back

समाजवादी विद्यार्थी युनियन चापागाईंको नेतृत्वमा

काठमाडौं । नेपाल समाजवादी पार्टी निकट विद्यार्थी संगठन समाजवादी विद्यार्थी युनियनले केन्द्रीय समितिमा नयाँ नेतृत्व चयन भएको छ ।

संगठनको स्थापना दिवसको अवसरमा बुधबार त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसमा सम्पन्न केन्द्रीय समितिको बिस्तारित बैठकले नेत्र चापागाईलाई अध्यक्ष र टंक धमलालाई महासचिवमा चयन गरेको छ ।

नवनिर्वाचित केन्द्रीय समितिमा ४५ सदस्यीय पदाधिकारी र १९९ सदस्य रहेको महासचिव धमलाले बताएका छन् । त्यसैगरी संगठनको उपाध्यक्षमा ईश्वर अधिकारी, बलबहादुर रम्तेल, ओम नारायण महतो, लोकेन्द्र कुमार अधिकारी, नुरि मिकरानी, नागमा कादरी मिकरानी रहेका छन् ।

त्यस्तै उपमहासचिवमा रेशम सापकोटा, राम बहादुर भन्डारी, रमानन्द शाह, अनिल यादव, आस्था नेपाली, अनिल लुर्इंटेल, सरोज थापामगर र सन्तोष रायमाझी रहेका छन् । सचिवमा अनिल पटेल, संगम पोख्रेल, राजु कापर, नवराज बुढा, नवीन राय, विकल्प केसी, सन्तोष ढकाल, राजु ढकाल, सन्तोष कट्टेल, लोकप्रसाद ढकाल, केशव भट्ट, भरत ढकाल, सन्तोष आचार्य, केशव संग्रौला, किरण थापा, रामनरेश यादव, कुम्भराज पाण्डे, चट्टान आचार्य, नवराज पौडेल, विशाल तिमिल्सिना, कृष्ण अधिकारी, बिष्णु न्यौपाने, सन्तोष नेपाली, रघुराम बस्नेत, गोकर्ण सापकोटा, अनुज जोशी, साधुराम नेपाली र कोषाध्यक्ष जनक ढकाल सर्वसम्मत निर्वाचित भएको नवनिर्वाचित महासचिव धमलाले जनाएका छन् ।

बैठकले तत्काल राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन अनुसार शिक्षा ऐन ल्याउन सरकारसँग जोडदार माग गरेको नवनिर्वाचित सचिव विकल्प केसीले बताए ।


ईश्वरपुर नगरपालिकामा विपन्न परिवारलाई पिउने पानीको व्यवस्था

ईश्वरपुर नगरपालिकामा विपन्न परिवारलाई पिउने पानीको व्यवस्था

काठमाडौं । सर्लाहीको ईश्वरपुर नगरपालिका १, ३ र ९...

दुर्गम बस्तीसम्म सञ्चारको पहुँच पु-याउनुपर्छ : मुख्यमन्त्री शर्मा

दुर्गम बस्तीसम्म सञ्चारको पहुँच पु-याउनुपर्छ : मुख्यमन्त्री शर्मा

काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले कर्णालीका दुर्गम...

गलकोट नगरपालिकाद्वारा बाँझो जग्गामा ओखर खेती

गलकोट नगरपालिकाद्वारा बाँझो जग्गामा ओखर खेती

काठमाडौं । बागलुङको गलकोट नगरपालिकाले बाँझो जग्गा सदुपयोग गर्दै...

वसन्त कुँवरलाई प्रहरीको आईजीपी बनाउने सरकारको निर्णय

वसन्त कुँवरलाई प्रहरीको आईजीपी बनाउने सरकारको निर्णय

काठमाडौ । प्रहरी महानिरीक्षक (एआईजी) वसन्त बहादुर कुँवर प्रहरी...

ईप्रका चिसापानीद्वारा अवैध रुपमा ल्याइएको काठका कडी बरामद

ईप्रका चिसापानीद्वारा अवैध रुपमा ल्याइएको काठका कडी बरामद

कैलाली । कैलाली मोहन्याल गाउँपालिका ७ पितमारीस्थित इलाका प्रहरी...