back

स्वास्थ्यमन्त्री बस्नेतद्वारा घोर्थली स्वास्थ्य चौकीको भवन उद्घाटन

996 

shares

सिन्धुपाल्चोक । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले गृह जिल्ला सिन्धुपाल्चोकको घोर्थली स्वास्थ्य चौकीको नवनिर्मित भवनको उद्घाटन गरेका छन् ।

मन्त्री बस्नेतले बिहीबार त्रिपुरासुन्दरी गाउँपालिका १ मा हालै निर्माण सम्पन्न भएको स्वास्थ्य चौकीको दुईतले भवनको औपचारिक उद्घाटन गरेका हुन् ।

भवन उद्घाटनपछि मन्त्री बस्नेतले नागरिकको उपचार र स्वास्थ्य सेवामा सहज पहुँचका लागि आफूले काम गरिरहेको जानकारी दिए।भवन र उपकरणले मात्र स्वास्थ्य सेवा प्रवाह हुँदैन। त्यसमा आवश्यक पर्ने जनशक्तिको पनि व्यवस्था हुनुपर्छ ।

उनले भने ‘संविधानले नै ग्यारेन्टी गरेको स्वास्थ्यको हक नागरिकले सहज रुपमा पाउनुपर्छ। त्यसतर्फ हामीले काम अगाडि बढाइसकेका छौं।’उनले जनताले अनुभूति गर्ने गरी सेवाम सुधार गर्दै लैजानेतर्फ आफू र मन्त्रालयको टिमले योजना बनाउँदै काम गर्ने तयारी गरिरहेको जानकारी दिएका थिए ।

मन्त्री बस्नेतले स्वास्थ्य मन्त्रालयबाट नवनिर्मित भवनका लागि आवश्यक पर्ने अक्सिजन कन्सन्ट्रेटर, औषधि र अन्य स्वास्थ्य सामग्री पनि सोही कार्यक्रमका क्रममा हस्तान्तरण गरेका छन् ।

दश वटा कोठा भएको दुई तले उक्त भवन सघन सहरी तथा भवन निर्माण आयोजना रामेछापले छायाँश्वरी निर्माण सेवालाई एक करोड ७४ लाख ११ हजार रुपैयाँमा निर्माण गरेको हो।

भवन निर्माणका लागि आयोजनाले २०७८ वैशाख ३ गते सम्झौता गरेको र २०७९ पुस २७ गते निर्माण सम्पन्न भएको आयोजनाका इन्जिनियर टंकप्रसाद गौतमले जानकारी दिए ।

‘भवनका लागि स्वीकृत भएको स्पेसिफिकेसन, डिजाइन र लागत अनुसार सम्झौता अवधि सकिनुभन्दा केही समयअघि नै गुणस्तरीय काम भएको छ,’ उनले भने।

कार्यक्रममा त्रिपुरासुन्दरी गाउँपालिकाका अध्यक्ष भक्तध्वज बोहराले संविधानले दिएको अधिकार अनुसार नागरिकलाई निशुल्क आधारभूत स्वास्थ्य सेवा प्रदान गरिरहेको जानकारी दिए । उनले स्वास्थ्य बीमाका क्षेत्रमा पनि गाउँपालिकाले काम गरिरहेको बताए ।

बाह्रबिसे नगरपालिकाका मेयर बालकृष्ण बस्नेतले स्वास्थ्यमन्त्री हुनुभन्दा अघिदेखिनै नागरिकको स्वास्थ्यमा सहयोग गर्दै आएका व्यक्ति स्वास्थ्यमन्त्री भएको भन्दै मोहन बस्नेतको प्रशंसा गरेका थिए ।


ग्रीन अर्थतन्त्रका विषयमा नीतिगत रूपमा अघि बढ्नुको विकल्प छैन : ऊर्जामन्त्री बस्नेत

ग्रीन अर्थतन्त्रका विषयमा नीतिगत रूपमा अघि बढ्नुको विकल्प छैन : ऊर्जामन्त्री बस्नेत

काठमाडौं । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले ग्रीन...

गण्डकीका मुख्यमन्त्रीले वैशाख ७ मा विश्वासको मत लिने

गण्डकीका मुख्यमन्त्रीले वैशाख ७ मा विश्वासको मत लिने

पोखरा । आउँदो वैशाख ७ गते गण्डकी प्रदेशका मुख्यमन्त्री...

निर्वाचन आचारसंहिता पालन नगरे कारबाही हुने

निर्वाचन आचारसंहिता पालन नगरे कारबाही हुने

काठमाडौँ। निर्वाचन आयोगले यही वैशाख १५ गते हुने प्रतिनिधिसभा...

प्रधानमन्त्री दाहालसँग गण्डकीका मुख्यमन्त्रीको भेटवार्ता

प्रधानमन्त्री दाहालसँग गण्डकीका मुख्यमन्त्रीको भेटवार्ता

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग गण्डकी प्रदेशका मुख्यमन्त्री...

भ्रष्टाचार निर्मूल गर्न र कानुनी शासन लगायतका मुद्दामा कांग्रेसले नेतृत्व गर्नुपर्छ : महामन्त्री थापा

भ्रष्टाचार निर्मूल गर्न र कानुनी शासन लगायतका मुद्दामा कांग्रेसले नेतृत्व गर्नुपर्छ : महामन्त्री थापा

सुदूरपश्चिम । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले भ्रष्टाचार निर्मूल...

डाँगीलाई सहिद घोषणा नगरे आन्दोलन गर्ने राप्रपाको चेतावनी

डाँगीलाई सहिद घोषणा नगरे आन्दोलन गर्ने राप्रपाको चेतावनी

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका सहमहामन्त्री रवीन्द्र प्रताप शाहले...