back
RBB

नेपाल पुलिस क्लब फाइनलमा प्रवेश

72 

shares

काठमाडौं । नेपाल पुलिस क्लब पर्साको वीरगञ्जमा जारी प्रथम वीरगञ्ज गोल्डकप, २०८० को फाइनलमा प्रवेश गरेको छ ।

वीरगञ्जस्थित आदर्शनगर रङ्गशालामा बुधबार सम्पन्न पहिलो सेमिफाइनलमा आयोजक भेट्रान सिटी क्लब वीरगञ्जलाई टाइब्रेकरमा ५–४ गोलअन्तरले पराजित गर्दै पुलिस क्लब उपाधी नजिक पुगेको हो । निर्धारित समयमा दुवै टोलीले गोलरहित बराबरी खेलेपछि खेलको नतिजा टाइब्रेकरबाट लिइएको थियो ।

उक्त खेलको प्लेयर अफ दी म्याच पुलिस क्लबका गोलरक्षक सत्रुघन चौधरी घोषित भए । उनलाई आयोजक भेट्रान सिटी क्लब वीरगञ्जका महासचिव पङ्कज श्रेष्ठले रु १० हजार पुरस्कार प्रदान गरे ।

पुलिस क्लबले फाइनलमा आज हुने सङ्कटा क्लब काठमाडौँ र त्रिभुवन आर्मी क्लबबीचको दोस्रो सेमिफाइनल खेलको विजेतासँग सामना गर्ने छ । प्रतिगोयतामा त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, सङ्कटा क्लब, चर्च ब्वाइज युनाइटेड नवलपरासी, झापा एफसी, वीरगञ्ज भेट्रान सिटी क्लब तथा भारतको कोलकाता क्लाइभ हाउस डमडम र दिल्लीको एफसीआई नर्थजोन फुटबल टोली सहभागी छन् ।

वीरगञ्ज महानगरपालिका मुख्य प्रायोजक रहेको उक्त प्रतियोगिताको उपाधि विजेताले रु ११ लाख ११ हजार एक सय ११ र उपविजेताले रु पाँच लाख ५५ हजार पाँच सय ५५ पुरस्कारसहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ । विधागततर्फ उत्कृष्ट हुने खेलाडीलाई जनही रु २० हजार र प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडीलाई रु ५० हजार पुरस्कार प्रदान गरिने छ ।


प्रधानमन्त्री प्रचण्ड र भारतीय समकक्षी मोदीबीच दुबईमा भेटवार्ता

प्रधानमन्त्री प्रचण्ड र भारतीय समकक्षी मोदीबीच दुबईमा भेटवार्ता

दुबइ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतीय समकक्षी...

भरतपुर अस्पतालमा आइसियुको शैंया ३८ पु-याइयो

भरतपुर अस्पतालमा आइसियुको शैंया ३८ पु-याइयो

चितवन । चितवनको भरतपुर अस्पतालको सघन उपचार कक्ष (आइसियु)...

‘गुसी शान्ति पुरस्कार–२०२३’ बाट पूर्व युवराज्ञी हिमानी शाह सम्मानित

‘गुसी शान्ति पुरस्कार–२०२३’ बाट पूर्व युवराज्ञी हिमानी शाह सम्मानित

काठमाडौं । पूर्वयुवराज्ञी हिमानी शाह ‘गुसी शान्ति पुरस्कार २०२३’...

संयुक्त राष्ट्रसङ्घको अहिलेसम्मकै सबैभन्दा ठूलो जलवायु परिवर्तनसम्बन्धी शिखर सम्मेलन यूएईमा

संयुक्त राष्ट्रसङ्घको अहिलेसम्मकै सबैभन्दा ठूलो जलवायु परिवर्तनसम्बन्धी शिखर सम्मेलन यूएईमा

दुबई । कोप–२८ आधिकारिक रूपमा संयुक्त राष्ट्रसङ्घको अहिलेसम्मकै सबैभन्दा...

६० वर्षपछि लालपुर्जा पाइने भएपछि स्थानीयमा खुशीयाली

६० वर्षपछि लालपुर्जा पाइने भएपछि स्थानीयमा खुशीयाली

कैलाली । कैलालीको टीकापुर नगरपालिका–६ का निसाद विक्रम बमको...

काठमाडौँ महानगरले खुलायो जागिर

काठमाडौँ महानगरले खुलायो जागिर

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले गरिब घर परिवार पहिचानका लागि...