back
rubela khop

फिलिपिन्सका चार सैन्य आधार क्षेत्रमा अमेरिकालाई पहुँच

246 

shares
rubela khop

फिलिपिन्सले आफ्ना चार वटा अतिरिक्त सैन्य आधार इलाकामा अमेरिकालाई सुरक्षित पहुँच प्रदान गरेको छ । फिलिपिन्सले आफूलाई सुरक्षित पहुँच प्रदान सहमति जनाएसँगै अमेरिकालाई दक्षिण चीन सागर र ताइवान वरपर चिनियाँहरूलाई निगरानी गर्न सहज भएको छ ।

अमेरिका र फिलिपिन्सबीच बिहीबार भएको सम्झौताले उत्तरमा दक्षिण कोरिया र जापानदेखि दक्षिणमा अष्ट्रेलियासम्म फैलिएको अमेरिकी गठबन्धनको प्रभावलाई सुनिश्चित गरेको छ ।

अमेरिकी रक्षामन्त्री लोयड अस्टिनले राष्ट्रपति फर्डिनान्ड मार्कोस जुनियरलाई भेटेपछि सार्वजनिक भएको फिलिपिन्स–अमेरिकाबीचको उक्त सम्झौता धेरै पहिलेदेखि कार्यान्वयनमा रहेको इन्हान्स्ड डिफेन्स कोअपरेसन एग्रीमेन्ट ९इडिसीए०अझ सुदृढ भएको छ भने फिलिपिन्समा मानवीय र जलवायुसम्बन्धी प्रकोप सम्बोधनमा अमेरिकी सहयोग प्राप्त हुनेछ । साथै मनिला र वासिङ्टनबीचको राणनीतिक साझेदारी थप विस्तार भएको छ ।

“फिलिपिन्स र संयुक्त राज्य अमेरिकाले रणनीति महत्वका चार नयाँ स्थानमा सैनिक पहुँच प्रदान गर्ने सम्झौताका साथ इडिसीएको पूर्ण कार्यान्वयनलाई गति प्रदान गर्ने घोषणा गर्न पाउँदा गर्वानुभूति भएको छ,” सम्झौतापछि जारी संयुक्त वक्तव्यमा भनिएको छ ।

फिलिपिन्सका पूर्व राष्ट्रपति रोड्रिगो डुटेर्टेले चीनसँगको आफ्नो देशको सम्बन्धमा कटुता उत्पन्न हुन नदिन आफ्नो जलक्षेत्रमा अमेरिकी सेनालाई थप स्थान दिन अस्वीकार गर्नुभएको थियो । चीनसँगको द्वन्द्व अमेरिकामात्र नभई कुनै पनि मुलुकका निम्ति लाभदायक नहुने उहाँको मान्यता थियो ।


एनआइसी एशिया बैंक र गोल्ड कप फुटबल ट्रष्टबीच सम्झौता

एनआइसी एशिया बैंक र गोल्ड कप फुटबल ट्रष्टबीच सम्झौता

काठमाडौं । एनआइसी एशिया बैंकले कोशी प्रदेशमा आयोजना हुन...

कामना सेवा विकास बैक र गौतम होटल बर्दिबासबीच छुट प्रदान सम्झौता

कामना सेवा विकास बैक र गौतम होटल बर्दिबासबीच छुट प्रदान सम्झौता

काठमाडौं । कामना सेवा विकास बैंकले मिथिला, धनुषास्थित गौतम...

जलवायु परिवर्तनको असर कम गर्न पानीको सहज व्यवस्थापनमा ध्यान दिनुपर्छ : मन्त्री बस्नेत

जलवायु परिवर्तनको असर कम गर्न पानीको सहज व्यवस्थापनमा ध्यान दिनुपर्छ : मन्त्री बस्नेत

काठमाडौं । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले जलवायु...

नेपालले लगानीमैत्री वातावरण बनाउँदै लगेको छ : बेलायती राजदूत फेन

नेपालले लगानीमैत्री वातावरण बनाउँदै लगेको छ : बेलायती राजदूत फेन

काठमाडौ । नेपालका लागि बेलायती राजदूत रब फेनले दोहोरो...

कामना सेवा विकास बैक र दि ऐ-ला लाउन्जबीच छुट प्रदान गर्ने सम्झौता

कामना सेवा विकास बैक र दि ऐ-ला लाउन्जबीच छुट प्रदान गर्ने सम्झौता

काठमाडौं । कामना सेवा विकास बैंकले कुमारीपाटी, ललितपुर स्थित...

सिद्धार्थ बैंक र आईएफसीबीच सम्झौता

सिद्धार्थ बैंक र आईएफसीबीच सम्झौता

काठमाडौं । जोखिम व्यवस्थापन, लैङ्गिक, डिजिटल तथा जलवायु वित्त...