back

दिल्लीमा बढ्न थाल्यो कोभिड संक्रमण दर

नयाँ दिल्ली । भारतको राजधानी दिल्लीमा कोभिड १९ संक्रमण दर बढ्न थालेको छ । बाहिरबाट आएकाहरुमा बढी पोजेटिभ संक्रमण देखिएको चिकित्सकको भनाइ छ । पछिल्लो तीन दिनमा गरिएको चेकजाँचमा ३९ जनामा कोभिडको नयाँ संक्रमण पोजेटिभ देखिएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । दिल्लीमा मंगलबार थप १९ संक्रमित फेला परेका छन् ।

दिल्लीमा कोभिड १९ संक्रमण दर फैलिन थालेपछि दिल्ली सरकारले विशेष सतर्कता अपनाउन सबैमा आग्रह गरेको छ । दिल्ली सरकारले संक्रमण दर फैलिन नदिन सबै सावधानी अपनाइरहेको जनाएको छ । दिल्लीमा पछिल्लो समय कोभिड संक्रमण दर ०।४४ प्रतिशत भएपनि संक्रमण बढ्दैगएकाले सावधान हुनुपर्ने बताएको छ ।

विदेशबाट दिल्ली आएका कुल १ हजार ७८० जनाको चेकजाँच जर्दा ३९ जना पोजेटिभ भेटिएको दिल्ली सरकारले जनाएको छ । उनीहरुको उपचार भइरहेको छ । दिल्ली एयरपोर्टमा गरिएको चेकजाँचमा म्यानमारबाट आएका ४ जनामा कोभिड संक्रमण भेटिएको सञ्चार माध्यमले जनाएका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि कोभिडबाट सतर्क रहन देशबासीमा आग्रह गरेका छन् । भारत सरकार त्यसविरुद्ध लड्न आफ्नो तयारी गरेको उनले बताएका छन् ।

दिल्लीमा पछिल्लो संक्रमित संख्यासहित अहिलेसम्म २० लाख ७ हजार १७५ संक्रमित संख्या पुगिसकेको छ । त्यहाँ अहिलेसम्म २६ हजार ५२१ जनाले ज्यान गुमाइसकेका छन् । कोभिडको नयाँ भेरियन्ट बीएफ ७ संक्रामक भाइरस भएकाले छिटो एकबाट अर्कोमा सर्ने चिकित्सकहरुको भनाइ छ । भारत सरकारले सबै नागरिकलाई अनिवार्य मास्क प्रयोग गर्न भनेको छ ।


मेयर बालेनविरुद्ध सुकुम्बासीको प्रदर्शन

मेयर बालेनविरुद्ध सुकुम्बासीको प्रदर्शन

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह बालेनविरुद्ध प्रदर्शन...

प्रधानमन्त्री प्रचण्ड र सभामुख घिमिरेबीच भेटवार्ता

प्रधानमन्त्री प्रचण्ड र सभामुख घिमिरेबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सभामुख देवराज...

राजनीति समाज र जनताप्रतिको सेवाभावले ओतप्रोत हुनुपर्छ : राष्ट्रपति पौडेल

राजनीति समाज र जनताप्रतिको सेवाभावले ओतप्रोत हुनुपर्छ : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले राजनीति समाज र जनताप्रतिको...

प्रचण्ड, देउवा र नेपालबीच भेटवार्ता

प्रचण्ड, देउवा र नेपालबीच भेटवार्ता

काठमाडौं । मन्त्रिपरिषद विस्तारको अन्तिम तयारीमा रहेका प्रधानमन्त्री पुष्पकमल...

उद्योग व्यवसायी सङ्घ सुर्खेतको अध्यक्षमा शाही

उद्योग व्यवसायी सङ्घ सुर्खेतको अध्यक्षमा शाही

काठमााडौं । उद्योग व्यवसायी सङ्घ सुर्खेतको अध्यक्षमा धीरेन्द्रबहादुर शाही...

नगरपालिकाद्वारा कौसी खेती प्रवद्र्धन कार्यक्रम सञ्चालनमा

नगरपालिकाद्वारा कौसी खेती प्रवद्र्धन कार्यक्रम सञ्चालनमा

काठमाडौं । बनेपा नगरपालिकाले कौसी खेती प्रवद्र्धन कार्यक्रम सञ्चालनमा...