मतदाताको सहभागीता घट्नु दलहरूको लागि समीक्षाको विषय : माधव नेपाल
384
sharesकाठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आइतबार सम्पन्न प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा सहभागी सबै मतदातालाई धन्यवाद दिएका छन् । आइतबार राति सामाजिक सञ्जालमार्फत अध्यक्ष नेपालले मतदातालाई धन्यवाद दिएका हुन् ।
उनले मतदानको प्रतिशत घट्ने विषय राजनीतिक दलहरूको लागि समीक्षाको विषय बन्नुपर्ने समेत बताएका छन् ।
वि.सं.२०७९ मंसिर ५ सोमवार १०:५९