back
ntc
global ime bank

अबुधाबीबाट पनि श्रम स्वीकृति

336 

shares

काठमाडौं । सरकारले संयुक्त अरब इमिरेट्स (यूएई)बाट पनि श्रम स्वीकृति प्रदान गर्ने व्यवस्था मिलाएको छ । बिहीबार दुबईमा आयोजित एक कार्यक्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत्सिंह भण्डारीले उक्त सेवाको सुरुगरे ।

अबुधाबीस्थित नेपाली दूतावासका अनुसार मन्त्री भण्डारीले सरकारले वैदेशिक रोजगारीमा गएका श्रमिकहरुको हित र सुविधालाई ध्यानमा राखी राज्यले प्रदान गर्ने सेवा सुविधालाई सहज, सरल र प्रविधिमैत्री बनाउँदै लैजाने बताए ।

उनले सम्बन्धित दूतावासहरुबाटै श्रम स्वीकृति उपलब्ध गराउने व्यवस्थाले नेपाली श्रमिक लाभान्वित हुने, नेपालमा गइरहनुपर्ने झन्झटबाट मुक्त हुने र आफ्नो पेसा र व्यवसायलाई निरन्तरता दिन सहज हुने बताए ।

मन्त्री भण्डारीले यो व्यवस्था क्रमैसँग अन्य दूतावासबाट पनि प्रवाह हुने बताए ।

संयुक्त अरब इमिरेट्सका लागि नेपालका राजदूत तेजबहादुर क्षेत्रीले श्रमिकका लागि दूतावासले गरिरहेका कामबारे जानकारी दिँदै ‘अनलाइन’ श्रम स्वीकृति सेवा दूतावासबाटै उपलब्ध भएपछि सरकारले श्रमिकलाई उपलब्ध गराउने सुविधा लिन सहज हुने विश्वास व्यक्त गरे ।


परराष्ट्रमन्त्री डा. राणा र युक्रेनका विदेशमन्त्री सिबिहाबीच भेटवार्ता

परराष्ट्रमन्त्री डा. राणा र युक्रेनका विदेशमन्त्री सिबिहाबीच भेटवार्ता

काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र युक्रेनका...

नेपालमा स्थिर राजनीतिक प्रणाली आवश्यक : विप्लव

नेपालमा स्थिर राजनीतिक प्रणाली आवश्यक : विप्लव

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले...

कानुनी राज्यको प्रत्याभूति दिलाउन पहल गर्ने छु : आईजीपी थापा

कानुनी राज्यको प्रत्याभूति दिलाउन पहल गर्ने छु : आईजीपी थापा

काठमाडौं । गृहसचिव गोकर्णमणि दुवाडीले नेपाल प्रहरीका नवनियुक्त प्रहरी...

हिमालयन बैंक र सामाजिक सुरक्षा कोषबीच योगदान रकम जम्मा गर्ने सम्झौता

हिमालयन बैंक र सामाजिक सुरक्षा कोषबीच योगदान रकम जम्मा गर्ने सम्झौता

काठमाडौँ । हिमालयन बैंक लिमिटेड र श्रम, रोजगार तथा...

एनएमबि बैंकद्वारा दीगो भविष्यका लागि ग्रीन सेभिङ्स डिपोजिट सुरु

एनएमबि बैंकद्वारा दीगो भविष्यका लागि ग्रीन सेभिङ्स डिपोजिट सुरु

काठमाडौं । एनएमबि बैंकले ग्रीन सेभिङ्स डिपोजिट (हरित बचत...

सुनको मूल्यमा फेरि नयाँ रेकर्ड, तोलाको कति ?

सुनको मूल्यमा फेरि नयाँ रेकर्ड, तोलाको कति ?

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य बढेको छ...