back
rajaswo anusandan bhivag
sanima relaiance life insurance

ताप्लेजुङ गोल्डकप : टिकट बिक्रीबाट ११ लाख सङ्कलन

996 

shares
sanima relaiance life insurance

ताप्लेजुङ । ताप्लेजुङ मा जारी ‘ताप्लेजुङ गोल्डकप’मा हालसम्म टिकट बिक्रीबाट रु ११ लाख २१ हजार रकम सङ्कलन भएको छ ।

सर्वसाधरणलाई खेल हेर्न प्रवेश शुल्कवापतको टिकटबाट सो रकम सङ्कलन भएको हो । सोमबार र मङ्गलबार भएको सेमिफाइनल खेलबाट चार लाख ६५ हजार सङ्कलन भएको लाखेजात्रा सञ्चालन समितिका कोषाध्यक्ष निरोज श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार क्वाटरफाइनलबाट रु छ लाख ५५ हजार आठ सय सङ्कलन भएको हो । सेमिफाइनलको खेल हेर्न खेलमैदानमा प्रवेश शुल्क रु दुई सय र क्वाटरफाइनलका लागि रु एक सय टिकटदर निर्धारण गरिएको थियो । यस्तै आज हुने फाइनल खेलका लागि पनि रु दुई सय नै टिकट शुल्क निर्धारण गरिएको कोषाध्यक्ष श्रेष्ठले बताए।

खेलको पहिलो दिन भदौ १४ गते रु एक लाख ७० हजार आठ सय, १५ गते रु एक लाख ३१ हजार सात सय, १६ गते रु एक लाख ७५ हजार सात सय तथा भदौ १७ गते रु एक लाख ७७ हजार सात सयको टिकट बिक्री भएको थियो ।

यसैबीच सेमिफाइनलको पहिलो दिन भदौ १८ गते रु एक लाख ५८ हजार चार सय र दोस्रो दिन भदौ १९ गते रु तीन लाख सात हजार चार सङ्कलन भएको कोषाध्यक्ष श्रेष्ठले बताउनुभयो । खेलमा वृद्धवृद्धा, बालबालिका तथा अशक्तका लागि भने निशुल्क प्रवेशको व्यवस्था गरिएको छ ।

प्रतियोगितामा भारतको दार्जिलिङसहित आठ टोली सहभागी छन् । उपाधिका लागि आज जुट विकास फुटबल एकेडेमी इटहरी, सुनसरी तथा रेडहर्ष फुटबल क्लब इलामबीच प्रतिस्पर्धा हुँदैछ ।

प्रतियोगिताको विजेताले रु तीन लाख ११ हजार एक सय ११ र उपविजेताले रु एक लाख ५१ हजार एक सय ११ पुरस्कार प्राप्त गर्नेछन् । ताप्लेजुङ गोल्डकप ताप्लेजुङ जिल्लाका ठूलो प्रतियोगिता हो । विसं २०२९ देखि प्रत्येक वर्ष लाखेजात्राको अवसरमा प्रतियोगिताको आयोजना हुँदै आएको छ ।


बोर्डद्वारा स्वास्थ्य बीमाको सुविधा थैलीमा परिमार्जन

बोर्डद्वारा स्वास्थ्य बीमाको सुविधा थैलीमा परिमार्जन

काठमाडौं । स्वास्थ्य बीमाको सुविधा थैलीमा रहेको सेवाको दर...

संविधान छुनै नहुने विषय होइन, दुई पार्टी मिल्दैमा आत्तिनुपर्दैन : रमेश लेखक

संविधान छुनै नहुने विषय होइन, दुई पार्टी मिल्दैमा आत्तिनुपर्दैन : रमेश लेखक

काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले संविधानमै...

पहिरोका कारण पछिल्लो २४ घण्टामा १५ जनाको मृत्यु

पहिरोका कारण पछिल्लो २४ घण्टामा १५ जनाको मृत्यु

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा पहिरोका कारण १५...

ढाँटछलको पनि एउटा सीमा हुन्छ नि : प्रचण्ड

ढाँटछलको पनि एउटा सीमा हुन्छ नि : प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमाले अध्यक्ष...

स्वर्ग र नर्कसँगै जाने भावुक आश्वासनहरूबाट झुक्याइएँ : प्रचण्ड

स्वर्ग र नर्कसँगै जाने भावुक आश्वासनहरूबाट झुक्याइएँ : प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमाले अध्यक्ष...

तपाईंहरूले जगाउने आक्रोश र अस्थिरताको आगो राष्ट्रकै लागि महङ्गो पर्न सक्छ : प्रचण्ड

तपाईंहरूले जगाउने आक्रोश र अस्थिरताको आगो राष्ट्रकै लागि महङ्गो पर्न सक्छ : प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनताका अधिकार खोस्ने...