back
ntc
global ime bank

प्रथम राष्ट्रपति रनिङ शिल्डको उपाधिमा श्रीकृष्ण मावि

678 

shares

काठमाडौं । चाँगुनारायण नगरव्यापी प्रथम राष्ट्रपति रनिङ शिल्डको उपाधि चाँगुनारायण नगरपालिका–७ खरिपाटीस्थित श्रीकृष्ण माध्यमिक विद्यालयले उचालेको छ ।

चाँगुनारायण नगरपालिकाले आयोजना गरेको प्रतियोगतामा नौ स्वर्ण, सात रजत र तीन कास्य गरी कुल १९ पदक प्राप्त गर्दै प्रथम हुन सफल श्रीकृष्ण माविले राष्ट्रपति रनिङ शिल्डको उपाधि हात पारेको हो ।

प्रतियोगितामा सात स्वर्ण, चार रजत र छ कास्य पदकसहित कुल १७ वटा पदक प्राप्त गर्दै पारिजात विद्याकुञ्ज दोस्रो र सात स्वर्ण, चार रजत र पाँच कास्य पदकसहित १६ पदक प्राप्त गर्दै चाँगुनारायण माध्यमिक विद्यालय तृृतीय भएको थियो ।

प्रतियोगितामा महेन्द्रगाम माविले चार स्वर्ण, चार रजत र तीन कास्य पदकसहित चौथो र प्रज्ञा इङ्लिस स्कुलले पाँचौँ भएको थियो । तेक्वान्दो, उसु, एथलेटिक्स, कराते, भलिबल र कबड्डी खेल समावेश भएको प्रतियोगितामा नगरपालिकाभित्रबाट ३१ विद्यालयका दुई सय ८९ छात्र र एक सय ८९ छात्राको सहभागिता रहेकामा २२ वटा विद्यालयले पदक हात पारेका थिए ।

नगरपालिकाले बिहीबार आयोजना गरेको पुरस्कार वितरण कार्यक्रममा नगरप्रमुख जीवन खत्रीले विद्यार्थीलाई रनिङ शिल्ड, प्रमाणपत्र, मेडल प्रदान गरे । उनले युवाहरूलाई खेलकुदतर्फ आकर्षित गर्न नगरपालिकाले विद्यालयलाई खेलकुदमैत्री बनाउने र खेलको विकास गर्दै नगरपालिकाबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी उत्पादन गर्न नगरपालिका लागिपरेको बताए ।

खेलकुदले युवा विद्यार्थीलाई अनुशासित, जिम्मेवार र राष्ट्रवादी बनाउने बताउँदै उहाँले आगामी दिनमा खेलकुद प्रतियोगितालाई थप विस्तार गर्दै लैजाने र विभिन्न खेललाई नगरस्तरीय, अन्तरपालिकास्तरीय र राष्ट्रियस्तरका प्रतियोगिता गर्दै जाने योजना रहेको बताए । नगरपालिकाले आयोजना गरेको विभिन्न खेलहरूमा विद्यालयले प्राप्त गरेको पदकका आधारमा प्रथम, दोस्रो र तेस्रो छनोट गरिएको नगरपालिकाको शिक्षा तथा खेलकुद शाखाका प्रमुख वीरबहादुर खड्काले जानकारी दिए ।


प्रेमको प्रतीक रानीमहल

प्रेमको प्रतीक रानीमहल

प्रेमको प्रतीक मानिने पाल्पाको रानीमहल । कालीगण्डकी नदीको तटमा...

अबुधाबीबाट पनि श्रम स्वीकृति

अबुधाबीबाट पनि श्रम स्वीकृति

काठमाडौं । सरकारले संयुक्त अरब इमिरेट्स (यूएई)बाट पनि श्रम...

तोलाको एक लाख ७० हजार नाघ्यो सुनको मूल्य

तोलाको एक लाख ७० हजार नाघ्यो सुनको मूल्य

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य बढेको छ...

विद्यार्थीमाथि यातना दिनेलाई हदैसम्मको कारबाही गर्न मन्त्रालयको निर्देशन

विद्यार्थीमाथि यातना दिनेलाई हदैसम्मको कारबाही गर्न मन्त्रालयको निर्देशन

काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यार्थीमाथि यातना...

परराष्ट्रमन्त्री डा. राणा ओमन प्रस्थान

परराष्ट्रमन्त्री डा. राणा ओमन प्रस्थान

काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले ओमन प्रस्थान...

निजामती कर्मचारी संगठनको उपत्यका प्रदेश महासचिवमा ठटाल

निजामती कर्मचारी संगठनको उपत्यका प्रदेश महासचिवमा ठटाल

काठमाडौं । नेकपा एमालेनिकट नेपाल निजामती कर्मचारी संगठन, उपत्यका...