back

ब्राजिलियन महान् फुटबल खेलाडी पेलेको क्यान्सर थप बढ्यो, क्रिसमस मनाउने योजना रद्ध

साओ पाउलो । ब्राजिलियन महान् फुटबल खेलाडी पेलेको क्यान्सर बढेको चिकित्सकले बताएका छन् । विगत तीनसाता यता ८२ वर्षीय पेलेको हाल साओ पाउलोस्थित अस्पतालमा उपचार भइरहेको छ ।

अस्पतालकाअनुसार हाल पेलेको क्यान्सरमा वृद्धि भएको र किड्नी तथा हृदय रोग सम्बन्धी थप हेरचाह आवश्यक रहेको छ। पेलेकी छोरीले सामाजिक सञ्जल मार्फत घरमा क्रिस्मस बनाउने योजना तत्कालका लागि रद्द भएको र अब अस्पतालमै समय बिताउने उल्लेख गरेकी छन् ।

सन् २०२१ सेप्टेम्बर यता पेले क्यान्सर रोगसँग लडिरहेका छन् । उनको शल्यक्रियामार्फत आन्द्रामा रहेको ट्युमर फालिएको थियो ।

स्वास्थ्यमा समस्या आएपछि पेले सार्वजनिक कार्यक्रमहरुमा एकदमै कम देखिन थालेका छन् ।

विश्व फुटबल महान् खेलाडी पेले तीनपटक विश्वकप जित्ने अहिलेसम्मका एक मात्र खेलाडी हुन् । उनले सन् १९५८, १९६२ र १९७० मा ब्राजिललाई विश्वकप जिताएका थिए ।

लगातार दुई विश्वकप जित्ने ब्राजिलको कीर्तिमान ६० वर्षसम्म कसैले तोड्न सकेको छैन । कतार विश्वकपमा फ्रान्सका लागि त्यो अवसर थियो । तर फाइनलमा अर्जेन्टिनासँग पराजित हुन पुग्यो । पेलेले ब्राजिलका लागि ९२ खेलमा ७७ गोल गरेका छन् । कतारमा नेइमारले उनको कीर्तिमान बराबर गरेका थिए । ब्राजिल भने क्वाटरफाइनलमा क्रोएसियासँग पराजित भएको थियो ।


प्रधानमन्त्री प्रचण्ड र सभामुख घिमिरेबीच भेटवार्ता

प्रधानमन्त्री प्रचण्ड र सभामुख घिमिरेबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सभामुख देवराज...

राजनीति समाज र जनताप्रतिको सेवाभावले ओतप्रोत हुनुपर्छ : राष्ट्रपति पौडेल

राजनीति समाज र जनताप्रतिको सेवाभावले ओतप्रोत हुनुपर्छ : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले राजनीति समाज र जनताप्रतिको...

प्रचण्ड, देउवा र नेपालबीच भेटवार्ता

प्रचण्ड, देउवा र नेपालबीच भेटवार्ता

काठमाडौं । मन्त्रिपरिषद विस्तारको अन्तिम तयारीमा रहेका प्रधानमन्त्री पुष्पकमल...

उद्योग व्यवसायी सङ्घ सुर्खेतको अध्यक्षमा शाही

उद्योग व्यवसायी सङ्घ सुर्खेतको अध्यक्षमा शाही

काठमााडौं । उद्योग व्यवसायी सङ्घ सुर्खेतको अध्यक्षमा धीरेन्द्रबहादुर शाही...

नगरपालिकाद्वारा कौसी खेती प्रवद्र्धन कार्यक्रम सञ्चालनमा

नगरपालिकाद्वारा कौसी खेती प्रवद्र्धन कार्यक्रम सञ्चालनमा

काठमाडौं । बनेपा नगरपालिकाले कौसी खेती प्रवद्र्धन कार्यक्रम सञ्चालनमा...

बिर्तामोड नगरपालिकामा जग्गाको कित्ताकाट खुला

बिर्तामोड नगरपालिकामा जग्गाको कित्ताकाट खुला

काठमाडौं । पूर्वकै व्यापारिक केन्द्रको रुपमा स्थापित हुँदै गएको...