त्री प्रचण्डको रहेको छ ।


मेयर बालेनविरुद्ध सुकुम्बासीको प्रदर्शन

मेयर बालेनविरुद्ध सुकुम्बासीको प्रदर्शन

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह बालेनविरुद्ध प्रदर्शन...

प्रधानमन्त्री प्रचण्ड र सभामुख घिमिरेबीच भेटवार्ता

प्रधानमन्त्री प्रचण्ड र सभामुख घिमिरेबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सभामुख देवराज...

राजनीति समाज र जनताप्रतिको सेवाभावले ओतप्रोत हुनुपर्छ : राष्ट्रपति पौडेल

राजनीति समाज र जनताप्रतिको सेवाभावले ओतप्रोत हुनुपर्छ : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले राजनीति समाज र जनताप्रतिको...

प्रचण्ड, देउवा र नेपालबीच भेटवार्ता

प्रचण्ड, देउवा र नेपालबीच भेटवार्ता

काठमाडौं । मन्त्रिपरिषद विस्तारको अन्तिम तयारीमा रहेका प्रधानमन्त्री पुष्पकमल...

उद्योग व्यवसायी सङ्घ सुर्खेतको अध्यक्षमा शाही

उद्योग व्यवसायी सङ्घ सुर्खेतको अध्यक्षमा शाही

काठमााडौं । उद्योग व्यवसायी सङ्घ सुर्खेतको अध्यक्षमा धीरेन्द्रबहादुर शाही...

नगरपालिकाद्वारा कौसी खेती प्रवद्र्धन कार्यक्रम सञ्चालनमा

नगरपालिकाद्वारा कौसी खेती प्रवद्र्धन कार्यक्रम सञ्चालनमा

काठमाडौं । बनेपा नगरपालिकाले कौसी खेती प्रवद्र्धन कार्यक्रम सञ्चालनमा...