back
sanima relaiance life insurance

skip this prime bank

ओलम्पियन विष्ट टर्की प्रस्थान

1.8K 

shares

काठमाडौँ । नेपाल ओलम्पियन सङ्घका अध्यक्ष दीपक विष्ट टर्कीको इस्तानबुल प्रस्थान गरेका छन् । विश्व ओलम्पियन सङ्घको आयोजनामा इस्तानबुलमा आजदेखि सुरु हुने दुईदिने विश्व ओलम्पियन सम्मेलनमा सहभागी हुन उनी गए राति त्यसतर्फ प्रस्थान गरेका हुन् ।

उक्त सम्मेलनमा विश्वभरबाट एक सय ५० भन्दा बढी ओलम्पियन सहभागी हुने बताइएको छ । नेपाल ओलम्पियन सङ्घले विगत दुई वर्षमा गरेका गतिविधि उक्त सम्मेलनमा प्रस्तुत गर्नेछन् । एसियाली ओलम्पियनको भेला नेपालमा आयोजना गर्ने प्रस्ताव उक्त सम्मेलनमा पेस गर्ने ओलम्पियन विष्टले बताए ।

ओलम्पियन विष्टलाई नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, महासचिव निलेन्द्रराज श्रेष्ठ, नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सङ्घका अध्यक्ष दीपक श्रेष्ठ, ओलम्पियन सङ्घका महासचिव राजेन्द्र भण्डारीलगायतले बिहीबार बिदाइ गरे।


बाढीपीडितको उद्दार, राहत र व्यवस्थापन गर्न भेटेरिनरी एशोसिएसनको आग्रह

बाढीपीडितको उद्दार, राहत र व्यवस्थापन गर्न भेटेरिनरी एशोसिएसनको आग्रह

काठमाडौं । गत बिहीवारदेखि शनिवारसम्म परेको अविरल वर्षाका कारण...

ललितपुरमा वर्षाजन्य विपद् : थप ६ जनाको शव भेटियो

ललितपुरमा वर्षाजन्य विपद् : थप ६ जनाको शव भेटियो

पाटन (ललितपुर) । वर्षाजन्य विपद्मा परी ललितपुरमा मृत्यु भएका...

नेकपा एमालेले बाढीपहिरोपीडितहरुको लागि राहत कोषमा ५० लाख जम्मा गर्ने

नेकपा एमालेले बाढीपहिरोपीडितहरुको लागि राहत कोषमा ५० लाख जम्मा गर्ने

काठमाडौं । नेकपा एमालेले बाढीपहिरोपीडितहरुका लागि सरकारको राहत कोषमा...

परराष्ट्रमन्त्री डा. राणा र एमसीसीका प्रमुख कार्यकारीबीच भेटवार्ता

परराष्ट्रमन्त्री डा. राणा र एमसीसीका प्रमुख कार्यकारीबीच भेटवार्ता

वासिङटन डीसी (अमेरिका) । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा...

नेपाली कांग्रेसको संसदीय दल बैठक बस्दै

नेपाली कांग्रेसको संसदीय दल बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक आज दिउँसो...

ग्लोबल आइएमई बैंकका ग्राहकलाई बुद्ध एयरको टिकट खरिदमा छुट

ग्लोबल आइएमई बैंकका ग्राहकलाई बुद्ध एयरको टिकट खरिदमा छुट

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडका ग्राहक तथा ग्राहकका...