back

हङकङलाई हराउदै भारत एशिया कपको सुपर फोरमा

काठमाडौँ । भारत एशिया कपको सुपर फोरमा प्रवेश गरेको छ । बुधबार राति सम्पन्न खेलमा हङकङलाई ४० रनले पराजित गर्दै भारत एशिया कपको सुपर फोरमा पुगेको हो ।

भारतले दिएको १९३ रनको लक्ष्य पछाएको हङकङले २० ओभरमा ५ विकेट गुमाउदै १५२ रन मात्र बनाएपछि खेल भारतले ४० रनले जितेको थियो ।

यस अघि टस हारेर पहिला ब्याटिंग गरेको भारतले सूर्यकुमार यादवको २६ बलमा अविजित ६८ र विराट कोहलीको ४४ बलमा अविजित ५९ रनको मद्धतले २० ओभरमा २ विकेट गुमाउदै १९२ रन बनाएको थियो ।

योजितपछि भारतले जारी एशिया कपको समुह ए मा लगातार दोस्रो जित हासिल गरेको छ । भारतले यसअघि पाकिस्तानलाई पराजित गरेको थियो ।

योसँगै भारत सुपर फोरमा पुग्ने दोस्रो टिम बनेको छ ।

यसअघि समुह बि बाट अफगानिस्तान लगातार दुई खेल जितेर सुपर फोरमा पुगिसकेको छ ।


नुवाकोटको बेतिनीमा दुर्घटना हुँदा तीनको मृत्यु

नुवाकोटको बेतिनीमा दुर्घटना हुँदा तीनको मृत्यु

नुवाकोट । नुवाकोटको दुप्चेश्वर गाउँपालिका–४ बेतिनीमा यात्रुबाहक टाटासुमो दुर्घटना...

उपनिर्वाचनका लागि एमालेले आज उम्मेदवार टुङ्गो लगाउने

उपनिर्वाचनका लागि एमालेले आज उम्मेदवार टुङ्गो लगाउने

काठमाडौंं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) ले आसन्न...

रास्वपाका तीन उम्मेदवारले संयुक्त पत्रकार सम्मेलन गर्दै

रास्वपाका तीन उम्मेदवारले संयुक्त पत्रकार सम्मेलन गर्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तीन उम्मेदवारले...

प्रधानमन्त्री प्रचण्डले मिटरब्याज पीडितसँग छलफल गर्दै

प्रधानमन्त्री प्रचण्डले मिटरब्याज पीडितसँग छलफल गर्दै

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मिटरब्याज पीडितसँग छलफल...

राष्ट्रपति पौडेलद्वारा नवनियुक्त उपप्रधानमन्त्री र मन्त्रीहरको शपथ ग्रहण

राष्ट्रपति पौडेलद्वारा नवनियुक्त उपप्रधानमन्त्री र मन्त्रीहरको शपथ ग्रहण

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त उपप्रधानमन्त्री एवम् मन्त्रीलाई...

खानेपानी मन्त्री अब्दुल खानले दिए राजीनामा

खानेपानी मन्त्री अब्दुल खानले दिए राजीनामा

काठमाडौं । सातौंपटकको मन्त्रिपरिषद् पुनर्गठनकै बेला प्रधानमन्त्री पुष्पकमल दाहाल...