लक्ष्मी सनराइज बैंक र अपर सेती हाइड्रोबिच सम्झौता
762
sharesकाठमाडौं । लक्ष्मी सनराइज बैंक र अपर सेती हाइड्रो प्रा।लि। बीच कम्पनीको कास्की जिल्लास्थित सेती नदीमा २० मेगावाट क्षमताको माथिल्लो सेती खोला जलविद्युत आयोजनामा लगानी गर्ने सम्झौता भएको छ ।
उक्त आयोजनाको कूल लागत ४।०२ अर्ब रहेको छ । यो सहकार्यले नेपालको नवीकरणीय ऊर्जा परिदृश्यमा महत्वपूर्ण भूमिका खेल्ने बैंकले जनाएको छ । अपर सेती हाइड्रोले माघ १७ गते विद्युत विकास विभागबाट आयोजना निर्माणको लागि विद्युत उत्पादनको अनुमति पत्र प्राप्त गरिसकेको छ ।
साथै गत असोज १० मा नेपाल विद्युत प्राधिकरणसँग विद्युत खरिद बिक्री सम्झौता समेत गरिसकेकोे कम्पनीले जनाएको छ । सो कम्पनीको प्रवद्र्धकको रुपमा नेपालको के।सी। ग्रुप रहेको छ ।
सो परियोजना निमार्णको लागि लक्ष्मी सनराइज बैंक एक्लैले परियोजना लागतको ७५ प्रतिशत लगानी गर्ने प्रतिवद्धता जनाएको छ भने बाँकी २५ प्रतिशत रकम सो कम्पनीका प्रर्वदक÷संस्थापकहरुको लगानी रहने छ । लक्ष्मी सनराइज बैंकको प्रोजेक्ट फाइनान्स ९टर्म लोन० प्रतिवद्धता ३।०२ अर्ब रहेको छ जसले दिगो विकासलाई बढावा दिने बैंकको योजनालाई अझ सार्थक बनाउनेछ ।
२० मेगावाट क्षमताको सो आयोजना निमार्ण पश्चात् वार्षिक करिव ११३।५१ गिगावाट आवर इनर्जी विद्युत राष्ट्रिय प्रसारण लाइनमा जडान हुनुको साथै बैंकको विद्यमान १४०० मेगावाट भन्दा बढीको पोर्टफोलियोमा अझ सुदृढ हुँदै लक्ष्मी सनराइज बैंकको हरित ऊर्जा प्रवद्र्धनप्रति निरन्तर प्रतिबद्धतालाई जोड दिनेछ
वि.सं.२०८० माघ १५ सोमवार १३:२६