back

टर्कीमा गएको शक्तिशाली भूकम्पमा परी १७ जनाको मृत्यु

काठमाडौं । टर्कीमा गएको शक्तिशाली भूकम्पमा परी १७ जनाको मृत्यु भएको छ ।

स्थानीय समयअनुसार सोमबार बिहान ४ : १७ बजे ७ दशमलब ८ म्याग्निच्युडको भूकम्प गएको अमेरिकाको जियोलोजिकल सर्भेले जनाएको छ ।

प्रारम्भिक तथ्यांकअनुसार टर्कीका अधिकारीलाई उदृत गर्दै बीबीसीले १७ जनाको मृत्यु भएको जनाएको हो ।

भूकम्पको धक्का राजधानी अंकाराका साथै छिमेकी मुलुक सिरिया, लेबनन, इजरायल र प्यालेस्टाइनसम्म महसुस भएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।

पहिलो भकम्प गएको ११ मिनेटपछि ६ दशमलब ७ म्याग्निच्युटको अर्को भूकम्प गएको थियो ।

भूकम्पबाट ५० भन्दा बढी भवनहरु भत्किएका र मुख्य रुपमा दुई वटा सहर बढी प्रभावित भएको जनाइएको छ ।

सामाजिक सञ्जालमा पोस्ट भएका भिडियो तथा तस्बिरहरुमा थुप्रै भवनहरु भत्किएका देखिएका छन् भने भग्नावशेषमा फसेका मानिसहरुले गुहार मागिरहेको देखिएको छ ।

भूकम्पबाट सबैभन्दा बढी प्रभाव दक्षिण पूर्वी सहर गाजियान्टेपमा परेको छ ।

दक्षिणी सहर कहरामनमारस नजिक दश किलोमिटर गहिराइमा केन्द्रबिन्दु बनाएर भूकम्प गएको जर्मन रिसर्च सेन्टर फर जियोसाइन्सले जनाएको छ । भूकम्पले करिब एक मिनेटसम्म हल्लाको प्रत्यक्षदर्शीले बताएका छन् ।

टर्कीका राष्ट्रपति रेसेप तैय्यप अर्दोआनले भूकम्प प्रभावित क्षेत्रमा उद्धार तथा बचाउ कार्य सुरु भइसकेको जानकारी दिएका छन् ।


मेयर बालेनविरुद्ध सुकुम्बासीको प्रदर्शन

मेयर बालेनविरुद्ध सुकुम्बासीको प्रदर्शन

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह बालेनविरुद्ध प्रदर्शन...

प्रधानमन्त्री प्रचण्ड र सभामुख घिमिरेबीच भेटवार्ता

प्रधानमन्त्री प्रचण्ड र सभामुख घिमिरेबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सभामुख देवराज...

राजनीति समाज र जनताप्रतिको सेवाभावले ओतप्रोत हुनुपर्छ : राष्ट्रपति पौडेल

राजनीति समाज र जनताप्रतिको सेवाभावले ओतप्रोत हुनुपर्छ : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले राजनीति समाज र जनताप्रतिको...

प्रचण्ड, देउवा र नेपालबीच भेटवार्ता

प्रचण्ड, देउवा र नेपालबीच भेटवार्ता

काठमाडौं । मन्त्रिपरिषद विस्तारको अन्तिम तयारीमा रहेका प्रधानमन्त्री पुष्पकमल...

उद्योग व्यवसायी सङ्घ सुर्खेतको अध्यक्षमा शाही

उद्योग व्यवसायी सङ्घ सुर्खेतको अध्यक्षमा शाही

काठमााडौं । उद्योग व्यवसायी सङ्घ सुर्खेतको अध्यक्षमा धीरेन्द्रबहादुर शाही...

नगरपालिकाद्वारा कौसी खेती प्रवद्र्धन कार्यक्रम सञ्चालनमा

नगरपालिकाद्वारा कौसी खेती प्रवद्र्धन कार्यक्रम सञ्चालनमा

काठमाडौं । बनेपा नगरपालिकाले कौसी खेती प्रवद्र्धन कार्यक्रम सञ्चालनमा...