back
prabhu bank
sanima relaince life

दुर्घटना न्यूनीकरण गर्न चालक र सहचालकको स्वास्थ्य परीक्षण

486 

shares
prabhu bank
sanima relaince life

काठमाडौं । नुवाकोटमा सवारीसाधन चलाउँदै आएका चालक र सहचालकको स्वास्थ्य परीक्षण गर्न थालिएको छ ।

आइतबारदेखि थालिएको सोे शिविरमा जिल्ला सदरमुकाम विदुरको सडक हँुदै आउजाउ गर्ने विशेष गरेर यात्रुबाहक सवारी साधनको चालक र सहचालकको स्वास्थ्य परीक्षणसहित औषधि उपलब्ध गराइएको ट्राफिक प्रहरी कार्यालय नुवाकोटका प्रमुख वरिष्ठ प्रहरी नायब निरीक्षक मिलनकुमार सिंहले जानकारी दिए । उनका अनुसार सवारी दुर्घटना न्यूनीकरण गर्न लागी चालक र सहचालकको स्वास्थ्य परीक्षण गरेर चिकित्सकको पुर्जीअनुसार उनीहरुलाई अत्यावश्यक औषधि निःशुल्क वितरण थालिएको हो ।

“सवारी दुर्घटनाको कारणमध्ये चालकको लापर्बाहीमा उसको स्वास्थ्य अवस्था प्रमुख समस्या पाइएपछि शिविर सञ्चालनमा ल्याइएको हो ।” उनले भने, “परीक्षणमा संलग्न स्वास्थ्यकर्मीले चालक–सहचालको आँखा, रक्तचापलगायतको अवस्थालाई प्राथमिकता दिएर परीक्षण गराउन थालिएको छ ।”

ट्राफिक प्रहरीले यसअघि ‘चालकसँग दुई मिनेट’ कार्यक्रममार्फत यात्रामा रहेका चालकलाई रोकेर ट्राफिक नियम तथा जनचेतना जगाउँदै आइरहेको थियो । उक्त कार्यक्रम प्रभावकारी भए पनि चालकले गाडी रोकर बस्न बाध्य बनाएकोजस्तो प्रतिक्रिया देखाएपछि उक्त अभियानलाई समेत सहयोग पु¥याउने उद्देश्यले परिस्कृत स्वरुपमा स्वास्थ्य शिविर सञ्चालनमा ल्याइएको हो ।

यात्रुबाहक सवारी साधनको चालक र सहचालकले यात्रुलाई सेवा पु¥याउने क्रममा आफ्नो घरमा समेत पुग्न नसक्ने, स्वास्थ्य जाँच गराउन समय दिन नसक्ने तथा स्वास्थ्य समस्या देखिएपनि गाडी चलाएर आउजाउ गर्दा बाँसस्थान परिवर्तनले नियमित औषधि सेवन गर्न नपाएको समस्यालाई समेत शिविरबाट लाभ पुग्ने प्रहरीले जनाएको छ ।

पछिल्लो एक महिनादेखि सबै किसिमका सवारी साधनको पाटपुर्जाको अवस्था जाँच सुरु गरेको ट्राफिक प्रहरीले आइतबारदेखि सुरु गरेको चालकको स्वास्थ्य परीक्षण शिविरलाई नियमितरुपमा अघि बढाउदै लैजाने जनाएको छ । स्वास्थ्य परीक्षणको लागि सापकोटा मेडिकल हल तथा पोलिक्लिनिक बट्टारले स्वास्थ्यकर्मी र आवश्यक औषधि निःशुल्क उपलब्ध गराएको छ ।

शिविरमार्फत चालक र सहचालकको स्वास्थ्य परीक्षणसहित उनीहरुलाई ट्राफिक नियमसम्बन्धीको जानकारी गराउने र सोही समयमा सवारी साधनको पाटपुर्जासमेत जाँच गरिने ट्राफिक प्रहरी प्रमुख सिंहले बताए । शिविरमार्फत चालक तथा सहचालकलाई केही समय आराम गरेर मानसिकरुपमा तन्दुरुस्ती बनाउन र ट्राफिक प्रहरीसँगको सहकार्य बढाउनसमेत सहयोग पुग्ने विश्वास गरिएको छ ।


डिजिटल नवप्रवर्तनमा माछापुच्छ्रे बैंकलाई अन्तर्राष्ट्रिय प्लाटिनम अवार्ड

डिजिटल नवप्रवर्तनमा माछापुच्छ्रे बैंकलाई अन्तर्राष्ट्रिय प्लाटिनम अवार्ड

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेड इन्फोसिस फिनाकल इनोभेसन अवार्ड...

प्रदेशको सफलता नै संघीय लोकतान्त्रिक गणतन्त्रको सफलता हो : राष्ट्रपति पौडेल

प्रदेशको सफलता नै संघीय लोकतान्त्रिक गणतन्त्रको सफलता हो : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले पछिल्ला आन्दोलनहरूको उपलब्धिलाई संस्थागत...

निजामती सेवासम्बन्धी विधेयकको कुलिङको विषयमा त्रुटी होईन षड्यन्त्र भयो : पाण्डे

निजामती सेवासम्बन्धी विधेयकको कुलिङको विषयमा त्रुटी होईन षड्यन्त्र भयो : पाण्डे

काठमाडौं । नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले...

सभापति खतिवडाले नैतिकताका आधारमा राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्छ : सांसद गिरी

सभापति खतिवडाले नैतिकताका आधारमा राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्छ : सांसद गिरी

काठमाडौं । नेकपा एमालेका सांसद पदम गिरीले राज्यव्यवस्था तथा...

निजामती विधेयकमा चलखेलमा जोसुकै दोषी भए पनि कारबाही हुनुपर्छ : प्रकाशमान

निजामती विधेयकमा चलखेलमा जोसुकै दोषी भए पनि कारबाही हुनुपर्छ : प्रकाशमान

काठमाडौं । शहरी विकासमन्त्री प्रकाशमान सिंहले निजामती विधेयकमा चलखेल...

कर्मचारी विधेयकः समिति सभापति खतिवडालाई गलपासो

कर्मचारी विधेयकः समिति सभापति खतिवडालाई गलपासो

काठमाडौं । राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि...