back
prabhu bank
sanima relaince life

राजीनामा दिँदै मुख्यमन्त्री राउत

708 

shares
prabhu bank
sanima relaince life

जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा०) अध्यक्ष (उपेन्द्र यादव) को निर्देशनपछि मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले पदबाट राजीनामा दिने तयारी गरेका छन् ।

आज(भोलिसम्म राजीनामा दिने तयारीमा मुख्यमन्त्री राउत रहेको एक बहालवाला मन्त्रीले जानकारी दिए । मुख्यमन्त्री राउतको राजीनामा गराएर अर्थमन्त्री शैलेन्द्र साहलाई मुख्यमन्त्री बनाउने तयारी उपेन्द्र यादवले गरेको स्रोतले बताएको छ ।

मधेस सरकारको लोकप्रिय कार्यक्रम ‘बेटी पढाऊ, बेटी बचाऊ’ अन्तर्गत छोरीलाई वितरण गरिएको साइकल खरिदमा भ्रष्टाचार भएको ठहरपछि उनको पार्टी नेतृत्व मुख्यमन्त्री राउतबाट चिढिएको हो । दोस्रो चरणमा गरिएको कुनै ब्रान्ड नभएको १७ हजारवटा साइकल खरिदमा १० करोड ३३ लाख रुपैयाँ भ्रष्टाचार भएको ठहर गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ८ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

मुख्यमन्त्री कार्यालयका तत्कालीन प्रदेश सचिव यामप्रसाद भुसाल, उपसचिव दिलीपकुमार प्रधान, सिनियर डिभिजनल इन्जिनियर भगवान झा, अधिकृत आठौँ तहका सुरेन्द्रकुमार कणर्, सहलेखापाल राजाराम मण्डल, भण्डार शाखा प्रमुख स्वार्थ महतो, भण्डार शाखाका खरिदार मोहनकुमार दास र ओम सत्य साई प्रालिका प्रबन्ध निर्देशक रेनु अग्रवालविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरिएको छ ।

दोस्रो चरणमा भएको १७ हजार साइकल खरिदमा मुख्यमन्त्री राउत र प्रमुख सचिवको संलग्नता नपाइएको भन्दै अख्तियारले उन्मुक्ति दिए पनि मुख्यमन्त्री राउत नैतिक संकटमा परेका छन् । उनको चौतर्फी चर्को आलोचनासँगै राजीनामाको माग उठिरहेको थियो ।

अख्तियारले पहिलो चरणमा भएको १० हजार साइकल खरिद प्रक्रणको पनि अनुसन्धान थालेको छ । खरिद प्रक्रियामा आफ्नो कुनै संलग्नता नरहेको दाबी गर्दै कुनै कागजातमा समेत आफूले हस्ताक्षर नगरेको तर्क गरेर अख्तियारको दण्डबाट उम्केका मुख्यमन्त्री राउत पहिलो चरणमा दुईपटक गरी १४ हजार भएको साइकल खरिद प्रक्रियामा भने संलग्न छन् ।

त्यसैले अख्तियारले पहिलो चरणमा भएको १४ हजार साइकल खरिदको अनुसन्धान गर्न सोझिएको छ । अख्तियराले गत साउन २० गते मुख्यमन्त्री कार्यालयलाई पत्र लेखेर कागजात माग गरेपछि १४ हजार साइकल खरिदको फाइल नै गायब भएको छ ।

फाइल कार्यालयमा फेला नपरेको र अख्तियारलई पठाउन खोजबिन भइरहेको मुख्यमन्त्री कार्यालयका प्रमुख सचिव कृष्णबहादुर राउतले स्वीकार गरेका छन् । सो फाइल मुख्यमन्त्री लालबाबु राउत फस्ने डरले फाइल गायब गरेको कार्यालय स्रोतको दाबी छ ।


जितु नेपाल पुनः बिज एजुकेशनकन्सल्टेन्सीका ब्रान्ड एम्बेसडर

जितु नेपाल पुनः बिज एजुकेशनकन्सल्टेन्सीका ब्रान्ड एम्बेसडर

भक्तपुर । भक्तपुर गठ्ठाघरमा अवस्थितशैक्षिक परामर्श संस्थाबिज एजुकेशनकन्सल्टेन्सीले चर्चित...

नेकपा एसको धनुषा अध्यक्षमा राजकुमार सर्वसम्मत चयन

नेकपा एसको धनुषा अध्यक्षमा राजकुमार सर्वसम्मत चयन

जनकपुर । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को धनुषा जिल्ला...

जगदम्बा स्टिल उद्योगको भट्टी विस्फोट, एक घाइते

जगदम्बा स्टिल उद्योगको भट्टी विस्फोट, एक घाइते

बारा । बारामा रहेको जगदम्बा स्टिल उद्योगको फलाम पगाल्ने...

डिजिटल नवप्रवर्तनमा माछापुच्छ्रे बैंकलाई अन्तर्राष्ट्रिय प्लाटिनम अवार्ड

डिजिटल नवप्रवर्तनमा माछापुच्छ्रे बैंकलाई अन्तर्राष्ट्रिय प्लाटिनम अवार्ड

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेड इन्फोसिस फिनाकल इनोभेसन अवार्ड...

प्रदेशको सफलता नै संघीय लोकतान्त्रिक गणतन्त्रको सफलता हो : राष्ट्रपति पौडेल

प्रदेशको सफलता नै संघीय लोकतान्त्रिक गणतन्त्रको सफलता हो : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले पछिल्ला आन्दोलनहरूको उपलब्धिलाई संस्थागत...

निजामती सेवासम्बन्धी विधेयकको कुलिङको विषयमा त्रुटी होईन षड्यन्त्र भयो : पाण्डे

निजामती सेवासम्बन्धी विधेयकको कुलिङको विषयमा त्रुटी होईन षड्यन्त्र भयो : पाण्डे

काठमाडौं । नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले...