back
health 2
aids

अहिलेको महिला राजनीतिले आन्दोलन र उपलब्धीलाई गिज्याइरहेको छ

4.3K 

shares

इन्दिरा निरौला
नेपालको राजनीतिक इतिहासमा योगमाया न्यौपान एक आइडल महिलाका रुपमा चिनिन्छिन् । समग्रमा समाज–मुक्ति आन्दोलनकी अग्रणी हुन् योगमाया । उनी जस्तै मंगलादेवी सिंह, द्वारिकादेवी ठकुरानी, सैलजा आचार्य जस्ता कयौं महिलाहरुले नेपाली राजनीतिमा ठूलो योगदान पु¥याएको उदाहरण छर्लङ्गै छ । विश्वका धेरै मुलुकमा महिलाको मताधिकारको संघर्ष र आन्दोलनको इतिहास लामो छ । नेपालको सन्दर्भमा भन्नुपर्दा महिलाले आफ्नो मताधिकार प्राप्त गर्न त्यति लामो संघर्ष गर्नुपरेन ।

‘नेपाल महिला सङ्घ’ पहिलो राजनीतिक सङ्गठन हो । नेपाल महिला संघकी संस्थापक अध्यक्ष मङ्गलादेवी सिंह हुन् । महिला संघले २००४ सालमा राणा प्रधानमन्त्रीसँग समान मताधिकारको माग राखेको थियो । २००७ सालमा प्रजातन्त्र आएसँगै २०१० सालमा नेपाली महिलाले मताधिकार पाए । त्यसपछि राजनीतिमा महिलाको उपस्थिति प्रत्यक्ष रुपमा देखियो । त्यसको केही वर्षमै २०१५ सालमा सदनमा महिला पुगे । पहिलो संसदीय निर्वाचनबाट निर्वाचित हुँदै द्वारिकादेवी ठकुरानी नेपालको पहिलो महिला सांसद र मन्त्री बनिन् ।

योगमाया, मंगलादेवी र द्वारिकादेवी ठकुरानी, सैलजा आचार्य जस्ता महिलाको योगदान नेपाली राजनीतिमा अनुकरणीय छन् । राणाशासन कालमा यी महिलाको योगदान त झनै अतुलनीय थियो । तर, पछिल्ला पुस्ताका महिलाले भने योगमाया, मंगलादेवी, द्वारादेवी र सैलजा जस्ता उदाहरणीय महिलाहरुको अनुसरण गर्न सकेका छैनन् भन्दा फरक पर्दैन । पहिला राजनीति गर्ने महिलाहरुसँग तुलना नै गर्ने हो भने पनि आकास पातालको फरक छ ।

उनीहरुको योगदानलाई अहिलेको महिला राजनीतिले गिज्याइरहेको छ । राणाशासनको अन्त्यपछि नेपालमा पनि थुप्रै परिवर्तनहरु आए । महिलाले धेरै संघर्षपछि आफ्नो अधिकार स्थापित गर्न सफल भएका छन् । नेपालमा पटकपटकको राजनीतिक परिवर्तनले महिला सहभागिता र सचेतना बढाउँदै लगेको पनि छ । तर, निर्णायक तहमा भने संविधानले दिएको अधिकारको तुलनामा ज्यादै न्यून देखिन्छ । राजनीतिमा सहभागि महिलाहरुको पनि गुणात्मक भन्दा संख्यात्मक सहभागिता देखिन्छ ।

२०६२÷६३ को जनआन्दोलनपछि समानुपातिक निर्वाचन प्रणालीले धेरै महिला राजनीतिमा सक्रिय भए । सभासददेखि राष्ट्रको गरिमामय पदसम्ममा पुग्न महिलाहरु सफल भए । इतिहासमै पहिलोपटक नेपालले राष्ट्रपति, सभामुख र प्रधानन्यायाधीशको रूपमा महिलालाई पायो । संसमा न्यूनतम ३३ प्रतिशतको हाराहारीमा महिला सहभागिता पु¥याउने प्रयत्न पनि गरियो । तर, त्यसको गुणात्मक उपस्थितिमा भने त्यति जोड दिइएन ।

अहिले पनि निर्णाय प्रक्रियामा पुरुष नै हावी छन् । महिलाले नेतृत्व गरेका कतिपय ठाउँ वा पदमा पनि पुरुषको सहभागिता र निर्णयमा चलेको देखिन्छ । दलहरूले क्षमतावान् महिलालाई भन्दा आफ्ना नजिकका नातेदार वा राजनीतिमा कुनै दख्खल नभएका र नीतिनिर्माणमा खासै भूमिका खेल्न नसक्ने महिलालाई नेतृत्व तहमा पठाएको छन् । जसले गर्दा नेपाली राजनीतिमा महिलाहरुको संख्यात्मक गिरोहका रुपमा विकास भैरहेको स्पष्टै देख्न सकिन्छ ।

