back
prabhu bank
sanima relaince life

एनआईसी एशिया बैंकद्वारा ग्राहकलाई प्यान नम्बर अद्यावधिक अनुरोध

1.1K 

shares
prabhu bank
sanima relaince life

काठमाडौं । एनआईसी एशिया बैंकले ग्राहकलाई आफ्नो खातामा स्थायी लेखा (प्यान) नम्बर अद्यावधिक गर्न आग्रह गरेको छ । बैंकका ग्राहकको खाताबाट गरिएको करकट्टीको विवरण “आयकर ऐन २०५८” बमोजिम नेपाल सरकार, अर्थ मन्त्रालय, आन्तरिक राजश्व विभागद्वारा जारी गरिएको स्थायी लेखा नम्बर प्रणालीमा आबद्ध गर्नुपर्ने भएकोले यस्तो आग्रह गरेको हो । बैंकको पोर्टल या मोबाइल बैंकिङमार्फत आफ्नो प्यान यथाशीघ्र अद्यावधिक गर्न बैंकले अनुारेध गरेको छ ।

बैकले आफूलाई पायक पर्ने यस बैंकको जुनसुकै शाखा कार्यालयबाट समेत आफ्नो खातामा प्यान अद्यावधिक गर्नको लागि आवेदन दिन सकिने जनाएको छ । यसअघि बैंकलाई प्यान उपलब्ध गराएर पनि करकट्टीको विवरण समावेश नभएको खण्डमा बैंकको नजिकैको शाखा कार्यालयमा सम्पर्क गर्न बैंकले आग्रह गरेको छ ।

हाल बैंकले मुलुकभर ३६० शाखा कार्यालयहरू, ६७० एटिएम, ११८ वटा विस्तारित काउन्टर एवं ५१ वटा शाखा रहित शाखा सञ्जाल विस्तार गरेको छ । देशको कुल जनसङ्ख्यामध्ये २० वर्षदेखि ५० वर्ष उमेर समूहसम्मको आर्थिक रूपमा सक्रिय जनसङ्ख्याको करिब २५ प्रतिशत जनतालाई सेवा दिन यस बैंक सफल भएको छ ।

वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रुकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरूमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ ।


जितु नेपाल पुनः बिज एजुकेशनकन्सल्टेन्सीका ब्रान्ड एम्बेसडर

जितु नेपाल पुनः बिज एजुकेशनकन्सल्टेन्सीका ब्रान्ड एम्बेसडर

भक्तपुर । भक्तपुर गठ्ठाघरमा अवस्थितशैक्षिक परामर्श संस्थाबिज एजुकेशनकन्सल्टेन्सीले चर्चित...

नेकपा एसको धनुषा अध्यक्षमा राजकुमार सर्वसम्मत चयन

नेकपा एसको धनुषा अध्यक्षमा राजकुमार सर्वसम्मत चयन

जनकपुर । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को धनुषा जिल्ला...

जगदम्बा स्टिल उद्योगको भट्टी विस्फोट, एक घाइते

जगदम्बा स्टिल उद्योगको भट्टी विस्फोट, एक घाइते

बारा । बारामा रहेको जगदम्बा स्टिल उद्योगको फलाम पगाल्ने...

डिजिटल नवप्रवर्तनमा माछापुच्छ्रे बैंकलाई अन्तर्राष्ट्रिय प्लाटिनम अवार्ड

डिजिटल नवप्रवर्तनमा माछापुच्छ्रे बैंकलाई अन्तर्राष्ट्रिय प्लाटिनम अवार्ड

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेड इन्फोसिस फिनाकल इनोभेसन अवार्ड...

प्रदेशको सफलता नै संघीय लोकतान्त्रिक गणतन्त्रको सफलता हो : राष्ट्रपति पौडेल

प्रदेशको सफलता नै संघीय लोकतान्त्रिक गणतन्त्रको सफलता हो : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले पछिल्ला आन्दोलनहरूको उपलब्धिलाई संस्थागत...

निजामती सेवासम्बन्धी विधेयकको कुलिङको विषयमा त्रुटी होईन षड्यन्त्र भयो : पाण्डे

निजामती सेवासम्बन्धी विधेयकको कुलिङको विषयमा त्रुटी होईन षड्यन्त्र भयो : पाण्डे

काठमाडौं । नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले...