back

बङ्गलादेशकी प्रधानमन्त्री हसिनाद्वारा खाद्य उत्पादनमा जोड

ढाका । देशमा खाद्यान्नको सङ्कट आउन नदिनका लागि बङ्गलादेशकि प्रधानमन्त्री शेख हसिनाले खाद्यान्न उत्पादनका काममा जोड दिन आह्वान गरेकि छन् ।

उनले देशमा कृषिका आयोजनाहरुलाई प्राथमिकता दिइने भन्दै खाद्यान्न उत्पादनका काममा बढी जोड दिन सबैलाई आग्रह गरेकि हुन् ।

विश्वका कतिपय देशमा अहिले खाद्य संकटको समस्या आइरहेकाले यस्तो समस्याबाट बच्नका लागि कृषि उत्पादनमा ध्यान दिनुपर्ने अवस्था आएको उनको भनाई छ ।

उनले युनइटेड न्युज अफ बङ्गलादेशसँगको अन्तरवार्ताका क्रममा सो कुरा भनेकी छन् । उनले भनेकी छन्– हामीले देशभित्र कृषि उत्पादनमा जोड दिनुपर्छ ।

हामीले खाद्यान्न उत्पादनका आयोजनाहरुलाई बढी भन्दा बढी मात्रामा प्राथमिकतामा राखेर काम गर्नुपर्दछ ।

विश्वका कतिपय देशमा अहिले खाद्यान्न अभाव तथा खाद्या असुरक्षाका समाचारहरु आइरहेकाले हामीले त्यसप्रति ध्यान दिनु आवश्यक छ ।

विश्वमा आर्थिक मन्दी देखिएको र यसका कारण खाद्यान्नको मूल्यमा पनि अत्यधिक मात्रामा बृद्धि भएकाले क्रयशक्ति कम भएका मानिसहरुले खाद्यान्न किनेर खान सक्ने अवस्था पनि नहुनसक्ने तर्फ सबैले सोच्नुपर्ने पनि उनले जोड दिईन ।


नुवाकोटको बेतिनीमा दुर्घटना हुँदा तीनको मृत्यु

नुवाकोटको बेतिनीमा दुर्घटना हुँदा तीनको मृत्यु

नुवाकोट । नुवाकोटको दुप्चेश्वर गाउँपालिका–४ बेतिनीमा यात्रुबाहक टाटासुमो दुर्घटना...

उपनिर्वाचनका लागि एमालेले आज उम्मेदवार टुङ्गो लगाउने

उपनिर्वाचनका लागि एमालेले आज उम्मेदवार टुङ्गो लगाउने

काठमाडौंं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) ले आसन्न...

रास्वपाका तीन उम्मेदवारले संयुक्त पत्रकार सम्मेलन गर्दै

रास्वपाका तीन उम्मेदवारले संयुक्त पत्रकार सम्मेलन गर्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तीन उम्मेदवारले...

प्रधानमन्त्री प्रचण्डले मिटरब्याज पीडितसँग छलफल गर्दै

प्रधानमन्त्री प्रचण्डले मिटरब्याज पीडितसँग छलफल गर्दै

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मिटरब्याज पीडितसँग छलफल...

राष्ट्रपति पौडेलद्वारा नवनियुक्त उपप्रधानमन्त्री र मन्त्रीहरको शपथ ग्रहण

राष्ट्रपति पौडेलद्वारा नवनियुक्त उपप्रधानमन्त्री र मन्त्रीहरको शपथ ग्रहण

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त उपप्रधानमन्त्री एवम् मन्त्रीलाई...

खानेपानी मन्त्री अब्दुल खानले दिए राजीनामा

खानेपानी मन्त्री अब्दुल खानले दिए राजीनामा

काठमाडौं । सातौंपटकको मन्त्रिपरिषद् पुनर्गठनकै बेला प्रधानमन्त्री पुष्पकमल दाहाल...