केहीबाहेक अहिले क्षमता भन्दा पनि पहुँचको आधारमा महिलाहरुले अवसर पाएका उदाहरण थुप्रै छन् । राजनीतिमा छिर्नकै लागि पनि कतिपय महिलाहरुले विभिन्न बहानामा आफ्नो पहुँच प्रदर्शन गर्ने गरेका छन् ।

जसका कारण राजनीतिले महिला सहभागितामा संख्यात्मक बृद्धि भइरहेको कुरालाई नकार्न सकिँदैन । क्षमता अभिबृद्धिबाटै नेतृत्वमा पुग्ने महिलाको संख्यामा कमि आउनु भनेको नेपाली राजनीतिमा दुखद् पक्ष हो । व्यक्तिगत पहुँचका आधारमा विभिन्न पद ओगट्नु भनेको राजनीतिक भविष्य अन्धकारतिर धकेल्नु जस्तै हो ।

व्यक्तिगत पहुँचका आधारमा नेतृत्वमा पुगिन्छ भन्ने अहिलेको सोचले आफूमा भएको क्षमता नचिन्नु एउटा गलत प्रबृत्ति विकास त भएकै छ त्यसमा पनि ठूलो असर त क्षमतावान महिला पछि परिरहेका छन् । जो आफूलाई पहुँचकै आधारमा नेतृत्व गर्न चाँहदैनन् । पछिल्लो नेपाली राजनीतिको गतिले इतिहासमा भएका महिला आन्दोलन र स्थापित भएका अधिकारलाई गिज्याइरहेको मेरो अनुभूति छ ।

व्यक्तिगत पहुँच, भनसुन, नातेदार आदि कारणले क्षमतावान महिला पछि परेका छन् । उनीमा पहुँचकै आधारमा माथिल्लो तहमा पुग्ने प्रवृत्तिको विकास भइरहेको छ । यसले भालि नेपाली राजनीति र त्यसमा महिलाको भूमिकामा प्रश्नचिन्ह खडा हुने निश्चित छ ।

यो प्रवित्तिलाई नेतृत्व तहमा हुनेहरु र सम्बन्धित पक्षले ध्यान नदिए राजनीतिमा महिला सहभागिता गुणात्मक नभई संख्यात्मकमा मात्रै सीमित नहोला भन्न सकिन्न । (लेखक नेपाली कांग्रेसकी महासमिति सदस्य हुन्)


आरजु देउवाको प्रश्न : दुग्ध किसानले भुक्तानी कहिले पाउँछन् ?

आरजु देउवाको प्रश्न : दुग्ध किसानले भुक्तानी कहिले पाउँछन् ?

काठमाडौं । संसद्को कृषि, प्राकृतिक स्रोत तथा विकास समितिकी...

एनसेल प्रकरणको छानबिन प्रतिवेदन तत्काल सार्वजनिक गर्न अर्जुननरसिंह केसीको माग

एनसेल प्रकरणको छानबिन प्रतिवेदन तत्काल सार्वजनिक गर्न अर्जुननरसिंह केसीको माग

काठमाडौं। एनसेलको शेयर खरिद बिक्रीबारे छानबिन गर्न गठित आयोगको...

अख्तियारले डामेको र आयोगले पोलेका झन्डावालाहरूलाई घर पठाऔं : गगन थापा

अख्तियारले डामेको र आयोगले पोलेका झन्डावालाहरूलाई घर पठाऔं : गगन थापा

काठमाडौँ । नेपाली कांग्रेसका सांसद गगन थापाले संसदमा सत्तापक्ष...

वन सेवाका लागि २२१ पदमा खुल्यो आवेदन (सूचनासहित)

वन सेवाका लागि २२१ पदमा खुल्यो आवेदन (सूचनासहित)

काठमाडौं । प्रदेश लोक सेवा आयोग कोशी प्रदेशले रिक्त...

मिटरब्याज पीडित भन्छन्, ‘दुःखको कुरा नगरौँ, हामीले न्याय पाउने कि नपाउने भन्ने चिन्ता हो’

मिटरब्याज पीडित भन्छन्, ‘दुःखको कुरा नगरौँ, हामीले न्याय पाउने कि नपाउने भन्ने चिन्ता हो’

काठमाडौं । पर्सागढी नगरपालिका–२ का गरिबमुखिया बिन दम रोगी...

जसपाद्वारा महाधिवेशनमा प्रस्तुत हुने दस्ताबेज मस्यौदा समिति गठन

जसपाद्वारा महाधिवेशनमा प्रस्तुत हुने दस्ताबेज मस्यौदा समिति गठन

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले महाधिवेशनमा प्रस्तुत...