ए झरि ! ए बाढी ! ए बादल !
1.7K
sharesइन्दिरा निरौला
किन उसको छानो भत्काउन तम्सन्छस्
किन भिजाउँछस उसका गुन्द्रीहरू ?
किन गलाउँछस उसको सिरानी ?
तलाई था छ उ भोको छ,उ नाङ्गो छ,
यो जुनिभर उसको एउटा छानो छ।
त्यै देखेर बारम्बार मरेको राज्यमा मरेको मान्छे मार्न किन आउछस
ए बर्षा !!!
आउनु पर्थ्यो तैले उसको गरिबी मार्न।
आउनु पर्थ्यो तैले उसको गरिबी बगाउन
तर सधैं छानो बगाउन मात्रै आउने।
धिक्कार छ।
एकातिर राज्यले मारेको छ ।
अर्कोतिर बाढीले बगाएको छ ।
न राज्य आफ्नो भयो न सरकारले सहानुभूति दियो ।
व्यवस्था बदलियो
अवस्था बदलिएन
आन्दोलनको ज्वारभाटा चल्यो
गरिबीको नारा धेरै घन्कियो
भाषण अभद्र चर्कियो
राँको बल्यो
समाचार छापियो
धनीहरू अझै धनी बने
गरिबको कोही भएन, केही भएन
घरी झरी हेर्छु
घरी झुपडी हेर्छु
एकनासले बर्सिरहेछ
छानो बगाउन तम्सिरहेछ ।
न झरी रोकिन्छ न झुपडी तङ्ग्रिन्छ
दुवै झन् झन् कठोर बन्दै छन् ।
म एकनासले हेरिरहेछु गरिबीको नियति ।
वि.सं.२०८१ असोज १२ शनिवार १७:२३