लाज पनि लजायो
1.3K
sharesचरित्रहिन चाङमा चुर्लुम्म डुबेपछि सम्भावनाका बन्द बाटोमा
जिन्दगीको भिख माग्दै सौता बन्न पुगेकी अनैतिक एक शकुनि आत्मा
नैतिकताको पाठ सिकाउदै बस्ती पसेर बर्बराउन थालेकी रहेछ।
जसरी राम राज्यमा सुवर्ण खाँ पसेकी थिई।
खै कुन प्रयोजनका लागि हो…
अन्न नफल्ने बाँजो बारीमा उभिएर।
धर्ती फाँड्छु भन्छे,सपना बाँड्छु भन्छे।
अरुको सपनामा सैतान बनेर आएकी
एक अपराधी अस्तित्वहिन अर्धाङगीनी।
सम्बन्ध चुडीएको,मन कुडिएको माटो नभएको बाँझो बारीमा खेताल बन्न पुगेकी छ कठै बिचरी।
असामाजिक सत्वबाट शिर उठाएर सामज सेवी बन्ने मृग तृष्ण बोकेर आएकी नैतिकताहिन चित्राङ्गिनीको नाङ्गो लिला।
उहिले देख्न पाइन्थ्यो महाभारत कालमा
शरिस्ताको रुपमा। उहिले देख्न पाइन्थ्यो रामायण कालमा सुवण खाँ को रुपमा ।
अहिले देख्न पाइएको छ बिचरी…सौता समाजसेवीको नाउँमा।
लोभ,लाभ,सम्पत्ति र सम्पन्नताको बुइ चढेर बिपत्तिको विश्राम लिन भनी..
सभ्यताको शिर काटेर समाजमा सौता बनेर आएकी नरभंक्षी नारी।
आज गाउँमा छिरेकी छे।
नैतिकता गिरेकी छे।
पगरी भिरेकी छे।
खबरदार ….
युग,समय,सुर्य सधैं साँची छ।
तिम्रो नक्कली आचारण अनि ढोगी चरित्रको चर्तिकला चिहानमा अवश्य जल्नेछ।
यो युग यहि पर्खाइमा छ।
वि.सं.२०८१ मंसिर ४ मंगलवार १२:१५