back
sanima relaince life
citizen life
machapuchre bank

चन्द्रावती माध्यमिक विद्यालय बेलघारीले मनायो, ४१ औं वार्षिकोत्सव

696 

shares
sanima relaince life
citizen life
machapuchre bank

सिन्धुली । तीनपाटन गाउँपालिका वडा नम्बर १ बेलघारीस्थित चन्द्रावती माध्यमिक विद्यालयले स्थापनाको ४१ औं वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य कार्यक्रमबीच सम्पन्न गरेको छ । कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खेमराज दाहालको अध्यक्षता र तीनपाटन गाउँपालिका उपाध्यक्ष धनबहादुर पुलामी मगरको प्रमुख आतिथ्यतामा सम्पन्न गरेको हो ।

उपाध्यक्ष मगरले विद्यालयको विकास तथा गुणस्तरीय शिक्षाका लागि स्थानीय सरकारले जस्तोसुकै सहयोग गर्न पछि नपर्ने बताएका छन् । त्योसँगै गाउँपालिकाले विद्यालयको जग्गा विवाद मिलाउन सहजिकरण गर्ने वचनवद्धा व्यक्त गरेका छन् ।

कार्यक्रममा पूर्व प्रधानध्यापक रामजी सुवेदी, भुवन प्रसाद दाहाल, अर्जुन प्रसाद बराल, केशब प्रसाद पहाडी, अर्जुन कुमार घिमिरे, पूर्व विद्यालय व्यवस्थापन समिति अध्यक्ष खेमराज दाहाल, कृष्णहरि घिमिरे, गम्भीर सिंह तामाङ, नानीमाया पाण्डेलगायतलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा प्रधानध्यापक चेत बहादुर तामाङ्गले १ करोड २५ लाख ५४ हजार ३ सय ६५ रूपैया बराबरको बार्षिक आय(व्याय प्रस्तुत गरेका थिए । त्यसैगरी पूर्व विध्यार्थी धनबहादुर सुनुवारले आफ्नो बुबा बुद्धबहादुर सुनुवार र आमा दिलमाया सुनुवारको नाममा अक्षय कोष र पदम प्रसाद बराल र तोया बरालको नाममा खडा गरिएको अक्षय कोषबाट बिद्यालका गरिब तथा जेहेनदार १४ जना बालबालिकालाई छात्रावृत्ति प्रदान गरिएको थियो ।

त्यसैगरी कक्षागत प्रथम, द्वितीय, तृतीय हुने विद्यार्थी तथा खेलकुदमा उत्कृष्ठ हुने बालबालिकालाई छात्रवृत्ति वितरण गरिएको थियो । उत्कृष्ठ शिक्षक लक्ष्मी कुमारी पोखरेल, लता ढुङ्गेल र पुरूषोतम परियालाई पनि सम्मान गरिएको थियो ।

कार्यक्रममा तीनपाटन गाउँपालिका वडा नम्बर १ का वडाध्यक्ष गोविन्द बहादुर राउत, नेपाली काँग्रेसका मुकेश घिमिरे, नेकपा एमालेका विष्णु नेपाल, नेकपा माओवादी केन्द्रका रमेश अधिकारी लगायतले शुभकामना मन्तव्य राखेका थिए। शिक्षिका सरिता श्रेष्ठले कार्यक्रम संचालन गरेकी थिइन् ।


पोखरामा बस दुर्घटना हुँदा २२ जना घाइते

पोखरामा बस दुर्घटना हुँदा २२ जना घाइते

पोखरा । पोखरामा बस दुर्घटनामा हुँदा २२ जना घाइते...

रवीन्द्र मिश्रलाई इजलासमा उपस्थित गराउन सर्वोच्चको आदेश

रवीन्द्र मिश्रलाई इजलासमा उपस्थित गराउन सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ...

नेपालको रेलवे निर्माणमा कोरियाली कम्पनी इच्छुक

नेपालको रेलवे निर्माणमा कोरियाली कम्पनी इच्छुक

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग दक्षिण कोरियाको ‘कोरिया...

व्यवसायीहरूले केवल नाफाका लागि मात्रै काम गर्छन् भन्ने सोच गलत हो : चन्द्र ढकाल

व्यवसायीहरूले केवल नाफाका लागि मात्रै काम गर्छन् भन्ने सोच गलत हो : चन्द्र ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले...

उरुग्वेका ‘सबैभन्दा गरिब राष्ट्रपति’ मुजिकाको ८९ वर्षको उमेरमा निधन

उरुग्वेका ‘सबैभन्दा गरिब राष्ट्रपति’ मुजिकाको ८९ वर्षको उमेरमा निधन

मोन्टेभिडियो। उरुग्वेका पूर्व राष्ट्रपति जोसे ‘पेपे’ मुजिका, पूर्व–छापामार लडाकू...

प्रधानमन्त्रीद्वारा प्रेस चौतारी नेपालको प्रशिक्षण वर्ष–२०८२ को ‘लोगो’ सार्वजनिक

प्रधानमन्त्रीद्वारा प्रेस चौतारी नेपालको प्रशिक्षण वर्ष–२०८२ को ‘लोगो’ सार्वजनिक

काठमाडौँ। प्रेस चौतारी नेपालको प्रशिक्षण वर्ष २०८२ को लोगो...