back
स्वास्थ्य मन्त्रालय

वसन्त योगीको “कल्ले खायो दर” सार्वजनिक

108 

shares

काठमाडौं । नेपाली महिलाहरुको महान् पर्व हरितालिका तीज नजिकिएसँगै विभिन्न लय, भाका र शैलीका गीतहरु पनि सार्वजनिक भएका छन् । त्यसै मेसोमा सञ्चारकर्मी तथा गीतकार वसन्त योगीले “कल्ले खायो दर” नामक तीज गीत नेपाली सांगीतिक बजारमा सार्वजनिक गरेका छन् ।

गीतकार योगीको भर्खरै युट्युबमार्फत् सार्वजनिक तीज गीतले दर्शक, स्रोताहरुको मन राम्रैसँग तान्ने उनको विश्वास छ । टिपिकल शब्द, लय र संगीत सजिएको यस गीतमा साच्चिकै नेपाली संस्कृति झल्किएको पाइन्छ ।

खासगरी नेपाली मौलिकतालाई समेटेर तयार गरिएको गीत नेपाल बार एसोसिएसनका पूर्व कोषाध्यक्ष एवं वरिष्ठ अधिवक्ता मोहन इङ्नामले कार्यक्रमकाबीच अनामनगरमा विमोचन गरेका हुन् ।

गीतमा चर्चित गायिका अनु चौधरीले स्वर दिएकी छिन् । यस गीतमा शव्द रचना वसन्त योगीको रहेको छ भने संगीत तथा एरेन्ज पुष्कर सुनुवारको रहेको छ ।

‘कल्ले खायो दर’ मा नेपाली सांगीतिक बजारका ख्यातिप्राप्त कलाकार तथा चर्चित मोडेल अञ्जली अधिकारी र करिष्मा ढकालको मुख्य अभिनय गरेका छन् । त्यस्तै भिज्युअलमा आमाको भूमिका कृष्णकुमारी महतले निभाएकी छन् ।

प्रशान्त मगरको निर्देशन र अजय रेग्मीको छाँयाङ्कन एवं प्रविन भट्टको सम्पादन रहेको म्युजिक भिडियो पूर्ण प्याकेज देखिन्छ । गाउँबस्तीको चलनचल्तीमा रहेका सर्वसाधारणले बुझ्ने सरल शव्द सजिएको गीत नेपाली नारीहरुको भावनालाई समेटेर तयार पारिएको म्युजिक भिडियोका निर्देशक प्रशान्त मगरले बताए ।

गीत अनि म्युजिक भिडियोमा नेपाली मौलिकता देखाउन खोजिएको हुँदा दर्शक, श्रोताले राम्रैसँग रुचाउने निर्माताले विश्वास व्यक्त गरेका छन् ।

 


चर्चित गायक नविन पौडेललाई पितृ शोक

चर्चित गायक नविन पौडेललाई पितृ शोक

काठमाडौं । पछिल्लो समय भाइरल बनेको ‘१८ कट्यौ कि...

सार्वजनिक जग्गा संरक्षण नहुँदा अतिक्रमणको चपेटामा

सार्वजनिक जग्गा संरक्षण नहुँदा अतिक्रमणको चपेटामा

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका ५ मा रहेको सार्वजनिक जग्गा...

रैथाने बालीको संरक्षण गर्दै खाद्य बैंक

रैथाने बालीको संरक्षण गर्दै खाद्य बैंक

भोजपुर । खाद्यान्न उत्पादन, भण्डारण तथा वितरणको उद्देश्यले स्थापना...

सयपत्री फूलबाट बाह्रै महिना आम्दानी

सयपत्री फूलबाट बाह्रै महिना आम्दानी

झापा । घरका आँगन वरिपरि, बगैँचाभरि तिहारमा मात्र फुलाइने...

दुर्गमको विद्यालयमा तीन दशक बिताउँदा‍‍‍‍‍‍‍‍‘

दुर्गमको विद्यालयमा तीन दशक बिताउँदा‍‍‍‍‍‍‍‍‘

बेनी । शिक्षणको सिलसिलामा तराईको रौटहट जिल्लाबाट म्याग्दी आएका...

आलुले बजार र मूल्य नपाउँदा किसान मर्कामा

आलुले बजार र मूल्य नपाउँदा किसान मर्कामा

ढोरपाटन । निसेलढोर र ढोरपाटन क्षेत्रका कृषक आलु भ्यिाउने...