कामना सेवा विकास बैंकले माग्यो सातै प्रदेशका लागि कर्मचारी माग
774
shares
काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले सातवटै प्रदेशका लागि कर्मचारी माग गरेको छ । बैंकले देशका सबै प्रदेशका शाखा कार्यालयहरूका लागि ट्रेनी असिस्टेन्ट माग गरेको हो ।
यसका लागि व्यवस्थापन संकायमा कम्तीमा ५० प्रतिशत वा २.४० जीपीए सहित प्लस टू उत्तीर्ण गरेको हुनुपर्नेछ । उमेरको हकमा १८ वर्ष पूरा भई २५ वर्ष ननाघेको हुनुपर्नेछ । महिलाको हकमा भने माथिल्लो उमेर हदमा ५ वर्ष थप हुनेछ । आवेदन दिने अन्तिम मिति साउन १८ गतेसम्म रहेको जनाइएको छ ।
वि.सं.२०८१ साउन ११ शुक्रवार १२:०३