back
स्वास्थ्य मन्त्रालय

एसियाडमा ‘डेब्युु’ गर्दै नेपाली महिला ह्याण्डबल

1.6K 

shares

कास्की। एसियाली खेलकुदको सर्वोच्च प्रतियोगिता एशियाली खेलकुद (एसियाड) मा नेपाली महिला ह्याण्डबल टोलीले पहिलोपटक ‘डेब्यु’ गर्दैछ । १९औँ संस्करण एसियाड अज्ञागामी असोज ६ देखि २३ गतेसम्म मित्रराष्ट्र चीनको हाङझावमा हुँदैछ ।

हरेक चार वर्षमा हुने यस प्रतियोगितामा एसिया महादेशका राष्ट्रहरुले प्रतिस्पर्धा गर्दछन् । नेपालले पनि प्रतियोगिताका विभिन्न २९ खेलमा सहभागिता जनाउँदैछ । त्यसमध्ये महिला ह्याण्डबल पनि हो । प्रतियोगितामा सहभागिता जनाउन लागेको नेपाली टोली पोखरामा साउन पहिलो सातादेखि बन्द प्रशिक्षणमा छ ।

पोखरा रङ्गशालाभित्रको बहुउद्देश्यीय ‘कभर्ड हल’मा नेपाली टोलीका १६ खेलाडी अभ्यासरत छन् । यसअघि विसं २०७६ मा पोखरामा सम्पन्न १३ औँ दक्षिण एशियाली खेलकुदमा नेपाल उपविजेता बनेको थियो ।

आयोजक राष्ट्र चीन, जापान, हङकङ, भारत लगायतका देशसँग भिड्दा नेपाली टोली उच्च मनोबलका साथ मैदानमा उत्रिने तयारीमा छ । नेपाली महिला ह्याण्डबल टोलीका उपकप्तान उमा राइले एशियाडका लागि टोलीका सबै सदस्य उत्साहित रहेको बताउनुभयो । हरेक खेलाडीको सपना प्रतियोगितामा जित भएको उनको भनाइ छ ।

“पोखराको वातावरणमा राम्रोसँग अभ्यास गरिरहेका छौँ । पदक ल्याउने कोसिस गर्नेछौँ”, उनले भने । नेपाली टोलीमा अधिकांश नयाँ खेलाडी छन् । पोखरामा बन्द प्रशिक्षणमा रहेको टोलीले हप्तामा एक दिन यहाँको कास्की जिल्ला ह्याण्डबल सङ्घको पुरुष टोलीले अभ्यास खेल खेल्ने गरेको छ ।

“अन्तर्राष्ट्रिय खेलाडीसँग खेल खेलेर अनुभव बटुल्न चाहन्छौँ तर त्यो अवसर प्राप्त भएको छैन”, उपकप्तान राईले भने । नेपाली टोली सागको तयारीका लागि थाइल्याण्डमा गएर अभ्यास गरेको थियो ।

नेपाली राष्ट्रिय महिला ह्याण्डबल टोलीका प्रशिक्षक विन्दा थापाले प्रतियोगितामा खेलाडीको प्रदर्शन राम्रो हुनेमा विश्वास व्यक्त गरे । प्रतियोगितामा पहिलो सहभागिताले खेलाडी उत्साहित भएको र महिला ह्याण्डबल अन्तर्राष्ट्रिय खेलकुदमा प्रवेश गरेको उनको भनाइ छ ।

“बाहिर लान पाएको भए राम्रो हुनेथियो । खेलाडीले बाहिर गएर खेल्दा अनुभव बटुल्न पाउथे तर यसपटक त्यो अवसर मिलेन तर खेलाडी प्रतियोगितालाई लिएर उत्साहित छन् ।” प्रशिक्षक थापाले भने ।

एसियाली खेलकुदमा नेपालले आफ्नो पहिलो खेल आयोजक चीनसँग खेल्नेछ । त्यसैगरी जापान, हङकङ र भारतसँग पनि नेपालले खेल्नेछ । महिला ह्याण्डबल टोलीमा १६ खेलाडी र दुई प्रशिक्षक रहेका छन् । खेलाडीमा बन्दना राई (कप्तान), उमा राई (उपकप्तान) तथा खेलाडी आइत ल्याह्मु शेर्पा, कल्पना सिञ्जाली र बिमला तामाङ छन् ।

यसैगरी अन्य खेलाडीमा कल्पना ओली, रमिला बस्नेत, देवी श्रेष्ठ, ममता राना, अदिती चौधरी, सङ्गीता चौधरी, बिमला भुजेल, सञ्जु राई, रामकुमारी चौधरी, सम्झना कुमाल र हेलिना राना रहेका छन् । यसैगरी टिम प्रशिक्षकमा विन्दा थापा र दीपक सिंह बोहरा रहेका छन् ।


चर्चित गायक नविन पौडेललाई पितृ शोक

चर्चित गायक नविन पौडेललाई पितृ शोक

काठमाडौं । पछिल्लो समय भाइरल बनेको ‘१८ कट्यौ कि...

सार्वजनिक जग्गा संरक्षण नहुँदा अतिक्रमणको चपेटामा

सार्वजनिक जग्गा संरक्षण नहुँदा अतिक्रमणको चपेटामा

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका ५ मा रहेको सार्वजनिक जग्गा...

रैथाने बालीको संरक्षण गर्दै खाद्य बैंक

रैथाने बालीको संरक्षण गर्दै खाद्य बैंक

भोजपुर । खाद्यान्न उत्पादन, भण्डारण तथा वितरणको उद्देश्यले स्थापना...

सयपत्री फूलबाट बाह्रै महिना आम्दानी

सयपत्री फूलबाट बाह्रै महिना आम्दानी

झापा । घरका आँगन वरिपरि, बगैँचाभरि तिहारमा मात्र फुलाइने...

दुर्गमको विद्यालयमा तीन दशक बिताउँदा‍‍‍‍‍‍‍‍‘

दुर्गमको विद्यालयमा तीन दशक बिताउँदा‍‍‍‍‍‍‍‍‘

बेनी । शिक्षणको सिलसिलामा तराईको रौटहट जिल्लाबाट म्याग्दी आएका...

आलुले बजार र मूल्य नपाउँदा किसान मर्कामा

आलुले बजार र मूल्य नपाउँदा किसान मर्कामा

ढोरपाटन । निसेलढोर र ढोरपाटन क्षेत्रका कृषक आलु भ्यिाउने...