back

टर्कीको भूकम्पमा मृत्यु हुनेको संख्या ७ हजार ९ सय नाघ्यो

काठमाडौं । टर्की र सिरियामा सोमबारको ७.८ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी अहिलेसम्म ७ हजार ९२६ जनाको मृत्यु भएको छ ।

भूकम्पबाट अहिलेसम्म टर्कीमा ५ हजार ८९४ र सिरियामा २०३२ जना गरि कुल ७ हजार ९२६ जनाको मृत्यु भएको छ ।

टर्कीको डिजास्टर एण्ड इमर्जेन्सी म्यानेजमेन्ट एजेन्सीका अनुसार अहिलेसम्म भूकम्पबाट टर्कीमा अहिलेसम्म घाइते हुनेको संख्या ३४ हजार नाघेको छ भने सिरियामा ४ हजार भन्दाबढी घाइते भएका छन् ।

सिरियामा सरकार नियन्त्रित क्षेत्रहरु अलेप्पो, हामा, लाटाकिया र टार्टसका क्षेत्रहरूमा ठुलो नोक्सान भएको मिडिया रिपोर्टमा बताइएको छ ।

टर्कीको दक्षिणपूर्वी क्षेत्रमा पर्ने गाजियान्टेप नजिकै स्थानीय समयअनुसार सोमबार बिहान ४ः १७ बजे ७.८ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भौगर्भिक सर्भेले जनाएको छ । त्यसपछि सोमबार पटक पटक पराकम्प आइरहेको र अपराहन्न करिब ४ बजे ७.५ रेक्टर स्केलको दोस्रो शक्तिशाली भूकम्प आएको थियो ।

पहिलो भूकम्प आएपछि अहिलेसम्म ४ रेक्टर स्केलभन्दा बढीका १०० भन्दा बढी पराकम्पहरु आएको अमेरिकी भौगर्भिक सर्भेले जनाएको छ ।

भूकम्पको धक्का टर्की र सिरियाका अलावा लेबनान र साइप्रसमा पनि महशुस गरिएको थियो ।


ईश्वरपुर नगरपालिकामा विपन्न परिवारलाई पिउने पानीको व्यवस्था

ईश्वरपुर नगरपालिकामा विपन्न परिवारलाई पिउने पानीको व्यवस्था

काठमाडौं । सर्लाहीको ईश्वरपुर नगरपालिका १, ३ र ९...

दुर्गम बस्तीसम्म सञ्चारको पहुँच पु-याउनुपर्छ : मुख्यमन्त्री शर्मा

दुर्गम बस्तीसम्म सञ्चारको पहुँच पु-याउनुपर्छ : मुख्यमन्त्री शर्मा

काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले कर्णालीका दुर्गम...

गलकोट नगरपालिकाद्वारा बाँझो जग्गामा ओखर खेती

गलकोट नगरपालिकाद्वारा बाँझो जग्गामा ओखर खेती

काठमाडौं । बागलुङको गलकोट नगरपालिकाले बाँझो जग्गा सदुपयोग गर्दै...

वसन्त कुँवरलाई प्रहरीको आईजीपी बनाउने सरकारको निर्णय

वसन्त कुँवरलाई प्रहरीको आईजीपी बनाउने सरकारको निर्णय

काठमाडौ । प्रहरी महानिरीक्षक (एआईजी) वसन्त बहादुर कुँवर प्रहरी...

ईप्रका चिसापानीद्वारा अवैध रुपमा ल्याइएको काठका कडी बरामद

ईप्रका चिसापानीद्वारा अवैध रुपमा ल्याइएको काठका कडी बरामद

कैलाली । कैलाली मोहन्याल गाउँपालिका ७ पितमारीस्थित इलाका प्रहरी...